अन्तर्राष्ट्रिय कवि सम्मेलन
परम्परागत विश्व कविता लेखक सङ्गठन (टिपिडब्ल्युएडब्ल्यु)को चौथो अन्तर्राष्ट्रिय कवि सम्मेलन नेपालमा आयोजना गरिएको छ । हिजो यहाँ सम्पन्न सम्मेलनमा नेपाललगायत दक्षिण कोरिया, चीन, बेलायत र अमेरिकाका कविहरूको सहभागिता थियो ।
‘विश्वभरि नेपाली साहित्य फैलाउनु पर्छ’
नेपाली भाषीलाई मात्र नभएर अरू भाषीलाई पनि नेपाली भाषा, साहित्य, संस्कृतिका बारेमा पढाउने जिम्मेवारी वर्तमान पुस्तालाई भएकोमा जोड दिइएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सर्वोत्कृष्ट पुस्तक पुरस्कार वितरण समारोहमा मङ्गलबार बोल्ने वक्ताले भावी पुस्ताले नेपाली भाषा, लिपि तथा संस्कृतिबारे जान्ने हुन् कि होइनन् भन्ने चिन्ता पनि गरेका छन् । कार्यक्रममा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले नेपाली भाषा, साहित्य नेपालीका लागि मात्र नभएर अरू भाषीका लागि हो भन्ने कुरा स्थापित गराउन लाग्नुपर्ने बताउनुभयो ।
भगिश्वरको थोःक्ला कृतिको चर्चा
तेह्रथुमका पत्रकार तथा मानवअधिकारकर्मी भगिश्वर लिम्बू (मनोज) को कृति ‘थोःक्ला’ को ताप्लेजुङमा चर्चा गरिएको छ । लिम्बू भाषामा आधारित कविता सङ्ग्रह थोःक्लाको सदरमुकाम फुङ्लिङमा स्थानीय पत्रकार तथा सञ्चारकर्मी माझ चर्चा गरिएको हो ।
साहित्यकार प्रकट पंगेनीको निधन
नेपाली साहित्य क्षेत्रमा ‘प्रकट दाइ’ का रूपमा परिचित साहित्यकार प्रकट पङ्गेनी ‘शिव’को मंगलबार दिउँसो निधन भएको छ। पङ्गेनीको उपचारका क्रममा पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो।
विश्व कला दिवस : कला बजारकै चिन्ता
पाका चित्रकार किरण मानन्धरले कला क्षेत्रबाटै नाम कमाउनुभयो । आफ्नो परिचय स्थापित गर्नुभयो । अनि दाम नि ? यो प्रश्न उहाँलाई सधैको ‘जोक’ जस्तै लाग्छ रे । उहाँ यसको एउटै उत्तर दिने गर्नुहुन्छ, “कला अमूल्य छ ।”
हिमालको अवस्था चित्रकलामा
नेपालको पहिचान, पर्यटन र स्वच्छ खानेपानीको स्रोत हिमालको अवस्थाबारे जनचेतनामूलक ‘हिमालयको रहस्य र सिर्जनावृत्ति’ नामक चित्रकला प्रदर्शनी गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) द्वारा सो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले हिमालसँग नेपालको पहिचान नै जोडिएको चर्चा गर्दै स्वच्छ पानीको स्रोत हिमालमा जलवायु परिवर्तनको असरले हिउँ छिटो पग्लने, हिउँ नै कम पर्ने समस्या बढेका सन्देश प्रदर्शनीमा राखिएका चित्रहरूले दिएको बताउनुभयो ।
हिमालयको रहस्य कला प्रदर्शनी (फोटो फिचर)
हिमालयको रहस्य र सिर्जनावृत्ति कला प्रदर्शनी सुरु भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा काठमाडौंको नस्सालमा “हिमालयको रहस्य–सिर्जनावृति”शीर्षकमा प्रदर्शनी सुरु भएको हो।
सामूहिक कला प्रदर्शनी
लाजिम्पाटस्थित अरुपण आर्ट ग्यालरी स्थापनाको १२ औँ वर्ष प्रवेशको अवसरमा सामूहिक कला प्रदर्शनीको आयोजना गरिएको छ । कलाकार रमेश खनालले आफूले चित्र कोर्ने माध्यमलाई अझ सशक्त बनाउन सो आर्ट ग्यालरी स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले स्थापनाकालदेखि हालसम्म निरन्तर निःशुल्क चित्रकलाको प्रशिक्षण दिइरहेको पनि जानकारी दिनुभयो ।
त्रिपाठी र बन्धुलाई वाङ्मय पुरस्कार
