विपन्न बस्तीमा ग्रामीण पोषण कार्यक्रम
लमजुङको चार वटा पालिकाको विपन्न बस्तीमा ग्रामीण पोषण सुरक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।
मकैमा फौजी किराको समस्या देखिएपछि किसान चिन्तित
मकैबालीमा फौजी किराको समस्या बढ्न थालेपछि यहाँका किसान चिन्तित भएका छन् । फौजी किराले मकैबालीमा क्षति गर्न थालेपछि किसान चिन्तामा परेका हुन् ।
माछा बेचेर वार्षिक डेढ करोड आम्दानी
चितवनको खैरहनी नगरपालिका–१२ चिसाहानीका हरि अर्यालले १३ वर्षअघि माछापालन सुरु गर्नुभयो । साथीभाइले माछापालन गरेको देखेर उहाँले पाँच कठ्ठा जमिनमा पोखरी खनेर माछापालन सुरु गर्नुभएको हो ।
चिया उत्पादनमा सुधार
निर्यात वस्तुमध्ये महत्वपूर्ण हिस्सा ओगटेको नेपाली अर्थोडक्स चियाले यस वर्ष अन्तर्राष्ट्रिय बजारमा राम्रो सम्भावना देखाएको छ । यो वर्ष पहिलो टिपाइ (फस्ट फ्लर्ट) को चियाको निर्यात पनि राम्रो भएको चिया उद्योगीले बताएका छन् ।
तरकारीमा आफूखुसी विषादी प्रयोग
व्यावसायिक रूपमा तरकारी उत्पादन गर्ने किसानले उत्पादन बढाउन आफूखुसी कीटनाशक विषादी प्रयोग गर्ने प्रवृत्ति बढ्न थालेको छ ।
जुम्ली मार्सीको नयाँ जात, स्वाद उस्तै
जुम्लामा उत्पादन हुने रैथाने जुम्ली मार्सीको नयाँ जात विकास गरिएको छ । कृषि अनुसन्धान केन्द्र विजयनगर जुम्लाले रैथाने मार्सी धानको अनुसन्धान गरेर नयाँ जातको धानको बिउ उत्पादन गरी किसानका बिचमा लैजान सुरु गरेको छ ।
बाढीपहिरोले धानको बेर्नामा क्षति
बाढीपहिरोले जुम्ला हिमा गाउँपालिका–१ देवारगाउँका १४ जना किसानका मार्सी धानका बेर्नामा क्षति पुर्याएको छ । मङ्गलबार बेलुका अविरल वर्षापछि आएको बाढीपहिरोले खेतमा राखिएको मार्सी धानको बेर्ना (बिउ) पूर्ण रुपमा क्षति पुर्याएको हो ।
उपमेयर क्षेत्रीको लोभलाग्दो काँक्राखेती, राजनीतिमा पनि सक्रिय
पर्वत, जेठ ९ गते । कुनै पनि राजनीतिक पदमा निर्वाचित भएपछि वा नियुक्त भएपछि कृषि या अन्य पेशालाई चटक्कै छाडेर भ्रष्टचार गरी आम्दानी गर्ने लोभतिर लागेको पाइन्छ तर यो उदाहरणको विपरीत निर्वाचित जनप्रतिनिधिसँगै जनताको काम सकेर कृषि पेसा अँगाल्ने उदाहारण पनि भेटिएको छ । पर्वतको फलेवास नगरपालिकाका उपप्रमुख शोभाकुमारी क्षेत्रीले राजनीति र जनप्रतिनिधिसँगै आफ्नो कृषि पेसालाई समेत निरन्तरता दिनुभएको छ । फलेवास नगरपालिका–१० कुर्घाकी क्षेत्रीले व्यावसायिक काँक्राखेती गर्दै आउनुभएको छ । उहाँको काँक्राखेती हरियो काँक्रा उपभोग गर्नका लागि नभई भक्तपुरे लोकल जातको काँक्राको मूल बीउ उत्पादनका लागि हो ।विगत दुई दशकदेखि व्यावसायिक कृषिमा होमिनुभएकी क्षेत्रीले तीन वर्षअघिसम्म व्यावसायिक गाईपालन गर्नुहुन्थ्यो । उहाँले १५ वटासम्म गाई पालेर दैनिक झण्डै एक सय लिटर दूध बिक्री गर्नुहुन्थ्यो । जब २०७९ सालको निर्वाचनमा फलेवास नगरपालिकाको उपप्रमुखमा विजयी हुनुभयो त्यसपछि व्यस्तताका कारण व्यावसायिक गाईपालन छाडेर व्यावसायिक काँक्राखेतीमा लाग्नुभएको हो । क्षेत्रीले २०५६ सालदेखि व्यावसायिक गाईपालन र