• १३ असोज २०८१, आइतबार

झापा ५ मा एमाले अध्यक्ष ओलीको अग्रता

blog

गणनाका लागि खोलिएको मतपत्र । । तस्बिर : विष्णुप्रसाद पोखरेल

विष्णुप्रसाद पोखरेल

दमक, मङसिर ५ गते। झापाको क्षेत्र नम्बर ५ मा मतगणना सुरु भएको करिब ५ घण्टापछि मात्र प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। ६  हजार मतगणना हुँदा नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले तीन हजार २१२  मत प्राप्त गर्नुभएको छ। 

गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले एक हजार ५२३ मत प्राप्त गर्नु भएको  छ।