• ८ असार २०८२, आइतबार

रेस्लर भगवतीलाई पाकिस्तानमा उपाधि

blog

रेस्लर भगवती खड्का ।

काठमाडौँ, असार ८ गते । नेपालकी चर्चिच महिला रेस्लर भगवती खड्काले पाकिस्तानको कराँचीमा भएको आरइडब्लु रेस्लिङको महिला सिंगल्स म्याचमा उपाधि जित्नुभएको छ ।

रेस्लिङमा ‘युनिका’ उपनामले चिनिने भगवतीले पाकिस्तानकी बेगिसालाई हराउनुभयो । भगवतीकाअनुसार पाकिस्तानमा महिला रेस्लिङ पहिलो पटक भएको हो ।

२०६९ सालदेखि रेस्लिङ खेल्न थाल्नुभएकी भगवतीले स्वदेश र विदेशमा गरी हालसम्म करिब ४० विदेशी खेलाडीसँग प्रतिस्पर्धा गर्नुभएको छ । अधिकांश प्रतिस्पर्धामा भगवतीले प्रतिद्वन्द्वीलाई हरानुभएको छ ।

भगवतीले भारत र जापानमा खेलिसक्नुभएको छ । सपमानका अवसरमा कलाकार समेत रहेकी भगवतीले ‘नेपाली हामी रहौला कहाँ नेपालै नरहे’ बोलको गीत पनि गाउनुभएको थियो । 


आरइडब्लु रेस्लिङमा पुरुषका चार स्पर्धामा पनि प्रतिस्पर्धा भएको थियो । सबै प्रतिस्पर्धा पाकिस्तानी खेलाडीबिच भएको थियो ।भगवतीको नाम वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डनमा पनि समावेश छ ।

भगवती आफै अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउन्डेसनले सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित पाँच हजार ६ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङ आयोजना गरेकोमा वर्ल्ड बुक अफ रेकर्ड्स, लन्डनमा नाम समावेश गरिएको हो ।

गत मे १६ मा भएको सगरमाथा दिवसको अवसरमा उक्त रेस्लिङ प्रतियोगिता भएको थियो । उक्त प्रतिस्पर्धामा भगवतीले अमेरिकी रेस्लर डानियल मोरिसन (डानी मो) लाई पराजित गर्नुभएको थियो ।