तरकारीखेती गर्दै आउनुभएको हो । अहिले उहाँले सात रोपनी क्षेत्रफलमा व्यावसायिक काँक्राखेती गर्नुभएको छ । उहाँले हरेक वर्ष रू. पाँचदेखि सात लाखसम्म काँक्राको बीउ बिक्री गरेर आम्दानी गर्दै आउनुभएको छ । उपप्रमुख क्षेत्रीले नै काँक्राखेतीलाई निरन्तरता दिएपछि गाउँलेसमेत काँक्राको व्यावसायिक उत्पादनमा सक्रिय भएर लागेका छन् । उहाँको पेसामा श्रीमान् सोमबहादुरले साथ दिनुभएको छ । गत वर्ष केही कम आम्दानी भएकामा यस वर्ष अनुकूल हावापानी र मौसमले उत्पादन पनि बढेकाले काँक्राको आम्दानी पनि बढ्ने अनुमान सोमबहादुरले गर्नुभएको छ । “हाम्रो परिवारले मात्र रू. सात लाखसम्मको बीउ, बिक्री गर्छौँ, अरू व्यक्ति र समूहको गर्दा करोडौँको बीउ निर्यात गर्ने गरेका छौँ”, उपप्रमुख क्षेत्रीले भन्नुभयो, “जनताको सेवा गरेर बचेको समय कृषिकर्ममा लगाउने गरेकी छु” जनप्रतिनिधिको कर्मचारीजस्तो बिहान १०ः०० देखि साँझ ५ः०० बजेसम्मको कार्यसमय हुँदैन, साँझबिहान जतिबेला पनि जनताको सेवामा जानुपर्छ, कहिलेकाहीँ खाली रहेको समय तरकारी र गोठमा पालेका वस्तुभाउको स्याहारसुसारमा पनि लाग्ने गरेकी छु ।”कृषिकर्म गरेर कोही पनि सानो नहुने बताउँदै उपप्रमुख क्षेत्री जुन ठाउँमा जे उत्पादन हुन्छ त्यही पेसालाई व्यावसायिक रूपमा अँगाल्न आफूले सुझाव दिने गरेको बताउनुहुन्छ । उहाँले आफू उपप्रमुख भएपछि धेरैजसो कृषकमुखी कार्यक्रम नगरबाट ल्याउन सफल भएको दाबी गर्नुभयो । उहाँ तत्कालीन सत्ता गठबन्धन माओवादी केन्द्रबाट विजयी हुनुभएको हो । उहाँसँग कृषिको करिब दुई दशक लामो साइनो र सङ्घर्ष छ । क्षेत्रीले भन्नुभयो, “म दिउँसो नगरमा भए पनि साँझबिहान गाईगोठ र खेतबारीमै हुन्छु । मैले भोग्ने दैनिक समस्या नगरवासीका साझा हुन् । त्यसैले नगरमा धेरैजसो किसानकै मुद्दा र आवाज उठाउने गरेकी छु ।” क्षेत्रीको व्यावसायिक यात्रा २०६४ सालदेखि सुरू भएको थियो । सुरूमा होटल व्यवसाय गर्नुभएकी क्षेत्रीले किराना पसलसँगै सुरू गरेको होटलमा दूधको माग बढेपछि गाई पाल्न थाल्नुभएको हो । विसं २०७० मा चिर्दीमा चिसापानी दुग्ध सहकारी दर्ता गरेपछि उहाँ त्यसको संस्थापक सचिवसमेत बन्नुभएको थियो । बीस जना सेयर सदस्यबाट रु. पाँच हजारका दरले लगानी गरेर दूधलाई व्यावसायिक रूपमा बजार पठाउन सहकारीमा आबद्ध गर्नुभएकी क्षेत्रीको पहलमा अहिले उक्त गाउँका झण्डै सात सय किसानले व्यावसायिक पशुपालन गरेर दूध बिक्री गर्दै आएका छन् ।काँक्रासँगै क्षेत्रीले टनेलभित्र टमाटर र मौसमअनुसारका तरकारी उत्पादन गर्दै आउनुभएको छ । गाउँ छोडेकाको खेत भाडामा लिएर जेठो बूढो धानको बीउ उत्पादन गरेर बिक्री गर्नुहुन्छ । कुनै समय दूध, तरकारीलगायत कृषि उपजको बिक्रीबाट मासिक रु दुई लाखभन्दा बढीको आम्दानी गर्नुभएकी उहाँले उपप्रमुख भएपछि जनताको सेवामा बढी खटिनुपर्दा आम्दानी घट्दै गएको बताउनुभयो । तर पनि राजनीति र कृषिलाई सँगसँगै अघि बढाउने आफ्नो प्रयासमा कमी नआएको उहाँको भनाइ छ । आफूले कृषि र यस पेसाबाट पाएको सफलताबाट अरू किसानलाई पनि सफलताकै बाटोमा डोर्याउने उहाँको इच्छाले समेत सार्थकता पाउँदै गएको उहाँको भनाइ छ । “सबैलाई व्यावसायिक बनाउने हो, त्यसका लागि नगरपालिकामा हामी सबै हातेमालो गर्न आएका हौँ । जनप्रतिनिधि शासक नभएर सेवक हौँ भन्ने भावना भए सफल भइन्छ भन्ने लागेको छ”, उहाँले भन्नुभयो ।