‘किताब जात्रा फेस्टिभल’ आयोजना
नेपाली साहित्य विकास परिषद् युके तथा किताब जात्रा फाउन्डेसनको सह आयोजनामा ‘किताब जात्रा फेस्टिभल’ को दशौँ संस्करण आयोजना गरिएको छ ।
मेरो आँखामा आमाको आँसु छ (कविता)
जब हामी रित्तिँदै छौँ लखेटिँदै छौँ
हाम्रो यात्रा (कविता)
तिमीले जसरी पाइला चाले पनि जिन्दगीको हरेक मोडमा
मोतीरामबारे नयाँ सन्दर्भ
मोतीराम भट्टको जन्म विसं १९२३ भाद्र कृष्ण औँसीका दिन काठमाडौँको भोसिको टोलमा भएको थियो । हाल भोसिको टोल काठमाडौँको वीर अस्पतालदेखि दक्षिण र टुँडिखेलबाट पश्चिममा रहेको छ । भारतको उत्तराखण्डको
दुर्लभ चराचुरुङ्गी अब पुस्तकमा
नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा पाइने चराका बारेमा पुस्तक प्रकाशन भएको छ । घोडाघोडी सिमसार क्षेत्रमा पाइने चराको अध्ययन अनुसन्धान गर्दै आएका तीन जना चरा संरक्षणकर्मीले पुस्तक प्रकाशन गर्नुभएको हो ।
बिपी साहित्य महोत्सव सम्बन्धमा सोमबार पत्रकार सम्मेलन
नेपाली कांग्रेसले भदौ २४, २५ र २६ गते आयोजना हुने बिपी साहित्य महोत्सवको तयारी सम्बन्धमा सोमबार दिउँसो ३ बजे केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्ने भएको छ।
कचहरी नाटक सम्बन्धी तालिम सुरु
नेपालगन्जमा कचहरी नाटक सम्बन्धी ७ दिने तालिम सुरु भएको छ । युनिसेफ नेपालको सहयोगमा बास नेपालद्वारा सञ्चालित सामुदायिक संलग्नता र मानव केन्द्रित दृष्टिकोणमार्फत सामाजिक र व्यवहार परिवर्तन कार्यक्रम अन्तरगत तालिम सुरु भएको हो ।
प्रकृति
वसन्तमा पालुवा आउने शिशिरमा झर्ने हुर्की, बढी, ठुलो भई बुढो भएर मर्ने ।।
मुक्तक
गरेकी छु भरोसा खिन्न नहोस् मनमा धोका र घातको चिह्न नहोस् मनमा
‘कञ्चनपुरदेखि कञ्चनजङ्घा’ लोकार्पण
पर्यटनविद् हिक्मतसिंह ऐरको कविता सङ्ग्रह ‘कञ्चनपुरदेखि कञ्चनजङ्घा, कवितामय फन्को देशको’ लोकार्पण गरिएको छ । परराष्ट्रमन्त्री एनपी साउदले शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा ऐरको पुस्तक लोकार्पण गर्नुभएको
वरिष्ठ साहित्यकार प्रा डा. भट्टराई सम्मानित
महेन्द्र पुस्तकालय नेपालगन्जको १८ औँ साधारण सभाको अवसरमा नेपालगञ्जमा साहित्यकारहरूलाई सम्मानित, पुरस्कृत र पुस्तक लोकार्पण गरिएको छ ।
अकाल (कथा)
बयरको रुखमा बसेका भँगेरीहरू उच्चाट मानेर यताउता उडिरहेका थिए । टाढा आकाशको अनन्तमा दुई वटा चिल कावा खाँदै थिए । रामरतन आग्लो सारेर आँगनमा आइपुग्दा उसकी श्रीमती सावित्री दलानमा बसेर आफ्नो सुरले कपासको बत्ती कातिरहेकी थिई ।
गाईजात्रे प्रस्तुति : पुस्तासँगै फेरिए प्लेटफर्म
