• १७ असार २०८१, सोमबार

‘राष्ट्र निर्माणमा सबै एकजुट हुनुपर्छ’

blog

नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल । फाइल तस्बिर

काठमाडौँ, असार १५ गते । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राष्ट्र निर्माणमा सबै एकजुट हुनुपर्ने बताउनुभएको छ । बालचन्द्र स्मृति सभा परिवार जनविचार पब्लिकेसनद्वारा शुक्रबार आयोजित प्रा. घटराज भट्टराईद्वारा लिखित पुस्तक ‘बालचन्द्र शर्मा व्यक्तित्व र सम्भावना’ परिमार्जित संस्करण लोकार्पण कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले देश निर्माण, अखण्डता र राष्ट्रिय स्वाभिमानका लागि निर्णायक शक्ति बन्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी जुनसुकै राजनीतिक पक्षका व्यक्ति भएपनि राष्ट्र निर्माणमा हाम्रो एकमत हुनुपर्छ, देश निर्माणमा हाम्रो ध्यान जानुपर्छ ।” वरिष्ठ उपाध्यक्ष पोखरेलले बालचन्द्र शर्मा देशका लागि आवश्यक व्यक्ति भएको र नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँको योगदान अतुलनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बालचन्द्र शर्मालाई वैदेशिक हस्तक्षेपको असहमति, राष्ट्रिय भावनाको समृद्धिको पक्षमा उभिने नेताका रूपमा मैले चिनेको छु ।” कार्यक्रममा पत्रकार टङ्क पन्तलगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो । रासस