शिक्षण र बुटिक पेसापछि ‘ड्रागनफ्रुट’मा आकर्षित गौली
तनहुँको व्यास नगरपालिका–२ दमौली निवासी कल्पना गौलीले व्यावसायिक रूपमा सिउँडीफल (ड्रागनफ्रुट) खेती गर्नुभएको छ । उहाँले व्यास नगरपालिका–५ ढोडेनीमा सिउँडीफलको खेती गर्नुभएको हो ।
कृषि कर्म गर्न ढोरपाटनदेखि बागलुङ बजारसम्म
गाउँघरमा कृषि कर्म गर्यो सोचेजस्तो आम्दानी नहुने । दुःखजिलो गरेर तरकारी उत्पादन गर्यो, मूल्य नपाउँदा मन खिन्न हुने । लामो समय पाखोबारीमा परिश्रम गरेपनि सोचेअनुरुप प्रतिफल हात नलागेपछि कपिल-रिममाया बुढाथोकी दम्पत्ति सदरमुकाम बागलुङ बजार हानियो ।
उखु किसानले अनुदान रकम प्राप्त गर्न थाले
सरकारले उखु किसानलाई उत्पादन प्रोत्साहनस्वरुप दिने अनुदानबापतको करिब रु ७५ करोड रकम निकासा गरेकोे छ ।
तीन करोडभन्दा बढीको कृषि कार्यक्रम सार्वजनिक
कृषि विकास कार्यालय सिन्धुलीले यो वर्ष कृषकको जीवनस्तरमा सुधार ल्याउन तीन करोड रुपियाभन्दा बढीको विभिन्न कृषि कार्यक्रमहरु सञ्चालन गर्ने भएको छ ।
बाली जोगाउन रात भर जाग्राम
अछाम जिल्लाका विभिन्न स्थानका किसान बँदेलले बाली नष्ट पार्न थालेपछि बाली जोगाउन रात भर जाग्राम बस्न बाध्य भएका छन् । यहाँका किसानले लगाएको बाली जङ्गली बँदेलले सखाप पार्दा रात भर टहरामा जाग्राम बस्न थालेका हुन् ।
जालीले छोपेर जङ्गली धानको संरक्षण
कीट संरक्षण अभियन्ता पुरमल बस्नेत हिजोआज जम्ने खाल्डा, तलाउ तथा जलीय कुण्डतिर बढी भेटिनुहुन्छ ।
आउन थाल्यो मल
धान बालीको सिजन सकिन थालेपछि बजारमा रासायनिक मल भित्रिन थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को कोटामध्येको रासायनिक मल भित्रिन थालेको हो ।
भारतीय केराको आयात रोक्न माग
भारतीय केरा रोक्न माग गर्दे पश्चिम नवलपरासीका केरा खेती गर्ने किसानहरूले आज स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
धनकुटाबाट ८ करोड मूल्यभन्दा बढीको अलैंची निकासी
आर्थिक वर्ष २०८१-०८२ मा धनकुटाबाट ८ करोड ५० लाख मूल्य बराबरको अलैंची निकासी भएको छ ।
चालिस हजार मेट्रिक टन गहुँ आयात गर्न प्रस्ताव
सरकारले भारतबाट ४० हजार मेट्रिक गहुँ आयात गर्ने भएको छ । त्यसका लागि खाद्य तथा मैदा उद्योगलाई प्रस्ताव गर्न सूचना सार्वजनिक गरेको छ ।
धान बालीमा मरुवा रोग लागेपछि किसान चिन्तित
गोरखाको पालुङटार नगरपालिकाको ३ वडामा रोपिएको धान बालीमा मरुवा रोग लागेपछि किसानहरू चिन्तित भएका छन् ।
विदेशको मोह त्यागेर भैँसीपालनमा
गोदावरी नगरपालिका— २ तेघरीका सुरेन्द्रबहादुर साउदले विदेशबाट फर्केर भैँसीपालन व्यवसाय सुरु गर्नुभएको छ । उहाँ हिला नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो । अवकास पाएपछि साउदले पाँच वर्ष युनाइटेड अरब इमिरेट्स (युएई) मा काम गर्नुभयो । हाल उहाँ स्वदेशमै भैँसीपालन व्यवसायमा व्यस्त हुनुहुन्छ ।
बारीमा उत्पादित केराले बजार पाएन, कृषकहरू चिन्तित
पश्चिम नवलपरासीमा केरा खेती गर्दैआएका किसानहरू केराले बजार नपाउँदा चिन्तित भएका छन् । पाकेर तयार भएको केरा अहिले बोटमै कुहिन थाले पनि बिक्री भएको छैन । उखु खेतीबाट पलायन भएका किसानहरू केरा खेतीतर्फ आकर्षित भएपछि नवलपरासीको सुस्ता र प्रतापपुर गाउँपालिकामा केरा खेती गर्ने किसानको संख्या ह्वात्तै बढेको छ ।
रासायनिक मल अभावमा पहेंलिँदै धान
गुलरिया नगरपालिका–३ बस्ने बाबुराम यादव युरिया मलको खोजीमा निक्कै समय भौतारिनुभयो । कुनै सहकारीको शेयर सदस्य नभएकाले उहाँले धानमा हाल्न रासायनिक मल पाउनु भएन ।
ऋषिङमा २५ जना किसानद्वारा अकबरे खेती
जिल्लाको ऋषिङ गाउँपालिका-८, अर्चलेका किसानले सामूहिक रूपमा पहिलो पटक अकबरे खुर्सानी खेती थालेका छन् । अर्चले कृषक समूहमा आबद्ध भएका २५ जना किसानले २२ रोपनीमा व्यावसायिक खुर्सानीखेती गरेका हुन् ।
दशक लामो प्रयास, उपलब्धि कमजोर
पशुपन्छीको नस्ल सुधारका लागि नेपालमा करिब डेढ दशकदेखि प्रयास भए पनि अपेक्षित उपलब्धि भने न्यून रहेको छ ।
गुलियो उखुको तितो स्वाद लिएर फर्कंदै उखु किसान
छ दिनदेखि काठमाडौँको माइतीघर मण्डलामा उखुका लाँक्रा बोकेर आन्दोलनमा रहेका बाराका किसान हरिचन्द यादव रित्तो हात घर फिर्दै हुनुहुन्छ । उहाँ रिन काढेर खल्तीमा १० हजार रुपियाँ हालेर सरकारले दिने भनेको उखुको अनुदानबापतको ३५ हजार रुपियाँ लिन आउनुभएको थियो । उहाँ ३५ हजार लिएर होइन १० हजार पनि सकेर घर फिर्ने हुनुभएको हो ।
तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन
आलु प्रवर्धन आयोजना कार्यक्रमअन्तर्गत तनहुँमा ८६३ मेट्रिकटन आलु उत्पादन भएको छ । आर्थिक वर्ष २०८१/८२ मा १३ कृषक समूहमार्फत् एक हजार रोपनी क्षेत्रफलमा उक्त परिमाणमा आलु उत्पादन भएको हो ।