गाउँ सहरमा तीजको तडकभडक बढ्यो
नेपाली हिन्दु नारीको विशेष पर्व हरितालिका तीजको रौनक गाउँ सहरमा छाइसकेको छ ।
टिउरिङ टेस्ट [कथा]
कुनै एक बिहान उनीहरू उठ्दा दुवैले आफूलाई एक्लो पाए । झ्यालबाट चिहाउँदै गरेको मलिन घामलाई कोठामा छाडेर दुवै बाहिरी छतमा निस्के । उत्तरतर्फबाट जोसिएर बहेको बतास सँगसँगै यी जोडी टहल्दै गए । श्रीमती तीव्र चालमा अघिअघि र श्रीमान् उनको अनुसरण गर्दै पछिपछि देख्दा उनीहरूबिच कुनै असामान्य परिस्थितिले गर्दा दूरी बढिरहेको प्रतीत हुन्थ्यो । किनकि कतिपय कुरा शब्दले भन्न नसकेर मान्छेका चालढाल एवं अनुहारको उतारचढावको साङ्केतिक भावले व्यक्त गर्दछ ।
दुरूह समालोचनाको ग्रन्थ
समालोचना आफैँमा एक जटिल विधा हो। साहित्यका अनेक विधाका पुस्तक अध्ययन गरी त्यसमाथि आफ्नो विचार प्रस्तुत गर्नु समालोचनाको गुण हो। त्यस्तै गुणी समालोचकका रूपमा देखा पर्नुभएको छ युवराज मैनाली । उहाँ आफ्नो पठनमा जुनसुकै विधाका पुस्तक परेपछि र त्यसको सहज पठन गरेपछि त्यसबारे सहज ढङ्गमै समालोचना गर्न अग्रसर भइहाल्नु हुन्छ । यसको अकाट्य उदाहरण भएर देखा परेको छ ‘दृष्टि ः दृष्टिकोण’ समालोचना सङ्ग्रह । यस समालोचना सङ्ग्रहमा रहेका २९ वटा समालोचनाहरू मैनालीका स्वतन्त्र अध्ययनपछि निसृत स्वतन्त्र समालोचनाहरू हुन् । यस पुस्तकको प्रकाशकीयमै भनिएको छ, ‘प्रस्तुत कृतिमा लेखक केन्द्रितभन्दा पाठक केन्द्रित समालोचनाको बढी प्रयोग भएको छ ।’ यसै आधारलाई मनन गरी उहाँले समालोचना गर्नुभए
विस्मृत स्मृति
कति नमिठो भएर दुख्छन् – कतिपय दिनहरू। हजारौँ दिनमा यस्ता दिन पनि छन् – जसले जीवनलाई अमिलोमा रूपान्तरित गर्छन् ।एउटा विस्मृत दिन विस्मृतिकै गर्तमा फाल्नु छ । नसम्झनु छ – त्यो दिन । नकल्पिनु छ – त्यो समय । नसोच्नु छ – त्यो अकल्पनीय दुःख । मनबाट टाढा राख्नु छ । स्मृतिबाट पुछ्नु छ र मस्तिष्कबाट सधैँका लागि निमिट्यान्न पार्नु छ । एउटा नसम्झने दिनका विरुद्ध म के लेख्न सक्छु! त्यो अप्रिय दिन
विकलको अर्को नाम रवि चालिसे
रमेश विकल रवि चालिसेको नामबाट चित्रको सिर्जना गर्नु हुन्थ्यो। उहाँको खास नाउँ रामेश्वर शर्मा चालिसे हो। उहाँले साहित्यमा अलग्गै, कलामा अलग्गै नाम राख्नुभएको थियो। उहाँ धेरै वटा वाद्यवादनमा पनि पारङ्गत हुनुहुन्थ्यो। भनिन्छ, उहाँ हार्मोनियम, बाँसुरी, भायोलिन, सितार र तबलामा पारङ्गत हुनुहुन्थ्यो। आफँैले लेखेका थुप्रै नाटकमा पनि निर्देशन गर्नुहुन्थ्यो। नाटक र सङ्गीतमा चाहिँ के नामले उहाँलाई पुकारिन्थ्यो, कतै अभिलेख
ओममूर्तिको ‘जीवन्त सम्बन्ध’
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलको दोस्रो पुस्तक ‘जीवन्त सम्बन्ध’ बजारमा आउने भएको छ। शुक्रबार एक समारोहबिच डा. अनिलले प्रकाशन गर्न लाग्नुभएको ‘जीवन्त सम्बन्ध’ पुस्तकको कभर फोटो सार्वजनिक भएको हो। उहाँकी धर्मपत्नी मनीषा श्रेष्ठ र छोरी अनिशा अनिलले कभर फोटो सार्वजनिक गर्नुभएको हो। १० वर्षअघि डा. अनिलले ‘म पनि डाक्टर’ नामक पुस्तक प्रकाशित गर्नुभएको थियो।
राष्ट्रिय बालदिवस–२०८० : विभिन्न प्रतियोगिताका उत्कृष्ट पुरस्कृत
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले बाल सङ्गठनको भौतिक सम्पत्तिको संरक्षण र व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो। राष्ट्रिय बालदिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बालबालिकाको संरक्षण, स्याहार, शिक्षा र स्वास्थ्यमा पहुँचका लागि स्थापना गरिएको बाल सङ्गठनको नाममा देशभर छरिएर रहेका भौतिक सम्पत्तिको व्यवस्थापनमा मन्त्रालयको ध्यानाकर्षण भएको बताउँदै त्यसको व्यवस्थापन गर्ने बताउनुभएको हो।
