गण्डकी प्रदेशमा ५० प्रतिशत रोपाइँ
गण्डकी प्रदेशमा करिब ५० प्रतिशत रोपाइँ भएको छ ।
टमाटरले बजार नपाउँदा कृषक चिन्तित
बाजुराको त्रिवेणी नगरपालिका–९ को भानासिलामा उत्पादन भएको टमाटरले समयमै बजार नपाउँदा बारीमा सड्न थालेपछि कृषक चिन्तित भएका छन् ।
एक अर्ब लगानीमा चिस्यान केन्द्र निर्माण गरिँदै
चितवनमा एक अर्ब लगानीमा चिस्यान केन्द्र निर्माण गरिँदै छ । उद्यमीद्वय उमेश श्रेष्ठ र मीनबहादुर गुरुङको लगानीमा चिस्यान केन्द्र निर्माण गर्न लागिएको हो । सो चिस्यान केन्द्रको आज यहाँ शिलान्यास गरिएको छ ।
किसानलाई ५० प्रतिशत अनुदानमा कृषि मोटर वितरण
सिँचाइ सुविधा नभएका क्षेत्रका किसानलाई कुलो र अन्य ठाउँबाट पानी तानेर सिँचाइ गर्ने उद्देश्यले बाँकेको राप्ती सोनारी गाउँपालिकाले २१६ जना किसानलाई अनुदानमा कृषि मोटर वितरण गरेको छ ।
बाजुरामा ८० प्रतिशत रोपाइँ सम्पन्न
बाजुरामा ८० प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लामा जेठ पहिलो हप्तादेखि धान रोपाइँ सुरु भए पनि लामो समयसम्म परेको खडेरीका कारण असार तेस्रो हप्तासम्म आइपुग्दा ८० प्रतिशत धान रोपाइँ भएको हो ।
दुध किसानले पाए सोह्र लाख अनुदान
जिल्लाका दुग्ध किसानले यस वर्ष दूधमा पाइने अनुदानमार्फत रु. १६ लाख ४२ हजार रकम भित्र्याएका छन् । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रले लिएको योजनामध्ये दुधमा अनुदान कार्यक्रम फलदायी भएको देखिएको छ ।
नेपालमा धान : उत्पादनमा वृद्धि हुँदै, आकर्षण घट्दै
साँझ बिहान नियमित चामलको भात खाने प्रचलन घट्दो रुपमा छ ।
अर्घाखाँचीमा ४५ प्रतिशत रोपाइँ
अर्घाखाँचीमा ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । मध्ये असारसम्म ४५ प्रतिशत रोपाइँ भएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीले जनाएको छ । जिल्लाको कुल २६ हजार खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत अर्थात् ७ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।
बाँकेमा २५ प्रतिशत रोपाइँ
बाँकेमा २५ प्रतिशत रोपाइँ भएको छ । पानीको अभावले असार १५ सम्म दुई प्रतिशत मात्र रोपाइँ भएको जिल्लामा केही दिनको निरन्तर वर्षाले २५ प्रतिशत रोपाइँ सफल भएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमद खाँले बताउनुभयो ।
सिन्धुलीमा पचास प्रतिशत रोपाइँ
सिन्धुलीमा पचास प्रतिशत धान रोपाइँ भएको छ ।
सिञ्जामा फस्टाउँदै मार्सी धानको खेती
यतिबेला जुम्लाका खेतहरू मार्सी धानले हरियो भएको छ । चैतको महिना बीउ राखेर असारमा गोडमेल गर्ने गरिन्छ । रैथाने बालीभित्र पर्ने मार्सी पौष्टिक, आर्थिक तत्त्वले समेत महत्त्वपूर्ण हुने भएकाले हुँदा जुम्लाका ज्युलोमा अहिले मार्सीलगाउने गरिएको छ ।
लोपोन्मुख जातिलाई तीन सय बाख्रा वितरण
बाँकेका लोपोन्मुख तथा अति पिछडिएका विभिन्न जातजातिका समुदायलाई आर्थिक समृद्धिका लागि आयआर्जन गर्ने उद्देश्यले बाख्रा वितरण गरिएको छ
मुलुकभर ३८ प्रतिशत रोपाइँ
समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यही असार २३ गतेसम्म सातै प्रदेशमा कूल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ ।
खेतका फाँट (फोटो फिचर)
