• ९ मंसिर २०८१, आइतबार

महानुभावहरू (कविता)

blog

वर्तमान समय तर्साइरहेछ

लखेटिरहेछ भाषाका हरफहरू

विचार सिद्धान्तहरूमा बुलडोजर चलेको छ

नीतिहरू झुन्डिएका छन् 

सडकमा फालहाल्न ।

हामीले माक्र्स पढेनौँ

हामीले उनलाई बुझ्दै बुझेनौँ

हावामा कुदिरह्यौँ  ।

महानुभावहरू !

यात्राका विवशता  शैलीहरूका आव्रmमणले 

घायल बनेका जीवनहरू माक्र्स खोजिरहेछन् ।

गाउँ बस्तीहरू, सहरहरू कोलाहल गरेर

हरेक पथमा रोइरहेछन् ।

सुनील निर्देशित  नाटकले

चार पाइला अघिसारेको छ वर्तमान युगलाई ।

नाट्यशालाको बन्दकोठामा

कुमार, राजकुमार र गणेशहरू

गाउँका विवशतामा आँसु झारिरहेथ्ये

विचारको मृत्युमा ।

वर्तमान समयमा विद्रोहको मुरली बजेको छैन

भोका वानरहरू उपद्रो मच्चाउन घरहरूमा पसिरहेछन् 

वर्तमान र भविष्य, साँझ पर्खिएर बसेका छन्

नाटकको विम्बहरू 

प्रतीकहरू तगरा खोल्न निर्देशित गरिरहेका थिए

हाम्रासामु, माक्र्स उभिएर

हामीलाई डेढ घण्टासम्म प्रवचन दिइरहे थे

मौन थिए, मान्छेहरू ।

हामीले के कति बुझ्यौँ 

गहन प्रश्न छोडेर, नाटक आफ्नै बाटो लाग्यो ।

वैशाख एकको झम्केसाँझमा ।

प्रिय महानुभावहरू ।