च्याउ खेतीको आकर्षण : लगानी थोरै, आम्दानी धेरै
पूर्बी नवलपरासीमा व्यावसायिक च्याउ खेतीतर्फ कृषकको आर्कषण बढ्दो छ । च्याउ खेती गर्ने कृषक मेहनत गरेमा आफ्नै ठाउँमा मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बन्नेगरेका छन् ।
धानखेत मास्दै ड्रयागन खेतीतर्फ कृषक आकर्षित
मोरङका पथरी शनिश्चरे र सुनवर्सी नगरपालिकाका किसानहरु धानखेत मास्दै सिउँडी प्रजातिको फल (ड्रयागन फ्रुट) लगाउन थालेका छन् ।
मुस्ताङको स्याउ असोजअघि टिप्न नपाइने
स्याउ चाँडै टिपेर बजार पठाउँदा मुस्ताङको स्याउको गुणस्तर र स्वाद नहुने भएकाले असोज लागेपछि मात्रै स्याउ बजार पठाउने निर्णय भएको जिल्ला समन्वय समिति मुस्ताङका उपप्रमुख आइतलाल थकालीले बताउनुभयो ।
नार्कको पाँच सय हेक्टर जमिन बाँझो
देशको कृषि तथा पशुपन्छीलगायत क्षेत्रमा अध्ययन, अनुसन्धान गर्दै आएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत रहेको जमिनमध्ये पाँच सय हेक्टर जमिन बाँझो भेटिएको छ । नार्कसँग अनुसन्धान गर्न देशैभर करिब १२ सय हेक्टर जमिन रहेको छ, त्यसमध्ये पाँच सय हेक्टर जमिन बाँझो भएको नार्कले जनाएको छ ।
रोग लागेपछि उत्तरी मोरङमा घट्यो अलैँची उत्पादन
उत्तरी मोरङका किसानलाई यतिबेला अलैँची भित्र्याउने चटारो छ । गत वर्षभन्दा यो वर्ष दोब्बर मूल्य बढे पनि उत्पादन स्थिर रहँदा किसानको मुहार खासै उज्यालो छैन ।
बाँदरले हैरान पारेपछि तनहुँमा घाँस खेती प्रवर्द्धन कार्यक्रम
कृषकले दुःख गरेर लगाएको खेती भित्र्याउन नपाउँदै बाँदरले खाने तथा नष्ट गरिदिने गरेपछि हैरानी भएर जमिन बाँझो राख्ने क्रम बढेपछि तनहुँमा पशुपालनमा प्रोत्साहन गर्न थालिएको छ ।
हाटबजारमा मही सेवन गर्ने अभियान
रैथाने हाटबजारमा निःशुल्क मही सेवन गराउन नेपाल डेरी एसोसिएसन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रालिबिच सम्झौता भएको छ । प्रमुख अतिथि पूर्वसंस्कृति तथा पर्यटन प्रदेशमन्त्री याङ्किला शेर्पाको उपस्थितिमा भएको कार्यक्रममा एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल र रैथाने एग्रीका अध्यक्ष तिलक ढकालबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
किसानको भुक्तानी गर्न डेरी उद्योगीलाई पत्र
राष्ट्रिय दुध विकास बोर्डले प्रत्येक १५–१५ दिनमा किसानलाई भुक्तानी गर्न आग्रह गर्दै सरोकारवालालाई पत्र पठाएको छ । किसानबाट दुध खरिद गरेका डेरी उद्योगीले समयमा भुक्तानी नगरेको गुनासो आएपछि बोर्डले त्यस्तो निर्देशन दिएको हो । बोर्डले दुग्ध विकास संस्थान (डिडिसी), डेरी उद्योगीको साझा सङ्गठन नेपाल डेरी एसोसिएसन र नेपाली डेरी उद्योग सङ्घलाई पत्र पठाएको हो । डिडिसीले किसानलाई तीन महिनादेखि भुक्तानी दिएको छैन । करिब ५० करोड रुपियाँ भुक्तानी गर्न बाँकी छ । बोर्डले डिडिसीलाई तीन महिनाभन्दा बढी समयको भुक्तानी नगरेको सम्बन्धमा यथासम्भव चाँडो भुक्तानी गर्न बोर्डले आग्रह गरेको छ ।
