• १२ असोज २०८१, शनिबार

झापा ४ मा स्वतन्त्र पार्टी, २ मा स्वतन्त्र र ३ मा राप्रपाको अग्रता

blog

झापा ४ को मतगणना। तस्बिर : लीलाराज खड्का

लीलाराज खड्का 

बिर्तामोड, मङ्सिर ५ गते। झापा क्षेत्र नम्बर  २ र ४ को  को मतगणनामा स्वतन्त्र र स्वतन्त्र पार्टीका उम्मेद्वारले अग्रता लिएका छन्।  झापा ४ मा २१३० मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका घण्टी चुनाव चिह्नका शम्भु ढकालले ८३७ मत ल्याएर अग्रता बनाउनुभएको छ। 

झापा ४ मा नेकपा एमालेका लालप्रसाद साँबा लिम्बूले ६७५ मत र नेपाली कांग्रेसका देउमान थेबेले ३९६ मत प्राप्त गर्नुभएको छ। झापा ४ मा सङ्घीय निर्वाचनमा ६ स्वतन्त्रसहित १८ उम्मेद्वार चुनावी प्रतिस्पर्धामा रहनुभएको छ।  झापा ४ मा कुल १ लाख २३ हजार १ सय २४ मतदातामा ७९ हजार ३४९ जनाले मतदान गरेको निर्वाचन अधिकृत प्रकाश गौतमले जानकारी दिनुभयो।

यता झापा क्षेत्र नम्बर- २ मा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल  (स्वागत)  अग्रता कायम गर्नुभएको छ। नेपालले २९७६ मत ल्याउनुभएको छ। एमालेका देवराज घिमिरेले २९४९ मत ल्याउँदा मतअन्तर २७ छ। माओवादीका हरि राना १५६८ मतसहित तेस्रो स्थानमा रहनुभएको छ।  

त्यसैगरी झापा ३ मा २५२८ मत गणना हुँदा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले १२७४ मत ल्याएर अग्रता बनाउनुभएको छ। नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले ९९५ मत ल्याउनुभएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले १०४ मत प्राप्त गर्नुभएको छ।