साहित्यकार वासुदेव त्रिपाठी र चूडामणि बन्धुलाई मनिराज वाङ्मय पुरस्कार प्रदान गरिएको छ । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान कैलालीले उहाँहरूलाई उक्त पुरस्कार प्रदान गरेको हो । सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले धनगढीमा आयोजित एक कार्यक्रमका बिच सो पुरस्कार प्रदान गर्नुभयो ।
स्मिताको नयाँ गीत सार्वजनिक
गायिका स्मिता दाहाल र भारतीय गायक दिव्य कुमारको स्वरमा रहेको नयाँ गीत लुकाउने ठाउँ छैन ‘जाली रुमाल’ आज सार्वजनिक भएको छ । सरोज ओलीको शब्द, दीपक शर्माको सङ्गीत र रिकेश गुरुङले संयोजन गर्नुभएको गीतको श्रव्यदृश्यको निर्देशन गम्भीर विष्टले गर्नुभएको छ ।
तीन कृति लोकार्पित
वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःकृत ‘संस्कृतिका आयाम’ निबन्ध सङ्ग्रह नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति गङ्गाप्रसाद उप्रेतीकृत ‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरू’ निबन्ध सङ्ग्रह र जितेन्द्र रसिक कृत ‘युगको तेज’ (वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःको जीवनी) सहित तीन साहित्यिक कृतिको लोकार्पण गरिएको छ ।
नयाँ वर्षमा नेपाली चलचित्रलाई दर्शकको साथ
नयाँ वर्षलाई लक्षित गरी हलहरुमा तीन नेपाली चलचित्र प्रदर्शनमा छन् । २०८० सालको अन्तिम दिन शुक्रबारदेखि रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’, फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ र चौथो सातामा ‘महाजात्रा’ प्रदर्शन भइरहेको छ ।
‘स्रष्टा चैत्र ३०’ सम्मान पौडेल र मालीलाई
लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्दै ‘स्रष्टा चैत्र ३०’ अभियानले २०८० सालको सम्मान साहित्यकारद्वय ज्ञानुवाकर पौडेल र लक्ष्मी मालीलाई प्रदान गरेको छ ।
लेखान्तर (कथा)
रत्न दाइ गरिब थिए तर खुसी नै थिए । वास्तवमा मानिस गरिबीले दुःखी हुने होइन । दुःखी हुने कारक अरू अनेकौँ छन् । खानै नपाएर कुन चाहिँ जनावर मरेको छ र पृथ्वीमा ! रत्न दाइका तीन छोरा स्कुल पढ्दैथे । तामाका मुना जस्ता सलक्क हुर्कंदै गरेका । रत्ना भाउजू बिहान बेलुकी गाईलाई घाँस काट्थिन् । उनीहरू लगभग दिनको दुई पाथी दुध बेच्थे । त्यो भेगका प्रायः घरमा सबैले दुध बेच्छन् ।
‘चिठीपत्र’ माथि एक दृष्टि
नेपाली साहित्यमा आख्यान र निबन्धको फाँटमा सुपरिचित डा. तुलसी भट्टराई एक अविश्रान्त स्रष्टा र कर्मठ राजनीतिक व्यक्तित्वको नाम हो । ऊ पनि त मान्छे हो उपन्यासबाट साहित्य जगत्मा सादृश्य प्रवेश गरेका डा. भट्टराईका दर्जनौँ साहित्यिक कृति, विभिन्न पत्रपत्रिकामा सयौँ फुटकर रचना र समीक्षा प्रकाशित छन् । साहित्यिक पत्रकार पनि रहेका भट्टराईको सम्पादनमा विभिन्न पुस्तकका साथै राजनीतिक तथा साहित्यिक पत्रपत्रिका पनि प्रकाशित छन् । हिन्दीका केही कृतिलाई नेपालीमा रूपान्तर ग
अन्तर्मनको आँधी
आँधीले सारा उडाएर लग्यो । मनको बेचैनी आँधीको मध्यभागमा पसेको भुमरी जस्तै बेप्रवाह घुमिरहेको छ । आँखाअगाडि बसिरहेको दृश्य क्षणभरमा परिवर्तन भयो । खरले छाएका गोठहरू नाङ्गा देखिए । विद्यालय र केही कहलिएका धनीको टिनको छानो धुवाँको पिरो राग खेप्न छोडेर खरबारीमा पुगेर विश्राम गरे । बाँसको झ्याङमा बसिरहेका चराहरू अलप भए । निहुरिएर शोभा प्रकट गर्ने बाँस पड्किएर भाटामा रूपान्तरण भएर भुइँमा थुप्रिए । धरामा रहेको धुलो र आकाशमा देखिएको कालो बादल नदीको वेगले कटान गरेको बगर जस्तै सफा देखिए । आँधीको वेगमा रमाइरहेका धुलोका कण, रुखका पात, ढोड, पराल र प्लास्टिकका झोलाहरू आफ्नो नृत्य सकेर शान्त देखिए । केही फुर्फुर गर्दै छन् अझै पनि उद्वेलित भएर, मेरो मनको बेचैनी जस्तै ।
