कृषिमा चौहत्तर हजार स्थायी कामदार
कृषिमा ७४ हजार पाँच सय स्थायी कामदार रहेका छन् । ती कामदारलाई ३९ हजार कृषक परिवारले स्थायी रूपमा राखेको कृषिगणना २०७८ ले जनाएको छ । कृषिगणना २०६८ मा पनि ३९ हजार कृषक परिवारले स्थायी कामदार राखेका थिए । त्यति बेला स्थायी कामदार ७२ हजार तीन सय थिए । त्यसमध्ये २८ प्रतिशत महिला थिए ।
बाजुराको चिनोबाली लोप हुने अवस्थामा
बाजुराका विभिन्न ठाउँमा फलाइने पछिल्लो समय चिनोबाली लोप हुँदैगएको छ । बाजुराको हिमाली, स्वामिकार्तिक, जगन्नाथ, बुढीनन्दा, बडिमालिका, बुढीगङ्गा त्रिवेणी गौमुल, खप्तड छेडेदहलगायतका केही ठाउँमा चिनो खेती लगाइने गरिन्छ ।
हात्तीबाट धानबाली जोगाउन खेतमै जाग्राम
कैलालीको कैलारी गाउँपालिका–७ भुइयाँफाँटामा जङ्गली हात्तीले धानबालीमा क्षति गर्न थालेपछि किसान खेतमै जाग्राम बस्न थालेका छन् ।
बङ्गुरको नश्ल सुधार गर्दै शिवराज नगरपालिका
कपिलवस्तुको शिवराज नगरपालिकाले बङ्गुरको नश्ल सुधार गर्ने भएको छ । पालिकाका बङ्गुरपालक कृषकको उत्पादन वृद्धि गर्न पशु विकास शाखाले उन्नत जातको पाठापाठी वितरण गरेको छ ।
धानबालीमा गबारो कीराको प्रकोप
गबारोे कीराका कारण धान खेतमै सुक्न थालेपछि किसान चिन्तित भएका छन्।
हावाहुरीले मकैबालीमा दश करोडभन्दा बढीको क्षति
गत आइतबार आएको हावाहुरीसहितको पानीले रुकुम पश्चिमका विभिन्न स्थानमा लगाइएको मकैबालीमा दश करोडभन्दा बढी क्षति भएको छ । कृषि विकास कार्यालयले तीन दिन लगाएर सङ्कलन गरेको क्षतिको विवरण अनुसार जिल्लाभर १० करोड २९ लाख ३९ हजार ३७५ रुपियाँ बराबरको क्षति भएको जनाएको छ ।
गौरीफन्टा नाका पुनः सञ्चालनमा ल्याउन संसदीय समितिको निर्देशन
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले तरकारीको विषादी परीक्षण गर्दै आएको गौरीफन्टा नाका पुनः सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
नेपालमा ६२ प्रतिशत कृषक परिवार
कृषिगणना अनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो कृषिगणनाले यस्तो कृषक परिवारको प्रतिशत ७१ देखिएको थियो ।
लोप हुँदै चिनो बाली
बाजुराका विभिन्न ठाउँबाट पछिल्लो समय चिनो बाली लोप हुँदै गएको छ ।
नेपालले कोदो उत्पादन बढाउनुपर्छ: कृषि मन्त्री भुसाल
कृषि तथा पशुपक्षी विकास मन्त्री डा. वेदुराम भुसालले नेपालले कोदो उत्पादन बढाउनुपर्ने बताउनुभएको छ ।
सरकारसँग एक लाख ७० हजार क्विन्टल बढी खाद्यान्न मौज्दात
सरकारले एक लाख ७० हजार क्विन्टलभन्दा बढी खाद्यान्न मौज्दात रहेको जनाएको छ । सरकारले कुल खाद्यान्न मौज्दात एक लाख ७० हजार ८०२ क्विन्टल खाद्यान्न मौज्दात रहेको जानकारी गराएको छ ।
हावाहुरीले मकैबाली नष्ट
हावाहुरीको कारण भित्र्याउने अवस्थामा रहेको मकैखेती नष्ट भएको हो ।
'टी टेस्टिङ' अनुसन्धान केन्द्र निर्माण
विदेशी चिया पारखीलाई लक्षित गरी सूर्योदय नगरपालिका र कोशी प्रदेश सरकारको लागानीमा कन्याममा 'टी टेस्टिङ्' सहितको अनुसन्धान केन्द्र निर्माण कार्य सम्पन्न भएको हो ।
