हाइकुसङ्ग्रह ‘वाटिका’ विमोचन
कोहलपुरमा हाइजिन छविलाल खड्काको हाइकुसङ्ग्रह ‘वाटिका’ विमोचन गरिएको छ । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर र ग्रिनपिस माविको समन्वयमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य प्राज्ञ महानन्द ढकालले पुस्तक विमोचन गर्नुभयो । सो अवसरमा उहाँले २०४९ सालमा पहिलो कृति निकालेका कृतिकार खड्काले पछिल्लो समय साहित्यमा सक्रियता बढाउँदै साहित्यका विभिन्न विधामा कलम चलाएर कोहलपुरलाई चिनाएको बताउनुभयो ।
साहित्य सन्ध्या कृबा पुरस्कार प्रदान
साहित्य सन्ध्या कृबा पुरस्कार वरिष्ठ स्नायु तथा नसा रोग विशेषज्ञ डा. वसन्त पन्तलाई प्रदान गरिएको छ । साहित्य क्षेत्रमा विविध गतिविधि गर्ने उद्देश्यले ४० वर्षअघि स्थापित साहित्य सन्ध्याले २०७४ सालदेखि चिकित्सा क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तित्वलाई समेत सम्मान गर्न थालेको थियो ।
सम्मान तथा पुरस्कार प्रदान
पन्त स्मृति प्रतिष्ठानको आयोजना तथा नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति आचार्य पूर्णचन्द्र ढुङ्गेलको प्रमुख आतिथ्यमा विभिन्न विधामा विशिष्ट योगदान गर्ने प्रतिष्ठित व्यक्तित्वलाई सम्मान तथा पुरस्कार अर्पण गरिएको छ । प्रतिष्ठानको वार्षिक मुखपत्र ‘नवज्योति’ को पनि लोकार्पण गरिएको छ ।
अभिलेखनमा समर्पित बडाल
विगत १३ वर्षदेखि सीताराम बडालले नेपाली गीत, सङ्गीत, कला, साहित्य, संस्कृति, चलचित्र, जीवनशैली, इतिहासलगायतका विविध विधा अन्तर्गत रहेर समाचार, लेख, पत्रपत्रिका, म्यागेजिन, अडियो, भिडियो, पुस्तक आदिलाई अभिलेखीकरण गरिरहनुभएको छ । हालसम्म सबै विधाका आठ हजार जिबीभन्दा बढी सामग्री सङ्कलन गरिसक्नुभएका उहाँलाई फेरि ती सामग्री हेर्दा देशकै महत्वपूर्ण सम्पत्तिका रूपमा जम्मा भएका जस्तो लाग्छ । आफ्नो महत्वपूर्ण अभिलेखमा बडालले राष्ट्रकवि स्व. माधवप्रसाद घिमिरे, वाङ्मय शताब्दीपुरुष स्व. सत्यमोहन जोशीदेखि नेपालका २५० भन्दा बढी सङ्गीतकर्मी, चलचित्रकर्मी, रङ्गकर्मी, कवि, कलाकार, विशेषज्ञ, इतिहासविद्, शिक्षाविद्, भाषाविद्, बुद्धिजीवि, खोज अनुसन्धानकर्मी, साहित्यकारलगायतको भिडियो अन्तर्वार्तालाई समेत समेट्नुभएको छ ।
नखिचिएको तस्बिर सुन्दर
गर्छु नसकिने कार्य म नभएको कोखमा जन्मिन्छु म । अर्पण प्रणय म कामिनी अज्ञानकन
ब्लुपिन्ट जस्तो जीवन अर्थात् एउटा नाटक
यात्रा रहेछ जिन्दगी... यात्रा नै रहेछ । मनमै लागिरह्यो, मैले पुग्नुपर्ने कहाँ, जाँदैछु कता वा मेरो गन्तव्य थाह नपाईकन म हिँडेको छु । मेरा एक मित्रले हातमा एउटा टेलिग्राम थमाइदिएर मलाई तत्काल बम्बई फर्किन आग्रह ग-यो ।
काठमाडौँ–कलिङ साहित्य महोत्सवको घोषणा
काठमाडौँ–कलिङ साहित्य महोत्सवको दोस्रो संस्करणको घोषणा भएको छ। गत वर्षदेखि आरम्भ भएको यो महोत्सव भदौ १५ देखि १७ गतेसम्म काठमाडौँमा आयोजना हुने छ। नेपाल, भारत, भुटान, बङ्गलादेश र श्रीलङ्कालगायत देशका साहित्यकारहरू जमघट हुने यो अन्तर्राष्ट्रिय महोत्सव यशस्वी प्रज्ञा प्रतिष्ठान, नेपाल र कलिङ लिटररी फेस्टिभल (केएलएफ) भारतको संयुक्त आयोजनामा हुँदै छ।
