सिँचाइ सुविधाका कारण असारमै धान रोपाइँ
म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरस्थित उपाल्लाचौरका कृषक लोकबहादुर थापा मगरले यसपाली असारको दोस्रो हप्तामै धान रोपाइँ सक्नुभएको छ । तीन वर्ष अघि देखि सुरु भएको उपल्लाचौर सिँचाइ योजना सम्पन्न भएर ढोडेनी खोलाको पानी खेतमा आएपछि आकासे पानीको भरमा धान रोप्नुपर्ने थापामगरको बाध्यता हट्यो ।
भैंसी पालेर मासिक दुई लाख आम्दानी
१८ घण्टा मेहनत गर्दा समेत पारिवारिक समस्या हल नभएपछि २०७७ सालमा चालक पेशा छोडेर थोरै लगानीबाट भैंसी पालन व्यवसाय सुरु गरेपछि गोरखा नगरपालिका – ११ का युवा बाबुलाल श्रेष्ठ अहिले महिनाको दुई लाख आम्दानी गर्न थाल्नु भएको छ।
बाँकेमा ६० प्रतिशत रोपाइँ
पर्याप्त वर्षा नहुँदा बाँकेमा हालसम्म ६० प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार एक साताअघि पानी परे पनि त्यसयता पर्याप्त वर्षा नहुँदा रोपाइँ सुस्त गतिमा भइरहेको छ ।
ड्रागन फ्रुट बिक्रीबाट वार्षिक १६ लाख आम्दानी
जिल्लाको व्यास नगरपालिका-५ ढोडेनीकी किसान कल्पना गौलीले (ड्रागन फ्रुट) सिउँडी फल बिक्रीबाट गत वर्ष १६ लाख आम्दानी गर्नुभएको छ ।
घट्दै ओल खेती
सुनसरीमा पछिल्लो समय ओल खेती घट्दै गएको छ । कुनै समय व्यापक रूपमा लगाइँदै आएको ओल खेती पछिल्लो समय भने घट्दै गएको हो ।
अनुदानमा कृषि औजार वितरण
गुल्मीमा ५० प्रतिशत अनुदानमा कृषकहरूलाई कृषि मेसिनरी औजार वितरण गरिएको छ । जिल्लाको मदाने गाउँपालिकाले विभिन्न कृषक समूह, सहकारी र निजी फार्मका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा कृषि मेसिनरी औजार वितरण गरेको हो ।
चरिचरनमा भेडाहरु
जाजरकोटको बारेकोट गाउँपालिका–४ चाखुरेपाटनमा चरिचरन गरिरहेको भेडाहरु । वर्षायाम भरी यी भेडाहरु पाटन क्षेत्रमा रहने गर्दछन् ।
हलगोरु पाल्ने किसानलाई अनुदान
बागलुङ नगरपालिकाभित्रका गोरु पाल्ने ८१ किसानले प्रोत्साहन रकम प्राप्त गरेका छन् । बागलुङ नगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम अन्र्तगत रु पाँच हजारका दरले रक वितरण गरेको हो ।
रुपन्देहीमा ९४ प्रतिशत रोपाइँ सम्पन्न
रुपन्देहीमा ९४ प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको छ ।
हुम्लामा शतप्रतिशत रोपाइँ
हिमाली जिल्ला हुम्ला यस वर्ष शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ । अधिकांश धान खेती गर्ने जग्गामा सिँचाइको व्यवस्था हुनु र वर्षा पनि भएका कारण अधिकांस जग्गामा रोपाइँ सम्पन्न भएको हो ।
चैते धान भित्र्याउने तयारीमा किसान
यस वर्ष चैते धान पाक्न थालेको छ । जिल्लाका विभिन्न फाँटहरुमा लगाइएका चैते धान भित्र्याउने तयारीमा किसानहरु जुटेका छन् । चैते धान यस वर्ष राम्रो फलेकाले किसानहरु उत्साहित छन् ।
खोटाङको एउटै पालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन
यस वर्ष खोटाङमा एक सय ६८ मेट्रिक टन लिच्ची उत्पादन भएको छ । गत वर्ष एक सय ५३ मेट्रिक टन लिच्ची उत्पादन भएको थियो ।
गुल्मीमा ७१ प्रतिशत रोपाइँ सम्पन्न