फलेवास नगरपालिकाका कुर्घा, देवीस्थान, पाङ्गराङ्ग र विहादी गाउँपालिकाको बाँच्छाका किसानले व्यवासायिक रूपमा भक्तपुरे लोकल जातको काँक्राको बीउ उत्पादन गर्दै आएका छन् । यहाँ काँक्राको बीउ बिक्री गरेर वार्षिक रू. छ करोड भित्रिने गरेको छ ।
कृषि तथ्याङ्कमा एकरूपता ल्याउन माग
भवानी दत्त भट्टकञ्चनपुर, जेठ ९ गते । कञ्चनपुरमा कृषि क्षेत्रमा यथेष्ट तथ्याङ्क नहुँदा योजना सञ्चालनमा चुनौती थपिएको भन्दै सरोकारवाला निकायले कृषि तथ्याङ्कमा एकरूपता ल्याउन माग गर्नुभएको छ । कृषिको यकिन तथ्याङ्क उपलब्ध भए आगामी वर्षका लागी कृषिका कार्यक्रम सञ्चालनमा सहजता हुने भन्दै कृषि सँग सम्बन्धित सरोकारवाला निकायले कृषि क्षेत्रको वास्तविक तथ्याङ्क उपलब्ध गराउन पालिका प्रमुखहरू सँग माग गरेका हुन् । बिहीबार महेन्द्रनगरमा कृषि ज्ञान केन्द्र कञ्चनपुर र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले आयोजना गरेको कृषि तथ्याङ्क अद्यावधिकका लागि कृषि सर्वेक्षण सम्बन्धी सरोकारवाला निकायसँग अन्तरक्रिया तथा समन्वयात्मक गोष्ठीको आयोजना गरेको छ । गोष्ठीमा जिल्लास्थित विभिन्न पालिका प्रमुखहरू सँग छलफल गरिएको कार्यक्रमका अध्यक्ष कृषि व्यवसाय पर्वद्धन सहयोग तथा तालिम केन्द्र सुन्दरपुरका प्रमुख यज्ञराज जोशीले बताउनुभयो । भेटेनरी अस्पताल तथा विज्ञ सेवा केन्द्र कञ्चनपुरका प्रमुख श्याम सिंह खड्काले आगामी आर्थिक वर्षमा मासु निर्यात, खोप, बजारीकरण, दूध ढुवानीका लागी सवारी साधन, एक पालिका एक कार्यक्रम लगायतका कार्यक्रमहरू जिल्लामा सञ्चालन गरिने बताउनुभयो । जसका लागी कृषिको यकिन तथ्याङ्क सङ्कलनका लागी सरोकारवाला निकायहरू सँग छलफल गरिएको बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझाले अनुदानका नाममा वास्तविक कृषकलाई वञ्चित नगरिनुपर्ने बताउनुभयो ।कार्यक्रममा बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा, शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महराले कृर्षि क्षेत्रको विकास लागि आवश्यक पर्ने वास्तविक तथ्याङ्क उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । बेदकोट नगरपालिकाका मेयर बोहराले ज्ञान केन्द्रबाट अनुदान आए झन् सहज हुने बताउनुहुँदै नगरपालिकाले भने कृषकहरूलाई बर्सेनि अनुदान उपलब्ध गराउँदै आएको बताउनुभयो । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले कृषि उत्पादकत्व बढाउन नहर तथा सिचाई क्षेत्र थप व्यवस्थित बनाइनुपर्ने बताउनुभयो । हाल जिल्लामा कृषकहरूको यकिन तथ्याङ्क नहुँदा वास्तविक कृषकहरू अनुदानबाट वञ्चित हुँदै आएका छन् । कृषि उपाकत्व बढाउन सके कृषकहरूले स्वदेशमै मनग्य आम्दानी गर्न सक्ने भएकाले कृषिको यकिन तथ्याङ्क सङ्कलन गरी आगामी वर्षमा कृषकहरूलाई आवश्यक अनुदान उपलब्ध गराइनुपर्ने कार्यक्रममा सहभागीहरूले माग गर्नुभएको छ ।
