डा. ओममूर्तिको ‘जीवन्त सम्बन्ध’ लोकार्पण
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलको दोस्रो पुस्तक ‘जीवन्त सम्बन्ध’ लोकार्पण भएको छ। डा. अनिलले लेख्नुभएको पुस्तक ‘जीवन्त सम्बन्ध’ उहाँकी आमा राजकुमारीदेवी सिंहले शुक्रबार लोकार्पण गर्नुभयो। यसअघि ‘जीवन्त सम्बन्ध’ पुस्तकको कभर फोटो सार्वजनिक भइसकेको छ। १० वर्षअघि डा. अनिलले ‘म पनि डाक्टर’ नामक पुस्तक प्रकाशित गर्नुभएको थियो।
गुरुकुलमा ‘म पनि मान्छे हुँ’
म पनि मान्छे हुँ (मै भी मानव हुँ) भारतीय नाटककार विष्णु प्रभाकरद्वारा लिखित तथा सरोज अर्यालले नेपालीमा अनुवाद गर्नुभएको नाटक हो। नाटकले मनोविज्ञान, शक्ति र राजनीतिका प्रबल विषयहरूको उठान गरेको छ। राजा अशोक नाटकको वास्तविक विषय हुन्। नाटक राजाको बौद्ध शिक्षामा पालना गर्ने निर्णयमा केन्द्रित छ। ७३ मिनेटसम्म र नाटक सम्पन्न भएपछि पनि पात्रहरूको मनोवृत्ति सङ्कीर्णताले दर्शकलाई बन्धी बनाउन सफल रहन्छ।
तीन कृति लोकार्पण
साहित्यकारद्वय नर्मदेश्वरी सत्याल र जयन्ती स्पन्दनको तीन कृति लोकार्पण गरिएको छ। डा. मदनप्रसाद सत्यालको हीरक जयन्ती समारोहमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालकी उपाध्यक्ष नर्मदेश्वरी सत्यालका ‘प्रभातमय जिन्दगी’ यात्राकाव्य र ‘गुराँस झैँ’ बाल कवितासङ्ग्रह तथा सर्जक स्पन्दनको बाल कवितासङ्ग्रह ‘खेलौँ रमेर’ को लोकार्पण तथा परिचर्चा गरिएको हो।
हामी राष्ट्रिय निर्यातका वस्तुहरू (कविता)
एयरपोर्टमा ऊ उभिएको छ रातो टीका लगाएर
गज्जव भएछ साथी (कविता)
साथी ! ए साथी ! गज्जब भएछ साथी । साथीले समाचार सुनेको हुनुपर्छ ।
बिपी साहित्य महोत्सव सम्पन्न
नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा आयोजित बिपी साहित्य महोत्सव बुधबार सम्पन्न भएको छ । गत भदौ २४ र २५ गते तथा संविधान दिवसको अवसर पारेर बुधबार महामानव बिपीको व्यक्तित्व र कृतित्वका विविध पक्षमाथि बौद्धिक विमर्श गर्दै महोत्सव सकिएको हो । तीनदिने कार्यक्रम अन्तर्गत गत भदौ २६ गतेको कार्यक्रम संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको अचानक निधन भएपछि नेपाली कांग्रेसले स्थगित गरेको थियो ।
भीमानको सालिक (कविता)
सहिद पार्कमा एउटा सालिक छ पत्याउनुस् या नपत्याउनुस्
‘छपक्कै मनमा बसेकाहरू’ पुस्तकभित्र नियाल्दा
कसैको मनमा छपक्कै बस्नु र कसैलाई मनमा छपक्क बसाउन सक्नु नितान्त फरक कुरा हो । साहित्यकार गणेश रसिकले ‘छपक्कै मनमा बसेकाहरू’ नामक पुस्तकमा आफ्नो मनमा छप
महानुभावहरू (कविता)
वर्तमान समय तर्साइरहेछ लखेटिरहेछ भाषाका हरफहरू विचार सिद्धान्तहरूमा बुलडोजर चलेको छ
खान्की, वृत्ति तथा प्रसाद होइन पुरस्कार
