• ३१ वैशाख २०८१, सोमबार

इलाममा सुहाङको अग्रता, ३४५ मतले अघि

blog

कोकिला ढकाल

इलाम, वैशाख १६ गते । इलाम निर्वाचन क्षेत्र २ मा भएको निर्वाचनको पछिल्लो मतगणनाअनुसार नेकपा (एमाले) का सुहाङ नेम्वाङले अग्रता लिनुभएको छ । उहाँले ३४५ मतले आफ्नो प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई पछि पार्नुभएको छ । 

पछिल्लो परिणामअनुसार सुहाङले २५४२ मत प्राप्त गर्दा काँग्रेसका खडकाले २१९७ मत ल्याउनुभएको छ । त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुले ५९३ मत ल्याएर तेस्रो स्थानमा हुनुहुन्छ । रास्वपाका उम्मेदवार मिलन लिम्बु ३७९ मत ल्याएर चौथो स्थानमै हुनुहुन्छ । यस अघिसम्म कांग्रेसका खड्का केही मतले अग्रता लिनु भए पनि अहिले एमालेका सुहाङले आफ्नो मत बढाएर अग्रता लिनुभएको हो ।