• ३१ वैशाख २०८१, सोमबार

बझाङमा तीन हजार मतगणना हुँदा एमाले ६४९ मतले अगाडि

blog

शैलेन्द्रकुमार रोकाया

बझाङ, वैशाख १६ गते। बझाङमा १ (क)मा सम्पन्न उपनिर्वाचनको प्रारम्भिक मत परिणाममा नेकपा (एमाले)ले अग्रतालाई कायमै राखेको छ।  नेकपा (एमाले)का दमन भण्डारी नेपाली कांग्रेसका अविशेक सिंहभन्दा ६४९ मतले अगाडि हुनुहुन्छ। 

एमालेका भण्डारीले १३ सय ३ मत ल्याउनुभएको छ भने कांग्रेसका अभिषेक सिंहले ६५४ मत पाउनुभएको छ। 

नेकपा (माओवादी केन्द्र) का जनक बुढाले ४०१ मत ल्याउनुभएको छ भने समाजवादी पार्टीका दिलबहादुर सिंहले ३६९ मत पाउनुभएको छ। राप्रपाका किशोर खड्काले २० मत पाउनुभएको छ।  

अहिले एमालेका उम्मेदवार दमन भण्डारीको वडासहित तीन वडाको तीन हजार ५ मत गणना सम्पन्न हुँदा ४६ मत बदर भएको छ।