शैलेन्द्रकुमार रोकाया
बझाङ, वैशाख १६ गते। बझाङमा १ (क)मा सम्पन्न उपनिर्वाचनको प्रारम्भिक मत परिणाममा नेकपा (एमाले)ले अग्रतालाई कायमै राखेको छ। नेकपा (एमाले)का दमन भण्डारीले अग्रता कायमै राख्नुभएको हो।
एमालेका भण्डारीले १२ सय ६२ मत ल्याउनुभएको छ भने कांग्रेसका अभिषेक सिंहले ६३६ मत पाउनुभएको छ।
नेकपा (माओवादी केन्द्र) का जनक बुढाले ३५२ मत ल्याउनुभएको छ भने समाजवादी पार्टीका दिलबहादुर सिंहले ३१६ मत पाउनुभएको छ।
अहिले एमालेका उम्मेदवार दमन भण्डारीको वडासहित तीन वडाको मतगणना सम्पन्न भएको हो।