आलु विकास केन्द्रमा आलुको बीउ तयार
इलामको उत्तर पूर्वी सिमाना जौवारिमा रहेको आलु विकास केन्द्रले नयाँ आलु खन्न थालेको छ । अहिले खन्न थालिएको आलुलाई केन्द्रले बीउका रूपमा किसानहरूलाई उपलब्ध गराउने गरेको छ ।
‘पानामा’ रोगबारे अध्ययन गर्न कार्यदल गठन
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालमा पहिलो पटक देखा परेको ‘पानामा’ रोग (टिआर–४) बारेमा थप अध्ययन गर्नका लागि छ सदस्यीय एक कार्यदल गठन गरेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतका राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्रका वैज्ञानिक डा. रामबहादुर खड्काको संयोजकत्वमा छ सदस्यीय कार्यदल गठन भएको कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसीले बताउनुभयो । कार्यदलले यो रोगबाट बच्नका लागि के कस्ता उपाय अपनाउनु पर्छ, त्यसबारेमा पालिका, कृषि ज्ञान केन्द्र तथा किसानलाई जानकारी दिने जानकारीमूलक सन्देश तयार गर्ने छ ।
ताप्लेजुङमा ९८ प्रतिशत रोपाइँ
हिमाली जिल्ला ताप्लेजुङमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ भएको छ । जिल्लास्थित कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार धान खेती लगाउने मौसम सकिँदा अर्थात् साउन मसान्तसम्ममा ९८ प्रतिशत रोपाइँ भएको हो ।
धनकुटामा पनि घोङ्घी उत्पादन सुरु
अन्तर्राष्ट्रिय जगतमा सिफुड र तराईमा थारु समुदायको सांस्कृतिक खानपानको रुपमा पहिचान बनाएको परिकार घोङ्घी अब धनकुटामै व्यावसायिक उत्पादन सुरु भएको छ ।
डुडुवा गाउँपालिकाले ९० टन बीउ उत्पादन गर्दै
बाँकेका किसानले बीउका लागि सधैं समस्या भोग्नु परेकाले सो समस्या समाधानका लागि जिल्लाको एक पालिकाले यस आर्थिक वर्षमा ९० टन धानको बीउ उत्पादन गर्नेभएको छ ।
केरामा फेला पर्यो ‘पानामा टीआरफोर’ रोग
केरा ओइलाउने (पानामा) रोगको नयाँ प्रजाति ट्रोपिकल रेस ४ (टीआरफोर) पहिलो पटक नेपालमा फेला परेको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायले गरेको अनुसन्धानले टीकापुरका केरा बगैँचामा पानामा टीआरफोर रोग लागेको फेला परेको हो ।
व्यावसायिक सुन्तला खेतीतर्फ बढ्दो आकर्षण
पूर्वी नवलपरासीमा पछिल्लो समय सुन्तला खेतीतर्फको आकर्षण बढ्न थालेको छ । पराम्परागत कृषि खेतीभन्दा राम्रो आम्दानी हुने भएपछि व्यवसायिक रुपमा सुन्तला खेतीतर्फको आर्कषण बढ्न थालेको हो ।
केरामा फेला पर्यो ‘पानामा’ रोग
नेपालमा पहिलो पटक केरामा ‘पानामा’ रोग (टिआर–४) फेला परेको हो । केराका लागि यो रोगलाई निकै खतरनाक मानिन्छ । यसअघि टिआर–१ मात्र फेला परेको थियो तर पहिलो पटक कैलालीको टीकापुर क्षेत्रमा यो रोग फेला परेको पुष्टि भएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जानकारी गराएको छ ।