२२ जनालाई नइ पुरस्कारद्धारा पुरस्कृत
नइ प्रकाशनले आज राजधानी काठमाडौँमा देश देशान्तरका बाइस जना प्रतिभालाई २०७९ सालको नइ पुरस्कार प्रदान गरेको छ ।
‘नइ पुरस्कार’ प्रदान
नइ प्रकाशनले प्रसुति विशेषज्ञ प्राडा सरस्वती पाध्येलाई ‘नइ भावि पुरस्कार’ एक लाख रुपियाँसहित ताम्रपत्र प्रदान गरेको छ । त्यसैगरी भारतीय नेपाली प्राज्ञ नव सापकोटालाई दुई लाख रुपियाँ राशी सहित ‘नइ देरुनीख अन्तराष्ट्रिय पुरस्कार’, भारतीय साहित्यकार स्नेहलता राईलाई ‘नइ गणेश दुर्गा अन्तराष्ट्रिय पुरस्कार’, पुर्व राजदुत डा. भेषबहादुर थापालाई ‘नइ कीर्तिनिधि पुरस्कार’, शिक्षाविद् प्रा जर्ज जोनलाई ‘नइ भूपालदुर्गा पुरस्कार’, मोहनबहादुर शाहीलाई ‘नइ भाजपा पुरस्कार’ प्रदान गरियो ।
अष्टवक्र गीताको चौथो संस्करण प्रकाशन
प्राध्यापक शिवगोपाल रिसालद्वारा अनुवादित अष्टवक्र गीताको चौथो संस्करण सार्वजनिक भएको छ। प्राध्यापक रिसालको ८८ औं जन्मोत्सवको अवसर पारेर उहाँको यो ८८ औं कृति सार्वजनिक भएको छ।
साहित्यकार खनालको 'भाव सङ्गम' सार्वजनिक
साहित्यकार भावना खनालको ‘भाव सङ्गम’ कविता सङ्ग्रह सार्वजनिक गरिएको छ ।
कला गतिविधिले जगाएको उत्साह
पछिल्लो समय समाजलाई जस्ताको तस्तै रङ्गमार्फत उतार्ने तथा सांस्कृतिक आदानप्रदान गर्ने दरिलो माध्यमका रूपमा स्थापित हुँदै गएको छ, चित्रकला । चित्रकारले मनमस्तिष्कले सोच्न नसकेका विषयलाई चित्रमा सुन्दर आकार दिने गर्छन् । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केली नेपालमा अहिले चित्रकलाले व्यावसायिक गति लिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “अहिले चित्रकला विस्तार भइरहेको छ । विभिन्न क्याफेमा कला प्रदर्शनी हुन्छ । यसबाहेक अपार्टमेन्ट र हाउजिङहरूमा पनि कला सजिन थालेका छन् । यसले कलाको महत्व झन् बढेर गएको छ ।”
विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा आयोजित समारोहमा ११ जना विशिष्ट स्रष्टाहरू पुरस्कृत हुनुभएको छ । उहाँहरूलाई जनही एक लाख नगद राशिको प्रज्ञा पुरस्कार २०८० अर्पण गरिएको हो ।
आरभबन्धुको एकल चित्रकला प्रदर्शनी
चेल्सी वर्ल्ड स्कुलमा अध्ययनरत छ वर्षीय आरभबन्धु थापाले काठमाडौँमा एकल चित्रकला प्रदर्शनी गर्नुभएको छ । काठमाडौँको नयाँ बानेश्वरस्थित उमोजा क्याफेमा उहाँको एकल चित्रकला प्रदर्शन भएको हो । प्रदर्शनीमा उहाँले बनाएका २५ चित्रकला राखिएको छ । उहाँले कोर्नुभएका चित्रमा तिब्बतको कैलाश पर्वतदेखि उपत्यकाका मठमन्दिर, दरबार क्षेत्र र विभिन्न जात्रा समेटिएका छन् । प्रदर्शनीमा उपत्यकाका तीनै सहर काठमाडौँ, भक्तपुर र ललितपुरका सम्पदाको चित्र रहेका छन् ।
पुस्तक समीक्षा: ‘वसन्त रितु’ मा सबै जाति र भाषा फलाउने-फुलाउने सन्देश
गत महिना डा.पुरण राईले एकै चोटि आफ्ना पाँच कृति प्रकाशनमा ल्याउनुभयो र फागुन १३ गते सबैको एकै पटक विमोचन पनि गराउनुभयो ।