बेनीका किसानलाई कृषक पाठशालामार्फत खेती गर्न सिकाइँदै
बेनी नगरपालिकाले किसानहरूलाई तरकारी खेतीसम्बन्धी ज्ञान, सिप, प्रविधि र रोगकीराको व्यवस्थापन लगायतका विषयमा सिकाउन आइपिएम कृषक पाठशाला सञ्चालन गरेको छ ।
रेशमा चियाको व्यावसायिक उत्पादन सुरु
झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि यहाँका चिया किसान उत्साहित भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा २०७६ सालमा लगाइएको चियाले व्यावसायिक उत्पादन दिन थालेपछि किसान उत्साहित भएका हुन् ।
धनियाँमा अत्यधिक विषादी
काठमाडौँ, जेठ ७ गते । देशको ठुलो तरकारी बजार काठमाडौँको कालीमाटीमा भित्रिएको हरियो धनियाँमा अत्यधिक विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार काभ्रेबाट मङ्गलबार ल्याइएको हरियो धनियाँमा ९९.३७९ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको हो । केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी तरकारी बजारका १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेकोमा हरियो धनियाँमा विषादी भेटिएको छ । विषादीको मात्रा धेरै भेटिएको उक्त धनियाँ उपभोगयोग्य नरहेकोे कालीमाटी प्रहरीको सहयोगमा समितिले नष्ट गरेको जनाएको छ । विषादी छर्केपछि पर्खनुपर्ने अनिवार्य निश्चित समय नपर्खेर बारीबाट सोझै बजारमा हरियो धनियाँमा उच्च परिमाणमा विषादीको अवशेष भेटिएको केन्द्रीय कृषि प्रयोगशालाका प्रमुख डा. शान्ता कार्कीले जानकारी दिनुुभयो ।
मुगुका किसानलाई जौ भित्र्याउन चटारो
मुगुका किसान जौ भित्र्याउन व्यस्त भएका छन् । बाली भित्र्याउने सिजन चलेसँगै किसानलाई जौ बाली भित्र्याउने चटारो बढेको हो ।
विषादि प्रयोग गर्ने किसानको अनुदान रोकिने
जुम्लाको तातोपानी गाउँपालिकाले विषादी प्रयोग गर्ने किसानलाई अनुदान रोक्ने भएको छ । धानबालीमा प्रयोग हुने विषादी (व्युटाकुलर) रोकथाम र नियन्त्रण गर्नका लागि कार्यपालिकाबाट निर्णय नै गरेको उपाध्यक्ष रेवती रावलले बताउनुभयो ।
जुम्लामा मार्सीधान रोपाइँ सुरु
जिल्लाको पातारासी गाउँपालिका–३ छुमचौर जिउलोमा विश्वको उच्च स्थानमा फल्ने मार्सीधान रोपाइँ सुरु भएको छ । जिल्लास्थित कृषि विकास कार्यालयले सोमबार धान महोत्सव आयोजना गरी रोपाइँ सुरु गरेको हो ।
उपलब्धिहीन नार्क, तत्काल सुधार गर्न सुझाव
काठमाडौँ, जेठ ६ गते । ८१ प्रतिशत कृषिमा आधारित देश भएकाले कृषि क्षेत्रको नयाँ नयाँ अनुसन्धान गरी उपलब्धि दिनु पर्ने उदेश्यले स्थापना गरिएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) काम विहीन र उपलब्धिहिन भएको छ । राज्यकोष मात्र खर्चनु पर्ने भएकाले यसको तत्काल सुधार गर्नु पर्ने सुझाव विज्ञहरूले दिएका छन् । सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को पुनर्संरचनाका लागि प्राडा गोविन्दराज पोख्रेलको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय पुनर्संरचना सुझाव समिति गठन गरेको छ ।समितिमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्राडा ईश्वरी कडरिया र डा. यज्ञ गजाधर खड्का सदस्य रहनुभएको छ । उच्चस्तरीय समितिका पदाधिकारीलाई पत्र हस्तान्तरण गर्दै कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले नार्कलाई समयसापेक्ष सुधार गर्न उच्चस्तरीय समितिले उपयुक्त प्रस्ताव पेस गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।समितिलाई ९० दिनको कार्यावधि दिएको छ । नार्कको हालको संरचनामा देखिएका विविध समस्याका कारण परिषद्को कार्य सन्तोषजनक रहन नसकेको सन्दर्भमा उच्चस्तरीय समिति गठन गरिएको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ ।विगतमा भएका अध्ययनले पनि नार्कलाई प्रभावकारी बनाउन यसको पुनर्संरचना गर्नुपर्ने सुझाव दिएका थिए । सोही सुझावका आधारमा मन्त्रालयले गरेको प्रस्तावलाई मन्त्रीपरिषद्को हालै बसेको बैठकले स्वीकृति दिएको थियो । उच्चस्तरीय समितिलाई नार्कको विगतको उपलब्धि तथा चुनौती र यस अन्तर्गतका ऐन, नियम, नीतिलगायत कानुनी दस्ताबेज तथा प्रतिवेदनको समीक्षा गर्ने, अन्य देशमा यससम्बन्धी भए गरेका असल अभ्यासको अध्ययन गर्ने, सङ्घीयताको भावना र मर्म अनुरूप समयसापेक्ष रूपमा नार्कलाई रूपान्तरण गर्न, वैज्ञानिकको दीर्घकालीन संलग्नता सुनिश्चित गर्ने रणनीति प्रस्ताव गर्नेलगायतका कार्यक्षेत्र तोकिएको छ । समितिले कृषि तथा पशुपक्षी विकास मन्त्रालयमार्फत नेपाल सरकारसमक्ष प्रतिवेदन पेस गर्ने मन्त्रालयले जनाएको छ ।
कृषि विकासका लागि स्पष्ट नीति आवश्यक
काठमाडौँ, जेठ ६ गते । कृषि क्षेत्रको दिगो विकासका लागि स्पष्ट नीति आवश्यक रहेको सरोकारवालाले बताएका छन् । आइतबार भएको ‘कृषि क्षेत्रका चुनौती, सम्भावना र नवप्रवर्तनको खोजी’ विषयक छलफलमा सहभागीले कृषि क्षेत्रको दिगो विकासका लागि नीति, प्रविधि, बजारीकरण, बिमा र सहजीकरणका पक्षमा सरकारको स्पष्ट कदम आवश्यक रहेको धारणा व्यक्त गर्नुुभएको हो । कार्यव्रmम नेपाल उद्योग वाणिज्य महासङ्घको सहकार्यमा नेपाल कुचो सङ्घ, रुद्राक्ष व्यवसायी सङ्घ, नेपाल यार्चागुम्बा सङ्घ तथा नेपाल डेरी एसोसिएसनको संयुक्त आयोजनामा भएको हो ।कार्यव्रmममा नेपाल प्लाइउड एसोसिएसनका अध्यक्ष होमप्रसाद घिमिरेले यस क्षेत्रमा बिमाको व्यवस्था नभएकाले सरकारले ध्यान दिन सके यसले राजस्व र रोजगारीमा योगदान पु¥याउने बताउनुुभयो । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले डेरी क्षेत्रमा मही प्रवर्धन र बजार विस्तारमा सरकारको भूमिका महìवपूर्ण हुने बताउनुुभयो । नेपाल बिउ व्यवसायी सङ्घका अध्यक्ष सुरेश गुरुङले सरकारी लापर्बाहीका कारण अर्बौं रुपियाँको बिउ विदेशबाट आयात भइरहेकाले रैथाने बिउको संरक्षण र प्रवर्धनमा जोड दिनुुपर्ने बताउनुुभयो ।