काठमाडौँ, मंसिर १७ गते । रौतहटको इशनाथ नगरपालिका वडा ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।
आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका खलिकले ६ सय २७ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शेख अनवारले ५ सय ७५ मत प्राप्त गर्नुभयो ।
आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सदरे आलमले ४ सय ५२ मत प्राप्त गर्दा जनमत पार्टीका शेख जमिरुल हकले एकसय ३५ मत प्राप्त गर्नुभयो ।
साथै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का शेख अमिरुलले २४, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदन शाहले १४, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शेख असराजले ६ र जनता समाजवादी पार्टी नेपालका शेख अब्दुल अहदले ४ मत प्राप्त गर्नुभएको छ । रासस