• ६ जेठ २०८१, आइतबार

इलाममा कांग्रेसको अग्रता कायमै : प्रतिस्पर्धामा एमाले

blog

प्रेम अधिकारी

इलाम, वैशाख १६ गते। इलाम-२ को प्रारम्भिक मत परिणाममा नेपाली काँग्रेसले अग्रता कायमै राखेको छ। दिउँसो १२ बजे सुरु भएको मतगणनाको परिणाम आउने क्रम जारी छ।

प्रारम्भिक नतिजामा कांग्रेसका डम्बर खड्काले अग्रता लिनुभएको छ। उहाँले ११ सय ४५ मत ल्याउनुभएको छ। एमालेका सुहाङ नेम्वाङले हजार ६३ मत पाउनुभएको छ। तेस्रो स्थानमा  स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम हुनुहुन्छ। 

उहाँले ३११ मत पाउनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङले २०५ मत पाउँदा राप्रपाका लक्ष्मी गुरुङले ६ मत पाउनुभएको छ।