• २१ वैशाख २०८१, शुक्रबार

सांस्कृतिक अभ्यासको महत्त्व बुझ्न जरुरी : मन्त्री किराती

blog

काठमाडौँ, असोज ३ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री सुदन किरातीले संस्कृति, कला र परम्परा जीवन बाँच्ने विशेष माध्यम भएको बताउनुभएको छ । उहाँले संविधान दिवस २०८० को अवसरमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा यस्तो बताउनुभएको हो ।

 ‘राज्यका प्रमुख अङ्गहरू र नागरिकको दृष्टिकोणमा सांस्कृतिक पक्ष र संस्कृतिकर्मी’  विषयक कार्यक्रममा मन्त्री किरातीले संस्कृतिको संरक्षण गर्नका लागि संस्कृतिको अभ्यासको महत्व बुझ्नुपर्नेमा जोड दिनुभयो । उहाँले मौलिक गीत, सङ्गीत र कलाको प्रवर्धन र सिर्जनाको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा पहिचान बनाउन कलाकार, सर्जकलाई आह्वान गर्नुभयो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्माले कला र संस्कृति जर्गेनाको दायित्व हरेक नेपालीका साथै राज्यका निकायले पनि सहयोग गर्नुपर्ने बताउनुभयो । ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले अन्तव्रिर्mयाले संस्कृतिकर्मीको भूमिका र संस्कृतिको नाममा भइरहेको सामाजिक विकृतिबारे पनि सजग गराउने अवसर मिल्ने विचार व्यक्त गर्नुभयो । 

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले कार्ल माक्सको भनाइ उद्धृत गर्र्दै “मानिस एक सांस्कृतिक प्राणी भएको र संस्कृति श्रमद्वारा सिर्जना गरिएको दोस्रो प्रकृति हो,” भन्नुभयो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राईले संस्कृतिको संवर्धनका लागि संस्कृतिकर्मीको संरक्षण गर्न राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । श्रव्यदृश्य सामग्रीमार्फत नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको सङ्क्षिप्त परिचय प्रस्तुत गरिएको थियो । 

त्यसै गरी प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे तथा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले संविधान दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्र निर्माणमा संस्कृति र संस्कृतिकर्मीको भूमिका उल्लेख्य रहेको बताउनुभयो । 

त्यसै गरी कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले, प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे भिडियो सन्देशमार्फत संविधान दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्र निर्माणमा संस्कृति र संस्कृतिकर्मीहरूको भूमिका उल्लेख्य रहेको बताउनुभयो ।