गुल्मीमा धान उत्पादनमा गिरावट
गुल्मीमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ । कृषि ज्ञान केन्द्र गुल्मीले गत वर्षभन्दा यस वर्ष ८ दशमलव ६१ प्रतिशतले धान उत्पादन घटेको अनुमान गरेको हो ।
समयमा धान उठाउन नसक्दा मोरङमा तोरी लगाउन सकस
मध्य कात्तिकसम्म परेको पानीले गर्दा यो वर्ष रवि लगाउने खेतहरू अझै सुकेका छैन । धान र तोरी उत्पादनका लागि अब्बल मानिएका खेत अझै नसुक्दा यो वर्ष किसानले तोरी लगाउन पाएका छैन ।
किसानको लागत उठ्नेगरी अण्डाको नयाँ मूल्य लागु
चिसो बढ्दै जाँदा अण्डाको खपत त बढेको छ नै, त्यसमाथि भारतीय सीमा क्षेत्रमा कडाइ भएपछि अवैध अण्डा रोकिएको कारण नेपाली अण्डाले राम्रो मूल्य पाउन थालेको छ । आजदेखि लागू हुनेगरी नेपाली अण्डाले किसानको लागत उठ्नेगरी नयाँ मूल्य पाएको सङ्घले जनाएको छ ।
‘टिपिएस’ विधिबाट आलुखेती
शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न किसान महादेव चौधरीले यस वर्ष पहिलोपटक टिपिएस (ट्रयु पोटेटो सिडस) विधिबाट आलुखेती गर्नुभएको छ ।
बर्दियामा दुई सय क्वीन्टल काला नमक धान उत्पादन
बर्दियामा दुई सय क्वीन्टलभन्दा बढी कालानमक धान उत्पादन भएको छ । ठाकुरबाबा नगरपालिकाले संरक्षण र प्रवर्धनको सुरुवात गरेको कालानमक धान यस वर्ष दुई सय क्वीन्टल उत्पादन भएको हो ।
गुल्मीमा सुन्तला उत्पादनमा कमी
गुल्मीमा गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । गत वर्ष सात हजार ३६८ मेट्रिक टन सुन्तला उत्पादन भएकोमा यस वर्ष पाँच हजार १७ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टिकाराम न्यौपानेले जानकारी दिनुभयो ।
गोरखामा सुन्तला खोज्दै व्यापारी बारीमा
सुन्तलाका लागि प्रख्यात जिल्ला भनेर चिनिएको गोरखामा सुन्तला पाक्ने मौसम सुरु भएसँगै खरीद बिक्रीमा सक्रियता बढेको छ ।
उखु किसानको माग पूरा गर्ने आश्वासनपछि आज त्रिपक्षीय छलफल हुँदै
उखु क्रसिङ सिजन सुरु हुने तयारीसँगै मुलुकभरका उखु उत्पादक कृषकहरूले अनुदान तथा समर्थन मूल्यका विषयमा सरकारसँग दबाब बढाउँदै आन्दोलनको घोषणा गरेका छन् ।
परम्परागत खेती छाडेर कामिनी पत्ता उत्पादनमा किसान
सिन्धुपाल्चोकका किसानहरु परम्परागत खेती छाडेर फुलखेतीअन्तर्गतका कामिनी पत्ता उत्पादनमा लाग्दै आएका छन् । कामिनी पत्ताको पात, हाँगा, फुल विवाह, ब्रतवन्ध, विभिन्न पार्टी, कार्यक्रममा सजावटका लागि प्रयोग गरिन्छ ।
अनुदानमा किसानलाई गहुँको बिउ
रौतहटको दुर्गा भगवती गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई गहुँको बिउ वितरण सुरु गरेको छ ।
व्यावसायिक तरकारीखेतीबाट वार्षिक १० लाख बचत गर्छन् महतो
सर्लाहीको लालबन्दीलगायत चुरे क्षेत्र तरकारी उत्पादनको उर्वर भूमिका रूपमा परिचित छ । यहाँ उत्पादन भएका तरकारी हरेक दिन काठमाडौँ, चितवन, हेटौँडा, विराटनगरलगायत देशका प्रमुख सहरहरूसम्म पुग्छन् ।
म्याग्दीमा धान उत्पादन बढ्यो
जिल्लामा प्रमुख खाद्यान्न बालीका रूपमा रहेको धानको उत्पादन यस वर्ष बढेको छ । गत वर्षको तुलनामा तीन दशमलव एक प्रतिशतले धान उत्पादन वृद्धि भएको कृषि विकास कार्यालयले जनाएको छ ।
परम्परागत खेती छाडेर व्यावसायिक सुन्तला खेतीमा
म्याग्दीको मङ्गला गाउँपालिका–४, अर्भल्याङका स्थानीयले परम्परागत अन्नबालीको विकल्पमा व्यावसायिक रूपमा सुन्तलाखेती विस्तार गरेका छन् ।
उखु किसानले मङ्सिर १४ गते राष्ट्रिय राजमार्ग केन्द्रित आन्दोलन गर्ने
नेपाल उखु उत्पादक महासङ्घले विगत वर्षको बक्यौता अनुदान रकम तत्काल भुक्तानी गर्न र यस वर्षको उखुको समर्थन मूल्य निर्धारण गर्न माग गर्दै राष्ट्रिय राजमार्ग केन्द्रित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छ ।
दाङमा यस वर्ष धानको उत्पादन बढ्यो
दाङमा यस वर्ष एक लाख ८६ हजार ५३ मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष तीन दशमलव ०६२ प्रतिशत बढी धान उत्पादन भएको हो ।
सुन्तला उत्पादक किसानलाई ढुवानीको समस्या
तनहुँको देवघाट गाउँपालिका–३ मा उत्पादन हुने सुन्तला गुणस्तरका दृष्टिले नेपालकै उत्कृष्ट मानिन्छ । छिपछिपे, बाटक, छापस्वाँरा, दगरा र लुङ्ग्रिङ क्षेत्रका बगैँचाबाट हरेक वर्ष करोडौँ मूल्य बराबरको सुन्तला उत्पादन हुने गर्दछ ।