• ८ पुस २०८१, सोमबार

उपनिर्वाचनः कीर्तिपुर र काठमाडौँ १६ मा मतगणना जारी

blog

काठमाडौँ, मङ्सिर १७ गते । काठमाडौँका दुई स्थानीय तहमा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । आज बिहान ४ बजेसम्मको विवरण अनुसार काठमाडौँ, महानगरपालिका वडा नं १६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रोजिना श्रेष्ठले एक हजार तीन सय पाँच मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ । 

यस्तै, नेपाली कांग्रेसका देवेन्द्र पाठकले एक हजार एक सय १० मत प्राप्त गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी [एमाले]का लक्ष्मीरत्न महर्जनले आठ सय ४५, राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामकृष्ण महर्जनले पाँच सय ८६ र नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का मीनबहादुर मानन्धरले पाँच सय ७२ मत प्राप्त गर्नुभएको आयोगले जनाएको छ । 

साथै कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि भएको निर्वाचनको मतगणना जारी छ  । निर्वाचन आयोगका अनुसार प्रमुख पदका लागि नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डङ्गोलले चार सय ६४ मत प्राप्त गर्नुभएको छ । 

यस्तै, स्वतन्त्र उम्मेदवार राजमान महर्जनले तीन सय ५५, नेकपा९माओवादी केन्द्र०का शिवशरण महर्जनले तीन सय ३४, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का सुरेन्द्र मानन्धरले तीन सय २७ मत प्राप्त गर्नुभएको छ ।