• १ जेठ २०८१, मङ्गलबार

इलाममा अब पाँच पालिकाको मत गणना हुन बाँकी

blog

कोकिला ढकाल

इलाम, वैशाख १६ गते । इलामको फाकफोकथुम गाउँपालिकाको मत गणना सम्पन्न भएसँगै इलाम –२ मा अब पाँच पालिकाको मत गणना बाँकी छ । अहिले चुलाचुली गाउँपालिका –१ को मतगणना सुरु भएको छ । 

अब इलाम –२ का चुलाचुलीसहित मांङ्सेबुङ, माई नगरका तीन वटा वडा (वडा ६, ७, ८), इलाम नगरपालिका र देउमाई नगरपालिका गन्न बाँकी छ । यहाँ ४२ वडा रहेका छन् । इलाम –२ मा ६९ हजार दुई सय ८७ मत खसेको थियो ।