‘विश्वेश्वरप्रसाद कोइरालाका कविता’ माथि छोटो विवेचना
विश्वेश्वरप्रसाद कोइराला नेपाली राजनीति क्षेत्रमा सर्वपरिचित व्यक्तित्व हुन् । राजनीति क्षेत्रको तुलनामा साहित्यमा उनको परिचय स्थापित भएर पनि साँघुरो रहेको देखिन्छ ।
राष्ट्रपतिद्वारा राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान प्रदान
चलचित्र विकास बोर्डको आयोजनामा ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मान २०८०’ सम्पन्न भएको छ ।
गीत
जतन गरी माया राख्ने भण्डार हौ तिमी नाजुक मेरो हृदयको उद्गार हौ तिमी
बिपी साहित्य महोत्सवको तयारी
नेपाली कांग्रेसले आगामी २४ गतेदेखि तीन दिनसम्म बिपी साहित्य महोत्सव २०८० आयोजना गर्ने भएको छ । हरेक वर्ष भदौ २४ गते बिपी जन्मजयन्ती मनाउँदै आएको पार्टीले यस वर्षको ११० औँ जन्मजयन्ती भने तीन दिनसम्म महोत्सवका रूपमा नै मनाउने निर्णय गरेको पार्टीको सूचना सञ्चार तथा प्रचार विभागले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रचार विभागका प्रमुख मीन विश्वकर्माका अनुसार पार्टीको साउन २ देखि १० गतेसम्म भएको केन्द्रीय समितिको बैठकले नै यस वर्ष बिपी जन्मजयन्तीलाई महोत्सवका रूपमा मनाउने निर्णय भएको स्पष्ट पार्नुभयो ।
गुरुङलाई मातृभूमि राष्ट्रिय सम्मान
मातृभूमि साहित्य समाज मकवानपुरले हरेक दुई वर्षमा प्रदान गर्दै आएको मातृभूमि राष्ट्रिय सम्मान २०८० बाट संस्कृतिविद् प्राडा जगमान गुरुङलाई प्रदान गर्ने भएको छ । नेपाल र नेपालीलाई चिनाउन महत्वपूर्ण योगदान पु-याउने व्यक्ति वा सङ्घ संस्थालाई प्रदान गर्दै आएको सम्मान नेपाल प्रज्ञा प्रतिष्ठानको पूर्वउपकुलपतिसमेत रहनुभएका गुरुङलाई आगामी असोज ६ गते हेटौँडामा आयोजना गरिने कार्यक्रममा समर्पण गर्ने निर्णय गरेको समाजले जनाएको छ । संस्थाले आफ्नै
वरिष्ठ संगीतकर्मी ‘गोविन्द ह्यूमत’ एकल साँझ समापन
नेपाल भाषाका वरिष्ठ संगीतकर्मी तथा गायक गोविन्द ह्यूमतको एकल प्रस्तुती कार्यक्रम समापन भएको छ । कीर्तिपुरको पाँगास्थित सिनेप्लेक्समा सोमबार गोविन्द ह्यूमल सनिल – ११४३ एकल साँझ कार्यक्रम सम्पन्न भएको हो । उहाँले दर्जनभन्दा बढी १५ वटा नेपाल भाषाको गीतमा संगीत एवम् गायन प्रस्तुत गर्नुभयो ।
डा. बालकृष्ण शाहको ‘गर्भको गर्व’ लोकार्पण
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.बालकृष्ण साहको गैरआख्यान ‘गर्भको गर्व’ लोकार्पण भएको छ ।
‘अनुपम देवता’ उपन्यास पाठकबिच लोकप्रिय
उपन्यास समाजका अध्यक्ष तथा वरिष्ठ उपन्यासकार शङ्कर भारतीद्वारा रचित उपन्यास ‘अनुपम देवता’को तेस्रो संस्करणको अन्तरक्रिया सम्पन्न भएको छ ।
पठनीय एवं सङ्ग्रहणीय कृति
हरिराज भट्टराईद्वारा लिखित ‘गीत, कुत्ता र कोर्ट’ कथा सङ्ग्रहमा बत्तिस वटा कथाहरू छन् । कथाकार भट्टराईको लेखनकला अत्यन्तै आकर्षक, उत्कृष्ठ छ । सङ्ग्रहको नामकरण रहेको सातौँ कथामा आँखा पुगे ।
सूर्यबहादुर थापाको नौ दशक
प्रस्तुत पुस्तक सूर्यबहादुर थापाले आफ्नै जीवनको अनुभूतिलाई फरक धारमा चित्रण गरिएको निबन्धात्मक शैलीमा छ । यसमा पाँच व्यवस्था, पाँच राजा र पाँच पटक प्रधानमन्त्री बनेको त्रिवेणी पाइन्छ । आफ्नो मानसपटलमा गहिरो छाप बनेर वर्षाैं बसेका कालजयी घटना, दृश्य–परिदृश्य, परिवेश पात्रलाई टपक्क टिपेर सिर्जनात्मक, अर्थपूर्ण र भावपूर्ण अभिव्यक्तिलाई लेखनको माध्यमबाट गणेश पौडेलले उतारेका छन् ।