जसलाई ‘तुसारो’ ले अभ्यस्त बनायो
मान्छेका इच्छा र चाहना असीमित छन्। सोख र प्रतिभालाई जतिसक्यो बढावा दिन खोज्छ। त्यसैले त सुरेन गौतम भिन्न क्षेत्रमा पनि खुलेर प्रस्तुत हुनुभयो। बाल्यकालदेखि नै सङ्गीतमा रुचि राख्नुहुने उहाँले २०६० सालमा ‘तुसारो’ बोलको गीत रेकर्ड गराउनुभयो। सोही गीतबाट उहाँले साङ्गीतिक आकाशमा अभ्यस्त हुने प्रयास गरिरहनुभएको छ।
'जानकी साहित्य पुरस्कार' आख्यानकार भण्डारीलाई
गुल्मीको किरण पुस्तकालयले यस वर्षको जानकी साहित्य पुरस्कार आख्यानकार हरिप्रसाद भण्डारीलाई प्रदान गरेको छ । ‘जानकी प्रतिष्ठान’ द्वारा स्थापना गरिएको सो पुरस्कार मोती जयन्तीको अवसर पारेर धुर्कोट गाउँपालिका–५ वस्तुमा २०१६ जेठ ५ गते जन्मिनुभएका भण्डारीलाई प्रदान गरिएको हो ।
अलिखित समझदारी
बुधइ चौधरी देउखुरीको लालमटियाबाट विकट पहाडी जिल्ला रोल्पाको सदरमुकाम लिवाङ उक्लेको चानचुन दुई दशक हुन लाग्यो । “अहिले त सदरमुकाम मात्र नभएर कुनाकन्दराका गा
बाक्पा बनाउने सिपको संरक्षण माग
स्थानीय चाडपर्वको बेला सांस्कृतिक मेला पर्व मनाउने क्रममा लगाउने बाक्पा (मुकुन्डो) निर्माण गर्ने सिपको संरक्षण गर्न स्थानीय बुढापाकाले माग गरेका छन् । पछिल्लो पुस्ता त्यस्ता सामग्री बनाउनेतर्फ चासो नै नदिने गरेको र सिप भएका पुराना पुस्ता वृद्ध हँुदै गएका कारण त्यस्ता सिप नै हराउने चिन्ता बढ्न थालेको नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीहल्जी गाउँका थुक्देन तामाङ बताउनुहुन्छ । उहाँका अनुसार लिमीका तीन गाउँ यस्ता मुकुन्डो बनाउने स्थानीय चार जना मात्र ७० वर्षमाथिका वृद्धा रहेका छन् । उनीहरूबाट नयाँ पुस्ताले यो सिप सिक्ने र पुस्तान्तरण गर्न इच्छा नै देखाएका छन् । चाडपर्वमा नाचगान र सांस्कृतिक झाँकी प्रस्तुत गर्न बाक्पा व्रmमशः पुरानो हुँदै गएको र नयाँ बनाउन सिप हस्तान्तरण नहुँदा कला संस्कृति नै मासिने अवस्थामा पुगेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “अब स्थानीय तहबाट युवा पुस्तालाई यस्ता सिप सिकाउन प्रेरित गरिनु पर्छ ।”
आज १५८ औँ मोती जयन्ती
नेपालमा पत्रकारिता सुरुआत गर्ने व्यक्तित्व एवम् राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८ औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
साहित्य सङ्गमको अध्यक्षमा बर्तौला
मकवानपुरको साहित्यिक गतिविधिमा क्रियाशील साहित्य सङ्गम मकवानपुरमा नयाँ नेतृत्व चयन भएको छ । साहित्य सङ्गम मकवानपुरको १६ औँ अधिवेशनले संस्थाको अध्यक्षमा डिबी बर्तौलालाई निर्वाचित गरेको हो । उहाँले ९७ मत ल्याउनुभयो । उहाँका प्रतिस्पर्धी पुरुषोत्तम आचार्यले ८१ मत प्राप्त गर्नुभयो । यस्तै उपाध्यक्षमा सानु खनाल (१२१ मत) र सचिवमा मनोज पोखरेल (११०) विजयी बन्नुभएको छ । उपाध्यक्षका प्रतिस्पर्धी एसके निधनले ५६ र सचिवका प्रतिस्पर्धी यश लामाले ६७ मत प्राप्त गर्नुभयो ।
कौसीमा बिहेको चटारो
कथा घेराको प्रस्तुति नाटक ‘वेडिङ एल्बम’ राजधानीको टेकुस्थित कौसी थिएटरमा असोज ४ देखि मञ्चन हुने भएको छ । दक्षिण एसियाली पितृसत्तात्मक समाजमा निहित विरोधाभाषहरू समेटी भारतीय नाटककार गिरीश कर्नाडद्वारा लिखित ‘वेडिङ एल्बम’ को अनुवाद तथा निर्देशन आकाङ्क्षा कार्कीले गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय राजनीतिमा बिपीको स्थान उच्च र सन्तुलित