याल्वाङमा पहिलो पटक फल्यो खुर्सानी
उत्तरी नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा खुर्सानी फलेको छ । तीन जना किसानले परीक्षणका रूपमा रोपेको खुर्सानी लटरम्मै फलेको छ ।
खडेरीले हजारौँ हेक्टरमा लगाइएको धान नष्ट
कृषिमन्त्री महिन्दा अमरावीराले धानका बिरुवा खेतमा नै नष्ट भएका बताएउँदै देशमा चामलको पर्याप्त मौज्दात रहेकाले स्थानीय बजारमा चामलको अभाव नहुने बताउनुभएको छ ।
विपन्न परिवारलाई कुखुरापालन सामग्री वितरण
बाँके युनेस्को क्लबसँगको साझेदारीमा च्यारेटीले जिल्लाका खजुरा र राप्तीसोनारी गाउँपालिकाका अति विपन्न २१ परिवारलाई आयआर्जनका लागि चल्ला, दाना, भाडा वर्तन, खोर निर्माणका लागि जस्तापाता लगायतको सहयोग प्रदान गरेको हो ।
किसानलाई अनुदानमा मिनिमिल र हाते ट्याक्टर
फिदिम नगरपालिकाले किसानलाई ठुलो परिमाणमा मिनिमिल र हाते ट्याक्टर वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा मिल र हाते ट्याक्टर वितरण गरेको हो ।
फक्ताङ्लुङका किसानलाई कृषि तालिम
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाका किसानलाई विदेशी प्रशिक्षकले कृषिसम्बन्धी तालिम दिन सुरु गरेको छ ।
धान रोपाइँ ९४ प्रतिशत सबभन्दा कम मधेश प्रदेशमा
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्क अनुसार यस पटक ९२ प्रतिशत रोपाइँ मात्र भएको छ । सात वटा प्रदेशमध्ये सबभन्दा कम रोपाइँ मधेश प्रदेशमा भएको छ । अन्नको भण्डार मानिएको मधेश प्रदेशमा यस वर्ष ८२ प्रतिशत रोपाइँ मात्र भएको छ । गत वर्ष साउन २८ सम्म ९३ प्रतिशत रोपाइँ भएको थियो । मधेशमा चार लाख एक हजार ६५० हेक्टरमा खेती हुन्छ, त्यसमध्ये तीन लाख ३१ हजार १६५ हेक्टरमा मात्र रोपाइँ भएको छ । अर्थात् ७० हजार ४८५ हेक्टर क्षेत्रफलमा कम रोपाइँ भएको कृषि मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।
तरकारीको भाउ ७४ प्रतिशतसम्म महँगियो
चाडपर्व नजिकिएसँगै उपत्यकाका बजारमा दैनिक उपभोग्य तरकारीको भाउ महँगिएको छ । पछिल्लो २०/२२ दिनको बिचमा हरियो तरकारीको भाउ ७४ प्रतिशतसम्म महँगिएको हो । पछिल्ला दिनमा अधिकांश तरकारीको भाउ थोकमै महँगिएको छ । खुद्रा बजारमा त झन् मूल्य छोइसक्नु नै छैन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गएको साउन १६ गते प्रतिकेजी २८ रुपियाँमा थोकमा कारोबार भएको घिउसिमी भदौ ४ गते आइपुग्दा बढेर ११० रुपियाँ वा ७४ प्रतिशत बढेको छ । खुद्रामा घिउसिमीको मूल्य अहिले बढेर २२० रुपियाँमा किनबेच भइरहेको छ ।
अनुदानको मल बिक्री गर्नेलाई दुई लाख जरिवाना
सरकारले किसानलाई अनुदानमा दिएको रासायनिक मल विनाअनुमति बिक्री गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय इलामले सदरमुकाममा रहेको एक पसललाई दुई लाख रुपियाँ जरिवाना गरेको छ ।