तीन स्रष्टाका तीन कृति विमोचन
साहित्यकार मोतिशोभा श्रेष्ठ, प्राडा सृजना श्रेष्ठ र प्राडा सविना श्रेष्ठका तीन कृति विमोचन गरिएको छ ।
पाणिनि महर्षिको अर्चना
कर्मक्षेत्र अध्यापन एवं राष्ट्रसेवाका पोख्त अनुभवी खगेश्वर गौतम सिद्धहस्त कवि पनि हुन् । पाणिनि महर्षिको अर्चना २०७९ कवि खगेश्वर गौतमद्वारा रचित तेस्रो मौलिक काव्य नै त्यसको उदाहरण हो ।
विधा दर्शनको नमुना ‘कथा दर्शन’
समालोचक दयाराम श्रेष्ठ (२०००) नेपाली कथा विधासमालोचनाका विशिष्ट साधक हुन् । ऐतिहासिक समालोचना, विधा समालोचना, तुलनात्मक समालोचना, सैद्धान्तिक समालोचना जस्ता विविध
मातृभूमिको उपहार (कविता)
अग्लो हिमाल शिखर पहाडी पाखा समथर मधेश हाम्रै हो विविध भाषा र रहनसहन संस्कृति हाम्रो भएको राम्रै हो ।
समय
समयले कसैलाई कतै पर्खंदैन आफ्नो बाटो गएपछि कहिल्यै फर्कंदैन ।
एकलव्यको देशमा (कविता)
एकलव्यको देशमा हरेक दिन शिष्यको बुढी औँला काटिन्छ गुरु क्रुर बन्दै गरुदक्षिणा माग्छन्
लोग्नेको माया
भित्तामा झुन्ड्याएको क्यालेन्डरको पाना हरेक महिना पल्टाए जस्तै जीवनका पानाहरू पनि क्रमिक रूपमा पल्टिँदै गइरहेका छन् । बिहान क्यालेन्डरको पाना पल्टाउँदा सँगै झुन्डिएको फोटोमा मेरो आँखा पुग्छ । हुन त विगत १९ वर्षदेखि त्यही स्थानमा झुन्डिएको फोटो थियो त्यो तर पनि किन त्यस फोटोले गर्दा आज दिनभरि मुड अफ भइरह्यो । अर्थात् एक प्रकारको आत्माग्लानि लागिरह्यो । अफिसमा पनि ध्यान पटक्कै लागेन । आजबाट घरमा ट्युसन टिचर आउँछ छोरीलाई पढाउन । एसइईको रिजल्ट राम्रो ल्याई भने त्यसको पनि राम्रो हुन्थ्यो । कति चाँडो झमक्क अँध्यारो भएको हो । भर्खर त ५ बज्यो ।
रूढिवादी कुसंस्कारको चिरफार
नेपाली उपन्यास लेखनको वर्तमान खण्डहर अवस्थामा पृथक् तर अति उत्सुकमय शीर्षकमा ‘बाँठी’ झुल्किएको छ । यस उपन्यासले सुदूरपश्चिम नेपालमा महिलाप्रति गरिने पुरुष विभेदको धज्जी उडाएको छ । झट्ट सुन्दा ‘बाँठी’ शब्दको अर्थ थारी, बाँझी अथवा सन्तान जन्माउन असफल महिला भन्ने बुझिन्छ । उपन्यासकी मुख्य नायिका गौमतीले बच्चा जन्माउन असफल भएपछि घर, परिवार, समाजद्वारा अपहेलित भई अन्त्यमा आफ्नो जीवनलाई मृत्युमा बलि चढाएर पाठक हृदयलाई आफूतर्फ आकर्षण गर्न सफल भएकी छन् ।
झकिझकाउ झिल्टुङ
सिमसिम... सिमसिम... सिमसिम...। परिरह्यो पानी । एकाबिहानैदेखि पानी दर्किन थालेपछि मन कस्तो कस्तो भो । बिरसिलो–ओसिलो । हो, एकदमै कस्तो खिन्न–खिन्न, नमिठो । अँध्यारो भयो छाती । जानु छ पहाडतिर । पानी झन्–झन् चम्केर दर्केपछि लम्केका खुट्टा थच्चेलान् झैँ भए । पखेटा हालेर उडुँ–उडुँ भएको मन थन्किन पो खोज्यो । लौ, पानीले बित्यास पार्ने भो । के पो गर्ने होला ? गड्याम्म ! बिजुली पनि दह्रैसँगै चम्कियो । बिहानको ५ बजेदेखि सिमसिमाएको झरी अब त उर्ली–उर्ली दर्किन थाल्यो । अरगज्ज परेर बसेको छु म– एउटा कुनामा टोलाई–टोलाई । खाटको अर्को कुनोमा मोजा, रुमाल, चस्मा र डायरी छन् । “आज तिमेरलाई बोक्न जुर्ला जस्तो छैन !” खाटमा थपक्क बसेका ती सरसामान हेर्दै बोल्छु म ।
