सुनसरीमा हिउँदे मकै उत्पादन वृद्धि
सुनसरीमा हिउँदे मकैको उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा आव २०८१/८२ मा हिउँदे मकै उत्पादन दुई दशमलव ३८ प्रतिशतले बढेको छ ।
हाइब्रिडले स्थानीय जातको मुलाको बिउ विस्थापित
वर्षा याममा धानखेतीले भरीभराउ देखिने ठुलो खेत मङ्सिर लाग्दा नलाग्दै खनजोत गरेर ठिकठाक हुन्थ्यो । कतै मुलाका बिरुवा त कतै सेतो केराउ लगाउन किसानलाई भ्याइ नभ्याई हुन्थ्यो ।
प्याजले उचित मूल्य पाएन
जिल्लामा उत्पादित प्याजले उचित मूल्य पाउन सकेको छैन । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत व्यावसायिक प्याज प्रवद्र्धन कार्यक्रमअन्तर्गत लगाईएको प्याजले उत्पादनपछि उचित मूल्य पाउन नसकेको हो ।
रघुगङ्गाले कृषक परिचय पत्र वितरण गर्ने
म्याग्दीको रघुगङ्गा गाउँपालिकाले गाउँपालिका भित्रका वास्तविक किसानहरूको पहिचान गरी ‘कृषक परिचय पत्र’ वितरण गर्ने भएको छ ।
डडेल्धुरामा ७१ करोड बढी मूल्यको आलु उत्पादन
जिल्लामा एक हजार २२२ हेक्टर क्षेत्रमाफलमा लगाइएको आलुको उत्पादन पछिको मूल्य ७१ करोड बढी पुगेको छ । बर्खे र हिउँदे गरी डडेल्धुरामा दुई सिजनमा आलुखेती गरिन्छ ।
बोरिङका भरमा रोपाइँ
पर्याप्त पानी नपरेपछि कैलालीका किसानले बोरिङका भरमा रोपाइँ सुरु गरेका छन् । किसानले बोरिङको मद्दतले भूमिगत पानीबाट सिँचाइ गरी रोपाइँ गर्न थालेका हुन् । यस वर्ष मनसुन चाँडै नेपाल प्रवेश गरे पनि सुदूरपश्चिम प्रदेशसम्म अझै पुगिसकेको छैन । पश्चिमी र स्थानीय वायुको प्रभावले भने फाटफुट पानी परिरहेको छ ।
बिक्न छाड्यो तरकारी
पछिल्ला दिनमा उपत्यकाका बजारमा हरिया तरकारी धेरै भित्रिँदा खेर फाल्नुपर्ने अवस्थाले व्यापारी हैरान छन् । उपत्यकावासीको मागभन्दा बढी तरकारी बजारमा भित्रिएपछि खेर फाल्नुपर्ने अवस्थाले व्यापारी हैरान भएका हुन् ।
साना किसान र महिलालाई उद्यमशीलतामा जोड्दै भीरकोट नगरपालिका
स्याङ्जाको भीरकोटमा ‘कृषि तथा पशु विकास परियोजना’ सुरु भएको छ ।
बाहुनी गाउँमा अर्गानिक प्याज खेतीको विस्तार
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१ स्थित बाहुनी गाउँमा यो वर्ष दुई सय क्वीन्टलभन्दा बढी प्याज उत्पादन भएको छ । यहाँका ४० जना कृषकले झण्डै १० हेक्टर क्षेत्रफलमा व्यवसायिक प्याज खेती गर्दै आएका छन् ।
चैते धान थन्क्याउने चटारोमा किसान
जिल्लामा किसान चैते धानखेती भित्र्याउने चटारोमा रहेका छन् । दुई समयमा धानखेती नहुने स्थानमा वर्षे धान लगाउने कार्य सुरु भइसकेको छ । तर, तनहुँका अधिकांश फाँटमा धानखेती गरिन्छ ।
‘कृषकले माग गरेअनुसारको रासायनिक मल उपलब्ध गराउन सकिएको छैन’
काभ्रेको कृषि क्षेत्रमा माग भएअनुसार रसायनिक मल पूर्ति हुन नसकेको तथ्याङ्कले देखाएको छ । यसकारण जिल्लाको कृषकले बर्सेनि रासायनिक मलको अभाव झेल्दै आउनुपरेको छ ।
ऋषिङ र देवघाटमा जलवायुमैत्री कृषि प्रविधिमार्फत खेती
जिल्लाको ऋषिङ र देवघाट गाउँपालिकामा जलवायुमैत्री कृषि प्रविधि कार्यक्रम सुरु गरिएको छ ।
विद्यार्थीलाई कृषि सिकाउन ड्रागन फ्रुट खेती
