• २२ असार २०८२, आइतबार

हरिशयनी एकादशीका अवसरमा कालीगण्डकी नदीमा स्नान गर्नेको भीड

blog

कालीगण्डकी नदीमा स्नान गर्दै भक्तजनहरु । तस्बिरःप्रदिप पन्त

प्रदिप पन्त
बागलुङ, असार २२ गते ।
हरिशयनी एकादशीका अवसरमा पवित्र कालीगण्डकी नदीमा स्नान गर्नेको आइतबार बिहानैदेखि भीड लागेको छ । बागलुङको निरयघाट, मालढुङ्खा लगाएत कालीगण्डकीको किनारमा श्रद्धालुहरु स्नानका लागि गाउँ–गाउँबाट श्रद्धालुहरु आएका छन् ।

कालीगण्डकी नदीको भजन कृतनसहित स्नानसहित पूजा गर्ने भक्तजन पुगेका छन् । धार्मिक दृष्टिकोणले हरिशयनी एकादशीको महत्त्व रहेको हुँदा कालीगण्डकी नदीमा स्नान गर्न आएको बागलुङ मुलपानीकी शुसिला शर्माले बताउनुभयो ।

आजै घर घरमा रहेका तुलसीको मठमा तुलसी रोप्ने चलन छ । भगवान विष्णुको अवतारका रुपमा लिइने तुलसीको बिरुवालाई धार्मिक तथा स्वास्थ्यको दृष्टिकोणले महत्त्वपूर्ण मानिन्छ । धार्मिक विश्वासका साथ आज एकादशी पर्व पुजा, पाठसहित व्रत बसी मनाइँदै छ ।