• ९ मंसिर २०८१, आइतबार

चितवन १ मा कांग्रेसका पौडेल र २ मा एमालेका पोख्रेलको अग्रता

blog

चितवन, मङ्सिर ५ गते । यही मङ्सिर ४ गते आइतबार भएको प्रतिनिधिसभा एवम् प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । जिल्लाका तीन निर्वाचन क्षेत्रमा नै मतगणना जारी रहेको हो ।

चितवन क्षेत्र नं १ मा हालसम्म एक हजार मतगणना हुँदा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार विश्वनाथ पौडेलले सुरुआती अग्रता लिनुभएको छ । उहाँले ४८१ मत प्राप्त गर्दा नेकपा एमालेका सुरेन्द्र पाण्डेले ३५७ मत प्राप्त गर्नुभएको छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले ४४२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा एक लाख ३९ हजार आठ सय ४५ जना मतदाता छन् । जसमध्ये ६८.७३ प्रतिशत मत खसेको छ ।

यस्तै, चितवन क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले सुरुआती अग्रता लिनुभएको छ । एक हजार एक सय २६ मत गन्दा उहाँले पाँच सय ५४ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३९७ मत प्राप्त गर्नुभएको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ८७ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस क्षेत्रमा  ६७.३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता छन् । यो नतिजा साँझ ५ बजेसम्मको हो ।

चितवन क्षेत्र नं ३ को मतगणना सुरु भएको छ । सर्वदलीय बैठकले २ः१५ बजे सुरु गर्ने भनी निर्णय गरिएको भए पनि ४ः३५ बजेदेखि मतगणना सुरु गरिएको हो ।