• ३१ वैशाख २०८१, सोमबार

इलाममा कांग्रेसका खड्का २८ मतले अघि

blog

मतगणनाको काम हुँदै । तस्विरः कोकिला ढकाल

कोकिला ढकाल

इलाम, वैशाख १६ गते । इलाम निर्वाचन क्षेत्र २ मा भएको निर्वाचनको पछिल्लो मतगणनाले नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्का २८ मतले अगाडि रहनुभएको छ । उहाँले १६५८ मत ल्याउँदा नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले १६३० मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ४३० मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ । रास्वपाका उम्मेदवार मिलन लिम्बु ३०८ मत ल्याएर चौथो अवस्थामै हुनुहुन्छ । राप्रपाका उम्मेदवार लक्ष्मी गुरुङले ९ मत प्राप्त गर्नुभएको छ । यसअघि कांग्रेसका खड्का ठुलो मतले अग्रता लिनु भए पनि अहिले एमालेका सुहाङले आफ्नो मत बढाएर अग्रता लिने प्रयासमा लाग्नुभएको छ ।