• २१ असार २०८१, शुक्रबार

ललितकलामा विपत् प्रदर्शनी

blog

काठमाडौँ, असार १९ गते । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजनामा मङ्गलबारबाट ‘विपत् जोखिम न्यूनीकरण प्रदर्शनी’ सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका उपकुलपति लालकाजी लामा र राष्ट्रिय विपत् न्यूनीकरणका कार्यकारी प्रमुख अनिल पोखरेललगायतले संयुक्त रूपमा प्रदर्शनीको उद्घाटन गर्नुभएको हो । 

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग र नेपाल कार्र्टुनिस्ट क्लबको सहकार्य सुरु भएको प्रदर्शनीमा २१ जना कलाकार २७ वटा कार्टुन तथा दृश्यकला प्रदर्शनीमा छन् । कार्यक्रममा उपकुलपति लालकाजी लामाले दृश्यकलाका माध्यमबाट समाजका विविध विषयलाई रूपान्तरणसँग जोडेर लैजानुपर्ने चर्चा गर्दै विपत् न्यूनीकरणसम्बन्धी सन्देश तल्लो तहसम्म लैजान जरुरी भएको बताउनुभयो । 

राष्ट्रिय विपत् न्यूनीकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्रदर्शनीमा राखिएका कलाले जोखिमका बारे उजागर गरेको र प्रदर्शनी अत्यन्तै प्रभावकारी भएको बताउनुभयो । 

सहसचिव भीष्मकुमार भुसालले कार्टुन र चित्रले हजारौँ पृष्ठले बोल्न नसकेका कुरा बोल्ने चर्चा गर्दै यसको सम्बन्धित क्षेत्रमा ज्ञान पु¥याउन सके अझ महìवपूर्ण हुने बताउनुभयो । प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले प्रकोपलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनी कलाकारले रङ र कुचीका माध्यमबाट सचेतना जगाउने काम गरेको बताउनुभयो । 

उहाँले कलामार्फत मानव तथा प्रकृतिलाई बचाउन के कस्तो भूमिका खेल्न सकिन्छ र यसलाई सामाजिक जागरणको अभियानमा कसरी लैजान सकिन्छ भनेर सोच्नुपर्ने धारणा व्यक्त गर्नुभयो । प्रतिष्ठानका वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला विभाग प्रमुख तथा कार्यक्रम संयोजक सौरगङ्गा दर्शनधारीले चित्रकारको चित्र आएर नै यो कार्यक्रम सफल भएको बताउनुभयो ।