विभिन्न राजनीतिक दलका नेताले अन्तर्राष्ट्रिय राजनीतिमा बिपीको स्थान निकै उच्च रहेको र कूटनीतिक क्षेत्रमा सन्तुलित योगदान रहेको धारणा व्यक्त गरेका छन् । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बिपीले लिएको परराष्ट्र नीति सन्तुलित भएको र आज पनि त्यसको सान्दर्भिकता उत्तिकै रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “माक्र्स र गान्धीको बिचारबाट प्रभावित बिपीको बिचारमा माक्र्सवाद र गान्धीको आर्थिक समाजवाद र अहिंसावादी व्यवहार झल्किन्छ ।” बिपीलाई २०१७ सालमा प्रधानमन्त्रीबाट हटाउन देशभित्रकै सामन्तवर्ग र विदेशी शक्तिको साथ र उक्साहटमा तत्कालीन राजा महेन्द्रले भूमिका खेलेको विश्लेषण पूर्वनेता भट्टराईको रहेको छ ।
‘बिपीको सन्तुलित परराष्ट्र नीति आज पनि उत्तिकै उपयोगी’
नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको अन्तर्राष्ट्रिय राजनीतिमा उच्च स्थान र कूटनीतिक क्षेत्रमा सन्तुलित योगदान रहेको विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले बताउनुभएको छ ।
हास्यव्यङ्ग्यकार चट्याङलाई वासुदेव लुइँटेल पुरस्कार अर्पण
हरेक दुई वर्षमा प्रदान गरिँदै आएको ‘वासुदेव लुइँटेल पुरस्कार’ २०७९ का लागि हास्यव्यङ्ग्यकार चट्याङ मास्टरलाई अर्पण गरियो । यो पुरस्कारले सम्मानित उहाँ सत्रौँ हास्यव्यङ्ग्यकार हुनुहुन्छ ।
गीत
सोच्दा सोच्दै बिर्सने पनि क्षणहरू हुन्छन् जिन्दगीमा
‘बिपी व्यक्ति एक, व्यक्तित्व अनेक’
प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय बिपी कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसले सानेपास्थित बिपी स्मृति भवनमा आयोजना गरेको बिपी साहित्य महोत्सव आइतबार सुरु भएको छ । तीन दिनसम्म चल्ने महोत्सवको पहिलो दिन सञ्चालन भएको विभिन्न सत्रमा बिपीको जीवनका विविध पक्ष; सामाजिक, आर्थिक तथा धार्मिक सांस्कृतिक दृष्टिकोणसहित समाज रूपान्तरणमा उहाँले पु-याउनुभएको योगदानका बारेमा लेखक, साहित्यकार, समालोचकहरूले सूक्ष्म तरिकाले विश्लेषण प्रस्तुत गर्नुभएको छ ।
नइका पाँच कृति लोकार्पण
वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक शङ्कर गिरीले नइ प्रकाशनबाट प्रकाशित पाँच वटा कृतिको लोकार्पण गर्नुभयो।
बिपी साहित्य महोत्सव सुरु
ललितपुरस्थित नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयमा आजबाट बिपी साहित्य महोत्सव सुरु भएको हो । महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गर्नुभयो ।
चार मुक्तक
बाँचुन्जेली छिःछिः दुरदुर मरेपछि हाम्रो हुन्छ मान्छेको मन आजभोलि किन यति चाम्रो हुन्छ
आजदेखि सुरु हुँदै बिपी महोत्सव
प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ११० औँ जन्मजयन्तीका अवसरमा नेपाली कांग्रेसले आयोजना गर्न लागेको ‘बिपी साहित्य महोत्सव’ आइतबार सुरु हुँदै छ । ललितपुरको सानेपास्थित बिपी स्मृति भवनमा तीनदिने महोत्सवको पहिलो दिन बिहान १० बजे प्रजातन्त्रका लागि भएको हवाईजहाज अपहरणको वृत्तचित्र देखाइने छ । ११ बजे पार्टी सभापति शेरबहादुर देउवाले महोत्सवको उद्घाटन गर्नुहुने महोत्सव तयारी समितिले जानकारी दिएको छ ।
सम्झनामा साहित्यकार राजापुरी
राजापुर साहित्य प्रतिष्ठानले शनिबार प्रसिद्ध साहित्यकार स्वर्गीय प्रकाश राजापुरीको ८५ औँ जन्मजयन्तीका अवसरमा श्रद्धाञ्जली समारोहको आयोजना गरेर उहाँको योगदानबारे चर्चा गरेको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकालले स्वर्गीय राजापुरीको साहित्यिक व्यक्तित्वबाट आजको पुस्ताले प्रेरणा लिनुपर्ने बताउनुभयो ।