• ३१ वैशाख २०८१, सोमबार

बझाङमा एमाले उम्मेदवार भण्डारीको अग्रता कायमै

blog

शैलेन्द्र रोकाया

बझाङ, वैशाख १६ गते । बझाङ क्षेत्र नं. १ (क) मा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले आफ्नो अग्रता कायमै राख्नुभएको छ । पछिल्लो मतगणनाको परिणामअनुसार उहाँले २०८७ मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै, उहाँको प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले १३७४ मत ल्याउनुभएको छ । नेपाली काँग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १२९२ मत ल्याउनुभएको छ । त्यस्तै, नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार दिलबहादुर सिंहले ८४१ मत ल्याउनुभएको छ । एमालेका उम्मेदवार भण्डारी प्रतिस्पर्धीभन्दा ७१३ मतले अघि रहनुभएको छ ।