थाइल्यान्डमा नेपाली इतिहास सार्वजनिक
करिब सय वर्षभन्दा अघि थाइल्यान्डमा पुगेका नेपाली आप्रवासीको इतिहास र वर्तमान अवस्थाबारे लेखिएको पुस्तक सार्वजनिक गरिएको छ। थाई नेपाली सङ्घद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा डा. जगमान गुरुङ, सङ्घका अध्यक्ष वाडसना राई, संरक्षक कुमार कार्कीलगायतले ‘थाइल्यान्डमा नेपालीहरूको इतिहास’ नामक पुस्तक लोकार्पण गर्नुभएको हो। नेपाली र अंगे्रजी भाषामा ऐतिहासिक तस्बिरसहित पुस्तक तयार भएको छ।
‘नेपालमा महिलाको अवस्था’ लोकार्पण
राष्ट्रिय महिला आयोगले नेपाली महिलाको समग्र अवस्थाबारे विश्लेषणात्मक अनुसन्धानसहित पुस्तक प्रकाशित गरेको छ । आयोगद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यव्रmममा आयोगले प्रकाशित गरेको पुस्तक ‘नेपालमा महिलाको अवस्था’ को दोस्रो अङ्क हो ।
कर्णालीका गाउँखाने कथाहरू लोकार्पण
गाउँखाने कथाहरूको खोज अनुसन्धान ,सङ्कलन र सम्पादन गरेर स्रष्टा खडानन्द चौलागाईंले कर्णालीका गाउँ खाने कथाहरू नामक साइतर सङ्ग्रह प्रकाशित गर्नुभएको छ ।
बाँसुरी वादन प्रशिक्षण सम्पन्न
मध्यपुर थिमि–१, लोकन्थलीमा रहेको सिद्धि गणेश दफा भजन खलले विगत १५ महिनादेखि सञ्चालन गर्दै आएको बाँसुरी वादन प्रशिक्षण बिहीबार पूरा भएको छ । प्रशिक्षण समापन तथा प्रदर्शन कार्यक्रम (बाजा पिथनेगु ज्याझ्वः) मा आठ वर्षको बालकदेखि ३८ वर्षको युवासम्म मौलिक पहिरनमा सजिएर बाँसुरी बजाई नगर परिक्रममा गरेका थिए ।
नेवारी पहिरन र बाँसुरीको धुनमा युवा पुस्ताको आकर्षण
हाकु पटासी र दौरा सुरुवाल पटुकामा (नेवार समुदाय मौलिक पहिरन) सजिएर एक हुल युवा बासुँरीको धुन बजाउँदै नगर परिक्रमा गर्दा सबैलाई आकर्षित गरिरहेको थियो।
मङ्सिरमा पुस्तक प्रदर्शनी
काठमाडौँमा दक्षिण एसियाली पुस्तक प्रदर्शनी आयोजना गरिने भएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ र करेन्ट मिडिया एन्ड रिसर्च सेन्टरको संयुक्त आयोजनामा मङ्सिर ५ देखि १० गतेसम्म भृकुटीमण्डपमा प्रदर्शनी आयोजना गरिने जनाइएको छ । प्रदर्शनीमा चीन, अमेरिका, इजिप्टलगायत दक्षिण एसियाली मुलुकको सहभागिता हुने आयोजकले जनाएको छ ।
अस्ट्रेलियामा नइ नारी गौरवी पुरस्कार प्रदान
नइ एकेडेमी अस्ट्रेलियाले विभिन्न विधाका उत्कृष्ट नारीहरूलाई ‘नइ नारी गौरवी पुरस्कार’ ९नइ एकेडेमी अस्ट्रेलिया वुमन अफ द इयर– २०२३ अवार्ड० द्वारा सम्मान गरेको छ।
‘खोटाङ प्रतिभा–२०८०’ को उपाधि आश्विन र कवितालाई
‘खोटाङ प्रतिभा–२०८०’ को उपाधि आश्विन राई र कविता श्रेष्ठले जित्नुभएको छ । सोमबार राष्ट्रिय नाचघर जमल, काठमाडौँमा सम्पन्न भएको फाइनलमा गायनतर्फको उपाधि आश्विनले र नृत्यतर्फको उपाधि कविताले जित्नुभएको हो ।