• १२ असोज २०८१, शनिबार

उदयपुर १ मा डा.नारायण खड्का अगाडि

blog

डा.नारायण खड्का ।

गाईघाट समाचारदाता

गाईघाट, मंसिर ५ गते । उदयपुरमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदको मत गणना जारी छ । गणनाको पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका उम्मेदवार डा.नारायण खड्का नेकपा एमालेकी उम्मेदवार मञ्जुकुमारी चौधरीभन्दा १७ मतले अगाडि हुनुहुन्छ । 

सदरमुकाम गाईघाटस्थित त्रियुगा नमुना माध्यमिक विद्यालयको प्राङ्गणमा भइरहेको गणना अनुसार निर्वाचन क्षेत्र नं १ को एकहजार मत गणना गर्दा डा.खड्काले ४०४ मत पाउनुभएको छ । चौधरीले ३८७ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवकुमार रायमाझीले ५१ मतमात्र प्राप्त गर्नुभएको उदयपुरका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताउनुभयो । 

उहाँका अनुसार क्षेत्र नं १ को त्रियुगा नगरपालिका प्रदेश सभा ख क्षेत्रमा पाँचसय मत गणना गर्दा नेपाली काँग्रेसका उम्मेदवार हिमाल कार्कीले २३५ र नेकपा एमालेका ईश्वरमणी राउतले १६५ मत प्राप्त गर्नुभएको छ । 

उता क्षेत्र नं २ को कटारीमा पनि अपराह्न ४ः०० बजेदेखि गणना सुरु भएको तर कसको कति मत आयो भन्ने अहिलेसम्म कुनै जानकारी नआएको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताउनुभयो ।