• ३१ वैशाख २०८१, सोमबार

बझाङमा एमालेका भण्डारी कांग्रेसका सिंहभन्दा भन्दा ६७४ मतले अगाडि

blog

शैलेन्द्र रोकाया

बझाङ, वैशाख १६ गते । बझाङ क्षेत्र नम्बर १ (क) मा नेकपा (एमाले) का उम्मेदवार दमनबहादुर भण्डारीले  अग्रता कायमै राख्नुभएको छ । पछिल्लो मतगणनाको परिणामअनुसार उहाँले २६३८ मत प्राप्त गर्नुभएको छ । 

त्यस्तै, उहाँको प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १९६४ मत ल्याउनुभएको छ । उहाँहरूबिचको मतान्तर ६७४ रहेको छ ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले १६८९ मत ल्याउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार दिलबहादुर सिंहले ९७५ मत ल्याउनुभएको छ ।