टाढा टाढा एउटा गाउँमा बाजे बराजु मरेकै ठाउँमा म पनि अचानक अस्ति खसेको छु त्यसैले आफू आफ्नै किरिया बसेको छु ।
परिवर्तन (कथा)
“ए छोरी ! ए छोरा ! कहाँ हो ? खाना पाकिसक्यो, खान आऊ । झट्टै आओ । झट्टै आओ ।” रजनीले छोरा र छोरीलाई बोलाउँदै रहिन् । रजनी १३ वर्षीया छोरी सपना र १५ वर्षीय छोरा राहुलकी आमा हुन् । तिनले आफ्ना छोरा र छोरीको खाना तयार पारिन् । तिनले धेरै बेरसम्म उनीहरू आउने प्रतीक्षा गरिरहिन् तर दुवै जनाको अत्तोपत्तो छैन । तिनलाई मनमनै रिस पनि उठ्यो । तिनी आफैँसँग कुरा गर्न थालिन् कहिले सुध्रिने होला मेरा छोराछोरी ? यसो केही भन्न खोज्यो रिसाएर खानै नखाई हिँडिहाल्छन् । नभनम् भनेको एउटा पनि टेर्दैनन् । रजनीले आफ्नो टाउकोमा ठोक्दै फेरि भन्न थालिन्– “यो मेरो अभागी
समृद्धि सपनाका सूत्र
अदेशभित्र अब केही हुँदैन भन्ने निराशाको बादल अहिले आमयुवामा छाएको छ । अलिकति हुनेखाने परिवारका छोराछोरी विद्यालय शिक्षा पूरा गरेपछि अध्ययनका नाममा देश छोड्ने तारतम्यमा दिनरात लागिरहेका छन्, छोड्दै छन् । विदेश अध्ययनका लागि वर्षमै खर्ब रुपियाँ बाहिरिँदो छ । अध्ययनमा जान नसक्नेहरू श्रम गन्तव्य मुुलुकमा पुग्न आतुर छन् । देशभित्र रोजगारीको बजार असाध्य साँघुरिएको छ । अर्थतन्त्र शिथिल छ र आर्थिक वृद्धिलाई उच्च मुद्रास्फीतिको फैलिँदो वृक्षले सेपिलो बनाउँदै छ । देशभित्रै आर्थिक तथा सामाजिक विकास गरेर हाम्रो भविष्य हामी आफैँले खोज्नु पर्छ भन्ने वाणी मधुरो हुँदै छ । यस्तो बेला सिन्कोको
जहाँ जान्छु त्यहीँ श्रीराम
हाम्रो मुख्य गन्तव्य राम जन्मभूमि । हामी चढेका भाडाका टेम्पोहरू तीव्र गतिमा कुदे र निश्चित स्थानमा पुगेर अडिए । गाइड अगाडि लागे, हामी पछिपछि । किन किन आज मेरो स्वास्थ्य स्थितिमा प्रतिकूल अवस्था देखिएको छ । हिजोदेखि नै रुघाखोकीले आफ्नो वर्चस्व देखाउन थालेको हो, आज हल्का टाउको पनि दुख्दै छ र शरीरको तापक्रम पनि बढेको अनुभव हुँदै छ ।
डा. उप्रेतीलाई लेखन पुरस्कार
यस वर्षको ‘प्रसिद्ध कणेल स्मृति विकास लेखन राष्ट्रिय पुरस्कार’ २०८० विकास अभियन्ता तथा लेखिका डा. अरुणा उप्रेतीलाई प्रदान गरिने भएको छ। महिला अधिकारका सवाल तथा पोषणसम्बन्धी बहुआयामिक विषयमा लामो समयदेखि कलम चलाई विभिन्न पुस्तकसमेत प्रकाशन गरेकी डा. उप्रेतीले नेपाली रैथाने खानाको प्रवर्धन गरी पत्रु खाना नियन्त्रण गर्नुपर्ने कुरामा समेत नागरिक चेतना जगाउँदै आउनुभएको छ। नेपानको २९ औँ वार्षिक साधारण सभाको अवसर पारेर भदौ २३ गते शनिबार काठमाडौँमा उहाँलाई उक्त पुरस्कार अर्पण गरिने नेपानका अध्यक्ष डा. अनोज क्षेत्रीले बताउनुभयो। पुरस्कारको राशि १० हजार रुपियाँ रहेको छ।
