अविनाश चौधरी
धनगढी, मङ्सिर १६ गते । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा निर्विरोध निर्वाचित हुनुभएका टीका चौधरी भुललाई निर्वाचन आयोगले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरेको छ ।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी प्रेमराज भट्टले आज उहाँलाई प्रमाणपत्र प्रदान गर्नुभयो । तत्कालीन जिल्ला समन्वय समिति प्रमुखको निधन भएपछि यहाँ उपनिर्वाचन भएको हो ।
प्रमुखका लागि कांग्रेसको तर्फबाट भुल र नागरिक उन्मुक्ति पार्टीको रुक्मति थारु गरी दुई जनाको उम्मेदवारी परेको थियो । नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार थारुले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि भुल जिसस प्रमुखमा निर्विरोध निर्वाचित हुनुभएको थियो । उहाँ कैलारी गाउँपालिका –२ को वडा सदस्य हुनुहुन्थ्यो ।