• २५ वैशाख २०८३, शुक्रबार

कत्थक नृत्य प्रस्तुत

blog

नेपालगन्ज, वैशाख २५ गते । नेपाल–भारत सांस्कृतिक सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यले भारतीय राजदूतावासको सौजन्यमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा शास्त्रीय भारतीय नृत्य ‘कत्थक’ को मनमोहक प्रस्तुति गरिएको थियो । नेपाल–भारत मैत्री सङ्घ, बाँकेको आयोजना तथा भारतीय दूतावासको सौजन्य एवं काठमाडौँस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको प्रस्तुति रहेको कार्यक्रममा दीप्ति गुप्ताको नेतृत्वमा रहेको भारतीय कलाकारको टोलीले कत्थक नृत्य प्रस्तुत गरेको थियो ।

कत्थक नृत्यमार्फत दर्शकले भारतीय शास्त्रीय कलाको उत्कृष्ट झलक अवलोकन गरेका थिए । नेपालगन्ज उपमहानगरपालिकाका नगरप्रमुख प्रशान्त विष्टले दुवै देशको सांस्कृतिक सम्बन्ध थप बलियो बनाउन यस्ता कार्यक्रम निकै फलदायी हुने बताउनुभयो । नेपाल–भारत मैत्री सङ्घ बाँकेका अध्यक्ष प्रदीपकुमार गुप्ताले नेपाल–भारत सांस्कृतिक आदानप्रदानले दुई देशबिचको सम्बन्ध थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर आयोजना गरिने जानकारी दिनुभयो ।