परम्परागत पहिरनमा युवा पुस्ताको आकर्षण
हिमाली जिल्ला हुम्लामा युवा पुस्ताका महिलामा परम्परागत पहिरनप्रति आकर्षण बढ्न थालेको छ । यसको संरक्षण र प्रवर्धनका लागि अघिल्लो पुस्ताका महिलाले यसलाई अनिवार्य लगाउनैपर्ने परिस्थिति सिर्जना गर्दा विस्तारै नयाँ पुस्ताका युवती पनि स्वतःस्फूर्त रूपमा यो पहिरनप्रति आकर्षित हुन थाल्नुभएको हो ।
श्रेष्ठलाई विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार
फोटा पत्रकार नरेश श्रेष्ठ आइतबार विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार ११४३ बाट सम्मानित हुनुभएको छ । विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार फोटो पत्रकारका रूपमा चार दशकभन्दा बढी समय बिताइसक्नुभएका गोरखापत्रका पूर्वफोटो पत्रकार नातिकाजी महर्जनले स्थापना गर्नुभएको हो ।
पाँच कृति लोकार्पण, पाँच स्रष्टालाई सम्मान
पाँच जना स्रष्टाका पाँच कृति एकैसाथ लोकार्पण गरिएको छ । हास्यव्यङ्ग्य तथा बुढ्यौली साहित्यमा साधनारत पाँच मूर्धन्य स्रष्टाहरूलाई सम्मान तथा पुरस्कार समर्पण समेत गरिएको छ ।
पाकिस्तान–नेपाल मैत्री महोत्सव सम्पन्न
पाकिस्तानको ७६औँ स्वतन्त्रता दिवसको अवसर पारेर आयोजना गरिएको पाकिस्तान–नेपाल मैत्री महोत्सवमा विभिन्न प्रतियोगी पुरस्कृत भएका छन् ।
प्रेमको उमेर
बिहानको स्वच्छ हावामा प्रातः कालीन भ्रमणका लागि म प्रायः निस्कन्थे । सडकको किनारा वा कतै मन लागेका ठाउँमा हिँड्नु मेरो दैनिकी जस्तै थियो । केही दिनदेखि प्रातः
‘सम्पदा संरक्षणमा नागरिकको भूमिका महत्त्वपूर्ण’
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले हरेक नागरिकको सम्पदा संरक्षणमा महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ । नेपाल सम्पदा सङ्घको ३७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो कुरा बताउनुभएको हो । उहाँले मूर्त/अमूर्त सम्पदाको प्रवर्धनकै कारण पाटन क्षेत्रलाई विश्वको ३५ औँ कला सहर (वल्र्ड क्राफ्ट सिटी) को पहिचान मिलेको जानकारी दिनुभयो । वि.सं. २०७९ मा बागमती प्रदेशले सुनको टीकासहितको चाँदीको तक्मा प्रदान गरेर सम्मानित गरेको सन्दर्भ सम्झँदै सम्पदालाई जीवन्त बनाउने सङ्घको प्रयासले उत्साह थपेको बताउनुभयो । साथै सम्पदा सङ्घसँग महानगरको सहकार्य जारी रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । सङ्घद्वारा शनिबार आयोजित ३७ औँ वार्षिकोत्सवको अवसरमा ललितपुर महानगरका प्रमुख महर्जनलाई सङ्घको मानार्थ सदस्यता प्रदान गरिएको थियो ।
साहित्यिक फूलको इन्द्रेणी आयाम
आफ्नो जीवनका समग्र पक्ष उघारेर आफैँले लेखेको कृति आत्मवृत्तान्त हो । आत्मवृत्तान्त एउटा लेखन विधा हो । सम्झँदा सजिलो लाग्ने तर लेख्दा ज्यादै कठिन हुने विधा हो यो । सम्झनाका भण्डारबाट निस्कने रत्नहरूको माला बनाउन सहज पक्कै हुन्न । स्मरण क्षमता, इमानदारी, स्पष्टता र लेखनीको जाँगरले सँगसँगै हातेमालो गरे भने मात्र आत्मवृत्तान्त लेखन पूरा हुन्छ र सुन्दर कृति बन्ने छ । यस्तो कृति विगतको तस्बिर बनेर वर्तमानमा उपस्थित हुन्छ भने भविष्यका लागि प्रेरणाको स्रोत बन्न सक्छ । विश्वसाहित्यमा आत्मवृत्तान्त पठनका लागि अभिरुचिको विधा बनेको छ । नेपाली साहित्यमा पनि यस विधाका त्यस्ता कृ