राज्यको कोषद्वारा सिर्जित पुरस्कार खान्की, वृत्ति तथा प्रसाद होइनन् तर पुरस्कारलाई सिखर्नी वा त्यस्तै हात थापेर खाने तर नअघाउने पदार्थ बनाइएको छ । एउटाले दुई हात थाप्ने अर्कोले
चार मुक्तक
विकासको लहराले भुइँलाई पनि छुनुपर्छ परिश्रमको सुगन्धले दरिद्रता धुनुपर्छ
वर्षाको गीत (कविता)
बाँझी भएर पनि आमा ममता उमार्न कहाँ छाडेकी छन् र ? हेर पृथ्वी गर्भिणी छिन्
सांस्कृतिक अभ्यासको महत्त्व बुझ्न जरुरी : मन्त्री किराती
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री सुदन किरातीले संस्कृति, कला र परम्परा जीवन बाँच्ने विशेष माध्यम भएको बताउनुभएको छ । उहाँले संविधान दिवस २०८० को अवसरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा यस्तो बताउनुभएको हो ।
उपरथी श्रेष्ठको ‘वीर नेपाली सेना’
नेपाली सेनाको योगदान समेटिएको नयाँ गीत राष्ट्रिय एकताको प्रतीक ‘वीर नेपाली सेना’ सार्वजनिक गरिएको छ । जङ्गी अड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबको सभा मण्डपमा मङ्गलबार आयोजित कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले छायाचित्रसहितको गीत विमोचन गर्नुभयो । नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठको शब्द रहेको गीतमा सुवास तिमिल्सिना र गीता पाण्डेको आवाज रहेको छ । गीतमा नेपाली सेनाले विगतमा गरेका क्रियाकलाप र योगदानबारे चर्चा गरिएको छ ।
ओस्कारका लागि ‘हल्कारा’
अमेरिकामा अर्को वर्ष हुने ओस्कार अवार्डको ९६ औँ संस्करणका लागि नेपालको अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समितिले विक्रम सापकोटाद्वारा निर्देशित चलचित्र ‘हल्कारा’ सिफारिस गर्ने निर्णय गरेको छ । समितिको सोमबार बसेको बैठकले समितिलाई प्राप्त चलचित्रमध्येबाट ‘हल्कारा’ लाई सिफारिस गरेको हो ।
कमला ह्यारिसको जीवनी नेपालीमा
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपाली भाषामा अनुवादित भएको छ। ‘द ट्रुथ वी होल्ड’को नेपाली अनुवाद ‘सत्यको जगमा उभिएर’ सार्वजनिक भएको हो।
फरक हुँदै तिज मनाउने तरिका
हिन्दु नारीको महान् चाड हरितालिका तिजका दिन सोमबार महिला विगतमा जस्तै शिवालयहरूमा गीत गाउँदै छमछमी नाचे । उनीहरू टिकटक बनाउन र सेल्फी खिच्न पनि व्यस्त बने । टिकटक बनाउने भिडमा महिला मात्र होइन, पुरुष पनि उत्तिकै थिए । पहिले पहिले पिर, वेदना, व्यथा, हर्ष र दुःखसुख मिसिएको तिजका भाका गुन्जिन्थ्यो । सासूबुहारीका कुरा, थिचोमिचो अनि विरह, वेदना मिसिएका गीतले हरितालिका तिजमा रौनक थप्थ्यो । यस पटक भने अहिलेका चर्चित गीतले तिजमा स्थान लिएको देखियो । ती गीत सुन्दा अब नेपाली महिलालाई दुःख नै छैन, वेदना बाँड्ने माध्यम नै छैन जस्तो लाग्छ । प्रायः यस पालि महिला ‘हट एन्ड सेक्सी’ तथा ‘डान्सिङ नम्बर’ हरूमा समूह बनाई नाचेका भेटिए ।