पछिल्लो समय सामुदायिक विद्यालयहरूमा व्यावहारिक शिक्षा दिन र आयआर्जनमा समेत जोड्नका लागि विद्यार्थीहरूलाई कृषि कार्यमा संलग्न गराउन थालिएको छ ।
लिङ्तेपका कृषकलाई उन्नत जातका गाईका बाछी
ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले वडा नं. ४ लिङ्तेपका कृषकहरूलाई उन्नत जातको गाईको बाछी वितरण गरेको छ ।
गुल्मीमा चियाको परीक्षण सफल भएपछि थप क्षेत्रफल विस्तार
गुल्मीमा चिया खेतीको परीक्षण सफल भएपछि थप क्षेत्रफलमा चिया खेती विस्तार गरिएको छ । जिल्लाको कालीगण्डकी गाउँपालिका– ७ भुर्तुङको धुँवाखोलामा गत वर्ष इलामबाट दस हजारभन्दा बढी बिरुवा ल्याएर परीक्षण गरिएको थियो ।
रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण
भेरीगङ्गा नगरपालिका रामघाट सुर्खेतका किसान पछिल्लो समय व्यावसायिक लिची उत्पादनतर्फ आकर्षित भएका छन् । परम्परागत रूपमा मकै खेती गर्दै आएका यहाँका किसान अब मकैका बारीमा लिची र आँपका बोट लगाउन थालेका छन् ।
महिला स्वास्थ्य स्वयंसेविका जस्तै मधेशमा अब महिला कृषि स्वयंसेविका
मधेश सरकारले कृषिमा आत्मनिर्भर बनाउन र कृषकका समस्या समाधान गर्न महिला कृषक स्वयंसेविका परिचालनको योजना अघि सारेको छ । यो योजना सरकार र नागरिकबिच स्वास्थ्य सेवाको पहरेदार बनेको सफल कार्यक्रम महिला स्वास्थ्य स्वयंसेविका जस्तै हो ।
बाँझो जमिनमा सामुहिक खेती
तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित शिसुवा भतेरी कृषि सहकारीले खेर गएको जमिनमा सामुहिक खेती गरेर विपन्न समुदायको आयवृद्धि गर्दै आएको छ ।
मेवा खेतीबाट मनग्य आम्दानी
हालसम्म यो समूहले १५० रोपनीभन्दा बढी क्षेत्रमा मेवा खेती विस्तार गरिसकेको छ । अहिले बगैँचामा रहेका आठ हजार बोटमा रहर लाग्दा मेवा फलेका छन् । मेवा खेतीमा ५० लाखभन्दा बढी लगानी भइसकेको र हालसम्म ३६ लाख रुपैयाँको मेवा बिक्री भएको उहाँले बताउनुभयो ।
‘उत्पादन बढी हुँदा तरकारी सस्तो, किसानले मूल्य पाउनै छोडे’
पछिल्लो समय उत्पादन बढी हुँदा तराकारी सस्तो हुनुका साथै बिक्री गर्न समेत व्यापारीलाई हम्मेहम्मे पर्न थालेको छ । अन्य खेतीपाती गर्न छाडेर धेरैले तरकारी खेती गर्न थालेपछि उत्पादन बढी भएका कारण बजारमा ज्यादा तरकारी आएको व्यापारीहरुले बताए ।
चैते धानको उचित मूल्यका लागि पहल गरिने
किसानले चैते धानको उचित मूल्य नपाएको गुनासो गरेपछि कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीबीच सोमबार वाणिज्य मन्त्रालयमा छलफल भएको छ ।
चार सय मुरी धान फलाउने कृषक सम्मानित
चार सय मुरी धान फलाउने गुल्मी धुर्कोट गाउँपालिका–६ सिस्तुङ्गका ५४ वर्षीय मेघनाथ अर्याललाई धुर्कोट गाउँपालिकाले नगद ६७ हजार रुपियाँसहित सम्मान गरेको छ ।
धादिङमा लम्पी स्किन नियन्त्रणका लागि खोप अभियान
धादिङमा गाई–भैँसीमा देखिने लम्पी स्किन रोग नियन्त्रण गर्न खोप अभियान सुरु गरिएको छ ।
मलमा बेथिति : कृषक वर्गीकरण गरी वितरण गर्न सुझाव
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मल अनुदानका लागि २७ अर्ब ९५ करोड रुपियाँ छुट्याएको थियो ।