जुम्ला पुग्नेहरूका लागि पहिलो पर्यटकीय गन्तव्य हो, तातोपानी गाउँ । तिला नदिको किनारमा रहेको तातोपानीको कुण्ड तथा धारोमा नुहाउन पुग्नेहरूको बाक्लै भिड लाग्छ ।
नवलपुरमा व्यावसायिक स्याउ खेती
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को मध्यविन्दु–३ ब्रह्मस्थानमा व्यावसायिक स्याउ खेती सुरु गरिएको छ ।
किसानलाई हल गोरु वितरण
भोजपुरको हतुवागढी गाउँपालिकाले किसानलाई प्रोत्साहन गर्न हल गोरु वितरण कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसअघि फैलिएको लम्की स्किन रोगका कारण गोरु मरेपछि किसानलाई प्रोत्साहन स्वरुप हल गोरु वितरणको कार्यक्रम ल्याएको हो ।
उत्कृष्ट कृषक सम्मानित
कृषि ज्ञान केन्द्र नवलपुरले जिल्लाका उत्कृष्ट चार जना कृषकलाई सम्मान गरेको छ । कृषि क्षेत्रका योगदान गरेका किसानलाई मूल्याङ्कनका आधारमा छनोट गरी सम्मानित गरिएको हो ।
धनकुटामा आठ प्रतिशत मात्रै रोपाइँ
धनकुटामा ८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । बेलैमा पर्याप्त वर्षा नभएका कारण धनकुटामा ढिलो गरी रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्र धनकुटाका केन्द्र प्रमुख नगेन्द्र रानामगरले बताउनुभयो ।
रासायनिक मलकाे अभाव नहुने
रासायनिक मलको अभाव नरहेको कृषि कम्पनी लिमिटेड शाखा लहानले जनाएको छ ।
माछा मरेपछि साठी लाख बराबरको क्षति
धनगढी उपमहानगरपालिका-१४ फूलबारीका व्यवसायी कलावती जोशीद्वारा सञ्चालित पोखरीमा रहेका माछा मरेका छन् । यसबाट झण्डै ६० लाख बराबरको क्षति भएको छ ।
धानको मूल्यमा बर्सेनि वृद्धि, किसानले पाउँदैनन् मूल्य
सरकारले धानको समर्थन मूल्यमा वृद्धि गरेको छ । मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले मध्यम धानको समर्थन मूल्य तीन हजार ५८० रुपियाँ ६२ पैसा र मोटा धानको न्यूनतम समर्थन मूल्य तीन हजार ४१० रुपियाँ ५१ पैसा प्रतिक्विन्टल तोकेको छ । गत वर्षभन्दा यस पटक मध्यम धानको प्रतिक्विन्टलमा २१८ रुपियाँ ६२ पैसा र मोटा धानको २१२ रुपियाँ ५१ पैसाले वृद्धि भएको छ । विगत पाँच वर्षदेखि धानको मूल्य लगातार वृद्धि हुँदै आइरहेको छ । सरकारले आर्थिक वर्ष २०७६/७७ मा माध्यम धानको मूल्य दुई हजार ६७३ रुपियाँ १६ पैसा र मोटा धानको दुई हजार ५३० रुपियाँ तोकिएको थियो । आव २०७७/७८ मा माध्यम धानको मूल्य दुई हजार ८८५ रुपियाँ र मोटा धानको दुई हजार ७३५ रुपियाँ तोकिएको थियो ।
प्याज उत्पादनले उत्साहित इलामका किसान
एक किसानले कति प्याज उत्पादन गर्छन् ? सामान्यतयाः गाउँ घरमा प्रयोग गर्नका लागि मात्र प्याज रोप्ने चलन छ । तर प्याजलाई व्यवसायिक ढङ्गले खेती ग¥यो भने त्यसबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने उदारण इलामका किसानले देखाएका छन् ।
अर्गानिक मल उत्पादनका लागि मेशिन प्रयोग
अर्गानिक मल उत्पादनलाई बढाउन इलाम नगरपालिकाले किसानलाई अर्गानिक मल बनाउने मेशिन हस्तान्तरण गरेको छ ।
पराम्परागत शैलीमा रोपाइँ गर्दै किसान
मानो रोपेर मुरी फलाउने असार महिनामा यतिखेर किसानहरु खेतमा व्यस्त देखिएका छन् । आकाशे पानी पर्याप्त नपरे पनि बोरिङ, कुलोको पानि सिँचाइ गरेर धान रोपाई सुरु गरेको कृषकहरुले बताएका छन् ।