गुल्मीमा हालसम्म ७१ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
प्राकृतिक जीवाणु मलको माग बढ्यो
बिर्तामोड नगरपालिका–२ चैतुबारीमा हाई हिमालयन अर्गानिक प्रालिले उत्पादन गरेको जीवाणु मलको माग बढ्न थालेको छ । प्रालिले थ्री स्टार ब्रान्डका चार प्रकारका प्राकृतिक जैविक मल उत्पादन गरिरहेको छ ।
जनप्रतिनिधि बुद्धिवीरको लोभलाग्दो तरकारी खेती
म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ हिस्तानका वडा सदस्य बुद्धिवीर पुन सामाजिक कार्यसँगै कृषि पेशामा सक्रिय हुनुहुन्छ । विदेशबाट फर्किएर विगत १५ वर्षदेखि हिस्तान टिकोट गाउँका पुनले व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ ।
व्यावसायिक बङ्गुरपालनबाट आकर्षक आम्दानी गर्दै सुगम
यहाँका केही युवाले व्यावसायिक रूपमा पशुपालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई ती युवामध्येका एक हुनुहुन्छ । उहाँ व्यावसायिक बङ्गुरपालन र फलफूलखेतीमा जुट्नुभएको छ ।
उत्पादनमा आधारित अनुदानले दूध उत्पादन बढ्यो
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई रु १६ लाख ५७ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले गत आर्थिक वर्षमा अनुदानस्वरुप उक्त रकम प्रदान गरेको हो ।
‘धनुषा र महोत्तरीमा मल अभाव छैन’
धनुषा तथा महोत्तरीमा रासायनिक मल अभाव नरहेको कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ ।
आलु प्रवर्द्धन कार्यक्रमले दुई हजार सात सय क्षेत्र विस्तार
केन्द्रले ६७ वटा कृषि समूह तथा सहकारीमार्फत धेरै किसान लाभान्वित हुनेगरी आलुखेती विस्तार तथा प्रवर्द्धन गरेको छ । ज्ञान केन्द्रको सबैभन्दा ठूलो कार्यक्रमअन्तर्गत रु तीन करोड ६० लाख बजेटबाट आलुखेती विस्तार थालेको थियो । आलुको उत्पादनदेखि बजारीकरणसम्मका लागि अनुदान दिइएको केन्द्रले जनाएको छ ।
सहकारीमार्फत अनुदानका यन्त्र उपकरण व्यवस्थापन
गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिका भित्र रहेका ८ वटा वडामा सहकारीमार्फत अनुदानका यन्त्र उपकरण व्यवस्थापन गरिएको छ ।
अण्डा उत्पादक ७५ प्रतिशत किसान विस्थापित
अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित भएका छन् । पाँच वर्षभन्दा बढी समयसम्म लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि किसान विस्थापित भएका हुन् ।
नयाँ आलुको मूल्य तेब्बरले वृद्धि
किसानले उत्पादन गरेको नयाँ आलु बजारमा आएसँगै त्यसको मूल्य तेब्बरले वृद्धि भएको छ । पुरानो आलु सकिएको र नयाँ आलु बजारको मागभन्दा कम आउन थालेपछि आलुको मूल्य बृद्धि भएको हो ।
सुनसरीमा ७८ प्रतिशत रोपाइँ
सुनसरीमा धान लगाउने खेतीयोग्य जमीनमा अहिले सम्ममा ७८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।
म्याग्दीमा ७४ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार
म्याग्दी जिल्लामा एक वर्षको अवधिमा ७४ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०८०/८१ मा निर्माण गरेको आयोजनामार्फत सिँचाइ सुविधा विस्तार भएको हो ।