• ९ मंसिर २०८१, आइतबार

सम्झनामा साहित्यकार राजापुरी

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, भदौ २४ गते । राजापुर साहित्य प्रतिष्ठानले शनिबार प्रसिद्ध साहित्यकार स्वर्गीय प्रकाश राजापुरीको ८५ औँ जन्मजयन्तीका अवसरमा श्रद्धाञ्जली समारोहको आयोजना गरेर उहाँको योगदानबारे चर्चा गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकालले स्वर्गीय राजापुरीको साहित्यिक व्यक्तित्वबाट आजको पुस्ताले प्रेरणा लिनुपर्ने बताउनुभयो । 

प्रतिष्ठानका अध्यक्ष जेवी अनुरागीले गजलकार राजापुरीले राजापुरलाई मात्रै होइन सिङ्गो गजललाई चिनाएको बताउँदै संस्थाले राजापुरीलाई हरेक वर्ष सम्झने गरेको बताउनुभयो । कार्यक्रममा स्वर्गीय राजापुरीका छोरा आलोक गुप्ताले राजापुरीको वैयक्तिक जीवनबारे बोल्नुभएको थियो ।