गबारो र फौजी कीराले धानबाली सखाप
झापाको अर्जुनधारा नगरपालिकाका तीनवटा वडामा धानबालीमा गबारो र फौजी कीराको समस्या देखापरेको छ । रोग फैलिन थालेपछि किसान चिन्तित भएका छन् ।
कृषिमन्त्रीको पाँच महिना : मल आयातदेखि चैतेधान उत्पादन वृद्धिसम्म
कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले मन्त्रालय सम्हालेको पाँच महिना पुगेको अवसरमा आफ्ना उपलब्धिहरू सार्वजनिक गर्नुभएको छ ।
चिया बगान र कारखाना बन्द गर्ने चिया श्रमिकको घोषणा
चिया श्रमिकहरुले भदौ १८ गतेदेखि सम्पूर्ण चिया बगान र कारखाना बन्द गर्ने भएका छन् ।
वार्षिक ३० हजार मेट्रिक टन विषादीको प्रयोग
खाद्यान्न र तरकारी बाली उत्पादनका लागि उर्वरभूमि मानिने सुनसरी जिल्लामा पछिल्लो समय तरकारी, धान, मकै, गहुँ लगायतका अन्न बालीमा विषादीको प्रयोग बढी हुनेगरेको छ ।
गाउँबाट लोप हुँदैछ स्थानीय घैया धान
केही वर्ष पहिलेसम्म तनहुँको अधिकांश पाखोबारीमा लगाइने घैया धान लोप हुने अवस्थामा पुगेको छ । घैया धानको खेती कृषकले गर्न छोडेपछि बीउ नै मासिएर लोप हुन लागेको हो ।
कृषकहरुले मुलामा पाए राम्रो मूल्य
एक महिना अघिसम्म मूल्य नपाएको गुनासो गर्दैआएका मकवानपुरको थाहा नगरपालिका ७ र ८ का किसानले अहिले मुलामा राम्रो मूल्य पाएपछि दंग परेका छन् ।
अलैँचीको बोट सुकेपछि लाखौं रुपियाँको क्षति
हिजोआज अलैँचीले राम्रो मुल्य पाएको खबर सुन्दा निस्दी गाउँपालिका –३ खादरका अगुवा कृषक तुलबहादुर बयम्बु झस्किनुहुन्छ । खडेरीअघि हरियो बोटसहित टमक्क भरिएको अलैँची उत्पादन लिने समयमा अहिले सुकेर असरल्ल छ ।
अलैंची खेतीतर्फ आकर्षित हुँदै किसान
गोलन्जोर गाउँपालिका –५ हिर्दिङ निवासी किसान डम्बरबहादुर बस्नेतले पाँच बर्षभन्दा बढी समयदेखि व्यावसायिक रुपमा अलैची खेती गर्दै आउनुभएको छ । यतिखेर उहाँको नौ रोपनी जमिन अलैची खेतीले ढाकेको छ ।
वडाले सिस्नो प्रशोधन गर्ने
दोलखाको तामाकोशी गाउँपालिका ४ मालुमा सिस्नो प्रशोधन गरिने भएको छ ।
दुई अर्ब ९३ करोडको तरकारी तथा फलफूल निकासी
धनकुटा जिल्लाबाट बितेको आर्थिक वर्षमा २ अर्ब ९३ करोड ३६ लाख ८४ हजार रुपियाँको तरकारी तथा फलफूल जिल्ला बाहिर निकासी भएको छ ।
नार्कको पुनर्संरचना गर्ने प्रतिवेदन तयार
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) लाई पुनर्संरचनाका लागि अध्ययन गर्न बनेको उपसमितिले आफ्नो प्रतिवेदन तयार गरेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालको उपस्थितिमा नार्कमा बुधबार आयोजित कार्यक्रममा उपसमितिका संयोजक डा. टेकबहादुर गुरुङले आफ्नो अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभयो । नार्कलाई कसरी सुधार गर्न सकिन्छ, त्यसलाई पुनर्संरचना गर्नका लागि के के गर्नु पर्छ, त्यसका बारेमा अध्ययन गर्नका लागि कृषिमन्त्री भुसालले तीन सदस्यीय उपसमिति गठन गर्नुभएको थियो ।