नेपाल कृषि मेसिनरी व्यवसायी सङ्घका उपाध्यक्ष सुनिता नेम्हाफुकीले सार्वजनिक खरिद ऐनले व्यवसायीलाई अवरोध गरेकाले संशोधन गर्नुुपर्ने धारणा राख्नुुभयो । करार खेतीलाई प्रोत्साहन गर्नुपर्ने र मेसिनरी उपकरणको गुणस्तरमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष निर्मल भट्टराईले अन्तर्राष्ट्रिय बजारमा अलैँचीको उच्च माग भए पनि जलवायु परिवर्तनका कारण पछिल्लो समय उत्पादनमा ह्रास आएको बताउनुुभयो । कृषिजन्य निर्यातका लागि अन्य देशको मापदण्ड पूरा गर्न ल्याब टेस्ट नभएको बताउँदै त्यसमा पनि ध्यान दिन आवश्यक उहाँको भनाइ छ । बिउ व्यवसायी सङ्घका निवर्तमान अध्यक्ष वसन्त मरहट्ठाले आउँदै गरेको कृषि ऐन किसान र क्षेत्रमैत्री हुनुपर्ने धारणा राख्नुुभयो । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले पुुष्पजन्य व्यवसायमा १३ प्रतिशत भ्याटका कारणले पुष्प व्यवसाय ओरालो लाग्नुुका साथै निर्यातसमेत ठप्प भएको बताउनुुभयो ।नेपाल कफी व्यवसायी महासङ्घका अध्यक्ष ओमनाथ अधिकारीले मध्यपहाडी क्षेत्रलाई कफी पकेट जोन घोषणा गर्नुुपर्ने बताउनुुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका वस्तुगत उपाध्यक्ष हेमराज ढकालले आगामी दिनमा किसानका समस्या समाधान गर्न महासङ्घले कृषि क्षेत्रसँग सम्बन्धित सङ्घ संस्थासँग छलफल गरेर अघि बढ्ने बताउनुुभयो । कृषि क्षेत्रमा नीतिगत स्पष्टता, प्रविधिको हस्तान्तरण, गुणस्तरीय उत्पादन, बिमा, ल्याब परीक्षण, बजारीकरण र सरकारी सहजीकरण आवश्यक रहेको सरोकारवालाको भनाइ छ ।
विद्यार्थीलाई च्याउ खेती सिकाइँदै
विद्यालयले विद्यार्थीलाई व्यवहारिक शिक्षा दिनका लागि च्याउ खेती सिकाउन थालेको छ । बेनी नगरपालिका १० पात्लेखेत स्थित दीपक माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले च्याउखेती थालेका हुन् ।
मुस्ताङमा सार्वजनिक जग्गामा स्याउ खेती
मुस्ताङमा सार्वजनिक जग्गामा स्याउ खेती गर्न थालिएको छ । कृषिक्षेत्रको प्रवर्धन र विकास, स्थानीयको जीविकोपार्जनमा सुधार तथा वातावरणीय दृष्ट्रिकोणबाट स्याउखेती विस्तार समय सान्दर्भिक रहे पनि सरकारी निकायको समन्वयबिनै सार्वजनिक जग्गा र नदी किनारमा स्याउखेती गर्ने क्रम बढेको छ ।
बारीबाट बजारसम्म, तरकारीले ल्याएको परिवर्तन
पहिले–पहिले गाउँमा तरकारी त शहरमै हुने भन्ने चलन थियो । बारीहरू झारपातले भरिन्थे र गाउँलेको मुख्य ध्यान गाईगोरु, बाख्राखोरमै सीमित हुन्थ्यो । तर अहिले त्यो दृश्य फेरिएको छ । बोडी, काँक्रा, गोलभेँडाजस्ता तरकारीले गाउँको बारी रङ्गीन बनाएको छ ।
गहुँ चुट्न हलगोरुको प्रयोग
बाजुराको पूर्वीउत्तर क्षेत्रका अधिकांश किसानले गहुँ चुट्न हलगोरु प्रयोग गर्न थालेका छन् ।
मकैको उत्पादन र उत्पादकत्व बढ्दै
मोरङमा १ लाख ४७ हजार ७ सय मेट्रिक टन मकै उत्पादन भएको छ । चालु आर्थिक वर्ष २०८१÷०८२मा मोरङमा २१ हजार १ सय हेक्टर क्षेत्रमा मकै खेती भएको थियो ।
वञ्जर जग्गामा बोरिङ सिँचाइ
पूर्वी मकवानपुरको बकैया गाउँपालिका ७ स्थित हर्दामा वञ्जर जमिनमा सिँचाइ सुविधा उपलब्ध भएसँगै स्थानीयमा खुशीयाली छाएको छ।
गहुँ चुट्ने ग्राब्री हराउँदै
बाजुरामा पछिल्लो समयमा गहुँ चुट्ने ग्राब्री (घँगारुको काठलाई गोरुको छालाले बुन्ने) हराउँदै गएको छ ।