हरितालिका तिज आज, पशुपतिमा विशेष व्यवस्था
काठमाडौँ उपत्यकालगायत पहाडी क्षेत्रका हिन्दु धर्मावलम्बी महिलाहरूले सनातन पर्वका रूपमा मनाउँदै आएको तिज सोमबार विशेष उल्लास र उमङ्गका साथ मनाउँदै छन् । आइतबार भाद्र शुक्ल द्वितीयका दिन मध्य रातअघि नै घर घरमा आफन्त र चेलीबेटीहरू जम्मा भएर सात्त्विक भोजनलाई दरका रूपमा खाएर तृतीयाको दिन निर्जल निराहार व्रत बसी आराध्यदेव भगवान् शिवको पूजाआराधना गर्ने परम्परा रहेको छ । कसै कसैले यस दिन मध्यान्नमा उमामहेश्वरको पूजा लगाउने पनि गर्छन् ।
कुलपति राईद्वारा एकल कविता वाचनसहित प्राज्ञिक सत्ताबारे विमर्श
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति कवि भूपाल राईको एकल कविता वाचन कार्यक्रम शनिबार भरतपुरमा सम्पन्न भएको छ ।
प्राज्ञ शशीराम कार्कीको देवरात महाकाव्यको विमोचन
१५८ औँ मोती जयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य शशिराम कार्कीद्वारा लिखित महाकाव्य देवरात को विमोचन गरिएको छ ।
नइलाई डा. उपाध्यायबाट पाँच लाख
नइ प्रकाशनको अक्षयकोषको अभिवृद्धिका लागि डा. कपिलदेव उपाध्यायबाट पाँच लाख रुपियाँ प्रदान गर्नुभएको छ । उहाँले सो रकम नइ प्रकाशनका कुलपति श्रीमती इन्दिरा प्रसाईँलाई हस्तान्तरण गर्नुभएको हो ।
बिपीको जेल डायरी लोकार्पण
नेपाली कांग्रेसका संस्थापक एवं मुलुकको पहिलो निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको जेल डायरी लोकार्पण गरिएको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, प्रा. कृष्ण खनाल, नेपाली कांग्रेसकी नेतृ प्रतिमा गौतम, नेपाली कांग्रेसका पार्टी प्रवक्ता मीन विश्वकर्मा, एमाले नेता एवं पूर्वमन्त्री प्रदीप ज्ञवाली, माओवादी नेता राम कार्कीले पुस्तकको लोकार्पण गर्नुभएको हो ।
गणेशमान सिंह स्मृति वाटिका, औपचारिक उद्घाटनको तयारी
साढे दुई दशकभन्दा बढीको अथक प्रयासपछि अन्ततः गणेशमान सिंह स्मृति वाटिकाको औपचारिक रूपमा उद्घाटन हुने भएको छ । २०४६ सालका जनआन्दोलन कमाण्डर लौह पुरुष गणेशमान सिंहको १२ फिट अग्लो ढलौटबाट निर्मित सालिकको अनावरणसँगै आगामी असोज २ गते वाटिकाको पनि उद्घाटन हुन लागेको गणेशमान सिंह स्मृति वाटिका तथा प्रतिमा स्थापना संरक्षण समितिका सभापति माथबरसिंह बस्नेतले जानकारी दिनुभयो । उक्त प्रतिमा स्थल र वाटिकाको झन्डै २३ वर्षअघि पूर्वप्रधानमन्त्री एवं सन्त नेता स्व. कृष्णप्रसाद भट्टराईले प्रतिमाको शिलान्याससँगै गर्नुभएको थियो ।
पोखरामा ‘अन्तर’को चर्चा
पोखरामा शनिबार र्यान्डम रिडर्स सोसाइटीले आफ्नो शतक शृङ्खलामा रमेश सायनको उपन्यास ‘अन्तर’ को चर्चा गरेको हो।