पुष्कर भण्डारी
डडेल्धुरा, मङ्सिर ५ गते। डडेलधुरामा प्रतिनिधि सभा सदस्यतर्फ पाँचसय मत गणना हुँदा नेपाली कांग्रेसका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवाले २३९ मत प्राप्त गर्नुभएको छ।
यस्तै, कांग्रेस बीपीका उम्मेदवार कर्णबहादुर मल्ल नेपालीले १४१ मत प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार सागर ढकालले ९७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण बाग्लेले जानकारी दिनुभयो ।
डडेलधुरामा ९१ हजार २०१ मतदाता रहेकोमा ५१ हजार ६६० मत खसेको थियो।