‘बिपी : चेतना, चिन्तन र राजनीति’ सार्वजनिक
प्राध्यापक कृष्ण खनालद्वारा लिखित ‘विश्वेश्वरप्रसाद कोइराला : चेतना, चिन्तन र राजनीति’ नामक कृति सार्वजनिक भएको छ। राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादव, प्राडा लोकराज बराल, प्राडा अभि सुवेदी, डा. तुलसीप्रसाद भट्टराई, वामपन्थी चिन्तक नरेन्द्रजङ्ग पिटर, मानव अधिकारकर्मी मोहना अन्सारीले कृति सार्वजनिक गर्नुभएको हो।
साहित्यकार तुलसी थापाको निधन
चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचारको क्रममा उहाँको शुक्रबार निधन भएको हो ।
साहित्यकार सम्मानित
अवधी सांस्कृतिक प्रतिष्ठानद्वारा नेपालगन्जमा ५२६ औँ तुलसी जयन्ती विविध कार्यक्रमका साथ भव्यतापूर्वक मनाइएको छ । नेपाल र भारतका अवधीभाषी साहित्यकारहरूको सम्मान, बहुभाषी कवि गोष्ठी र तुलसीदासको जीवनीबारे चर्चा गरिएको प्रतिष्ठानले जनाएको छ । अवधी सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष विष्णुलाल कुमालको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा भारतबाट आउनुभएका वरिष्ठ साहित्यकारहरू इन्द्रेसबहादुर सिंह, डा. मनोज भारत, सन्दीप सरल र पिके प्रचण्ड तथा नेपालका अवधीभाषी साहित्यकारहरू मधेईसिंह सिख, कृष्णादेवी पाण्डे, शिवप्रसाद पाठकलगायतलाई सम्मान गरिएको थियो । नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सन्तोष कनोडिया र नेपाल प्रज्ञा–
बृहत् कला प्रदर्शनी सुरु
नेपाल आर्ट काउन्सिलमा बृहत् कला प्रदर्शनी सुरु भएको छ । प्रदर्शनीमा ८० जना कलाकारको कलाकृति एउटै थलोमा अवलोकन गर्न सकिने आयोजक पक्ष ई–आर्टस् नेपालले जनाएको छ । सन् २०१७ मा समसामयिक चित्रकला र मूर्तिबाट सुरु गरिएको प्रदर्शनीमा जम्मा ५० जना कलाकारले भाग लिएका थिए । आयोजकका अनुसार यस पटक प्रदर्शनीमा कलाका विभिन्न विधा समेटिएको छ ।
गौरामा प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाको नृत्य
गौरा पर्वको अवसरमा आयोजित टुँडिखेलको कार्यक्रममा नेकपा (एमाले) नेता भीम रावलले देउडा गीत गाउँदा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत शीर्ष नेताले नृत्य गर्नुभएको छ।
प्रज्ञालाई नयाँ युग सुहाउँदो बनाउन वृहत बहस
नेपाल प्रज्ञा प्रतिष्ठानलाई नयाँ युगअनुसार अब कसरी अगाडि बढाउने भन्ने बारेमा सभामा वृहत छलफल भएको छ ।
लघुकथा सम्मान
लघुकथा समाज नेपालले लघुकथाको श्रीवृद्धिमा योगदान पु-याउने तथा लघुकथा प्रतियोगितामा उत्कृष्ट हुने साहित्यकारलाई सम्मान एवं पुरस्कार प्रदान गरेको छ । १६ औँ लघुकथा दिवसका अवसरमा समाजद्वारा मङ्गलबार काठमाडौँमा आयोजित कार्यक्रममा वरिष्ठ कथाकार लता केसीलाई नगदसहित ‘पूर्णप्रसाद ब्राह्मण लघुकथा सम्मान–२०८०’ प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ आख्यानकार भागीरथी श्रेष्ठलगायतले उहाँलाई समाजको तर्फबाट सम्मान गर्नुभएको हो । नेपालको साहित्य इतिहासमा पहिलो पटक २००७ सालमा लघुकथासङ्ग्रह प्रकाशित गर्नुभएका पूर्णप्रसाद ब्राह्मणको नाममा सो पुरस्कार स्थापना गरिएको हो ।