कलिङ साहित्य महोत्सव सुरु
काठमाडौँ कलिङ साहित्य महोत्सवको दोस्रो संस्करण शुक्रबार सुरु भएको छ। तीन दिनसम्म चल्ने महोत्सवको उद्घाटन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले महोत्सवले सांस्कृतिक आदानप्रदानको मञ्चका रूपमा काम गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “यो महोत्सवले नेपालको सभ्यता, ज्ञान र संस्कृतिलाई संसारभरि फौलाउन मद्दत गर्ने छ।”
‘विधागत पत्रकारिता’ हाते पुस्तक सार्वजनिक
बागमती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयले प्रकाशित गरेको पुस्तक शुक्रबार सार्वजनिक भएको हो। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री मन्त्री गङ्गानारायण श्रेष्ठ, सचिव ध्रुव गैडा, सञ्चार रजिष्टार रेवती सापकोटा र वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले संयुक्त रुपमा पुस्तक सार्वजनिक गर्नुभएको हो।
गुँड (कथा)
एसएलसीपछि दीनानाथको छोरा भूषण घर बसेन । छोराले गाउँमै पढोस् भन्ने भित्री चाहना थियो । तर आफूले पढ्न पाइएन, छोराले राम्ररी पढोस् भन्ठानी दीनानाथले छोरालाई सहर पठाएका थिए । हिँड्ने बेला
चौँरीधापदेखि दोर्पुसम्म
चौँरीधापकी चौँरीगोठाल्नी दिदीसित छुट्टिएर अघि बढेपछि केही बेरमा आइपुग्यो ‘धापडाँडा’ चुइयाँथान भन्ने बस्ती । यहाँ आइपुग्दा हामीले समुद्रतलदेखि एघार ह
स्मृतिग्रन्थ : प्रारम्भिक मिमांशा
समय समयमा पत्रपत्रिकामा स्मृतिग्रन्थ लोकार्पणको समाचार छापिने गरेको छ । यस्ता कार्यव्रmममा सम्बन्धित व्यक्तिले समाजमा गरेको योगदानको
शुक्रबार रायमाझी साङ्गीतिक साँझ
गायक नारायण रायमाझी पहिलो पटक एकल साङ्गीतिक साँझमा प्रस्तुत हुने भएको छ । शुक्रबार काठमाडौँको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा रायमाझीको प्रत्यक्ष प्रस्तुति हुन लागेको हो । ‘नारायण रायमाझी साङ्गीतिक साँझ–२०८०’ नाम दिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले यस कार्यक्रमको आयोजना गरेको हो । गायक एवं सफल चलचित्र निर्देशक समेत रहनुभएका रायमाझीको यो जीवनकै पहिलो एकल साङ्गीतिक कार्यक्रम हुने छ । साङ्गीतिक साँझमा तीन चरणको प्रस्तुति रहने छ । एउटा चरणमा गीतिनाटक (अपेरा) प्रस्तुत हुने छ । यसमा रायमाझीका गीतलाई दर्शकले नृत्य र अभिनयमा समेत हेर्न पाउने छन् ।
चिन्न नसक्दा
स्कुलमा पढ्दाको साथी किरणलाई भेट्न म उसको घरमा पुगेँ । किरणकी आमाले “कसलाई भेट्न आउनुु भो नि ?” भनेर सोधिन् । मैले “किरणलाई भेट्न आएको हुँ आमा” भनेँ । “किरण अहिले नुहाउँदै छ,”