• २१ वैशाख २०८१, शुक्रबार

गीत

blog

सोच्दा सोच्दै बिर्सने पनि 

क्षणहरू हुन्छन्‌ जिन्दगीमा

रोज्दा रोज्दै छुट्ने पनि 

दिन हुन्छन् जिन्दगीमा

कहिले बेहोशीले कहिले विवशताले 

मूर्छित बनाउँछ जिन्दगीलाई 

त्यही वञ्चनाले त्यही तृष्णाले 

हैरान गर्छ जिन्दगीलाई ।


तिम्रो बाटो हेर्दा हेर्दै 

जिन्दगीको बाटो छुट्यो 

फर्केला फेरि दिन भन्दा भन्दै 

जिन्दगीको मौसम बिग्रियो

पर्खाईमा भड्किएर जिन्दगीले ठेगान फे¥यो

जबाफ माग्दा जिन्दगीले सोध्न पर्ने प्रश्नै बिस्र्यो ।


दोभानसम्म पुगेर नमिलेको 

खोला पनि हो जिन्दगी

चिना सबै जुरेर पनि नजुटेको 

साथ हो जिन्दगी 

निष्ठुर नियतिको बलमिचाइँमा परे पनि 

अतृप्त तृष्णा बोकिरहन्छ जिन्दगी 

सँगै हुँदा मिल्न नसक्ने 

विछोड हुँदा तड्पिरहने

बिग्रेको हिसाब हो जिन्दगी । 


कोपुण्डोल, ललितपुर