• १३ माघ २०८१, आइतबार

नलगाडको उपप्रमुखमा माओवादी केन्द्रका देवका लामिछाने विजयी

blog

उपप्रमुखमा विजय भएपछि विजय उत्सव सुरु । तस्बिर : वासुदेव शर्मा

वासुदेव शर्मा 

जाजरकोट, मङ्सिर १७ गते । नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रका देवका लामिछाने विजयी हुनुभएको छ । उहाँले ४ हजार २७२ मत ल्याएर  उपप्रमुख पदमा विजयी हुनुभएको हो । 

उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका इन्द्रचन्द सिंहले ३ हजार १४७ मत ल्याउनुभएको छ । मुख्य निर्वाचन कार्यालयले दिएको प्रारम्भिक जानकारी नेकपा एमाले सुनीता बोहराले २ हजार ५५२ मत ल्याउनुभएको छ । 

२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बिच गठबन्धन भएको थियो । नलगाड नगरपालिकाको उपप्रमुख पदमा नेपाली काँग्रेसका सरिता सिंह निर्वाचित हुनुभएको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालय देवाका लामिछाने घोषण भएपछि नेता कार्यकर्ता विजय उत्सव मनाइरहेका छन् । 

गत वर्ष कात्तिक १७ गतेको भूकम्पमा मृत्यु भएपछि रिक्त रहेको उपप्रमुख पदमा निर्वाचन भएको हो ।