शीतोष्ण बागवानी विकास केन्द्रको ५७ वर्ष
शीतोष्ण हावापानीमा उत्पादन हुने र उत्पादन गर्न सकिने तरकारी तथा फलफुलको अध्ययन तथा अनुसन्धान गर्ने मुस्ताङको घरपझोङ गाउँपालिका—२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्र स्थापना भएको ५७ वर्ष पुगेको छ ।
जलवायु परिवर्तनले कृषिमा असर, उत्पादन घट्ने
जलवायु परिवर्तनका कारण कृषिमा बढी असर पर्दा कृषक चिन्तित बनेका छन् । जसका कारण समयमा पानी नपर्नु, तापक्रममा बृद्धि हुनुलगायतका समस्याले कृषि क्षेत्रमा विभिन्न समस्या देखिन थालेको किसानहरुको बुझाइ छ ।
पशुपालक कृषकलाई चार करोड अनुदान
धनकुटा र तेह्रथुमका पशुपालक कृषकहरूले बितेको आर्थिक वर्षमा करिब चार करोड अनुदान रकम पाएका छन् । आर्थिक वर्ष २०७९/०८० मा दुई जिल्लाका एक सय ५८ वटा पशुपालन सम्बन्धी व्यक्तिगत फार्म, समूह र सहकारीहरूले उक्त अनुदान पाएका हुन् ।
व्यावसायिक आलु खेतीतर्फ किसान आकर्षित
पूर्वी नवलपरासीका किसान व्यावसायिक आलु खेतीतर्फ आकर्षित भएका छन् । आलु खेती प्रवर्धनका लागि नवलपुरमा चार करोड बजेट विनियोजन गरिएको छ ।
धान ढलेपछि किसान चिन्तित
हावासहितको वर्षाका कारण धान ढलेपछि किसान चिन्तित बनेका छन् । धान काट्न तयार हुँदैगरेको अवस्थामा ढलेपछि किसानले चिन्ता व्यक्त गरेका हुन् ।
किसानलाई अलैँची टिप्न भ्याइनभ्याई
ताप्लेजुङका किसानलाई यतिबेला अलैँची टिप्न भ्याइनभ्याई भएको छ । जिल्लाकै प्रमुख नगदेबालीको रुपमा रहेको अलैँची पाक्न थालेपछि किसानलाई टिप्न भ्याइनभ्याई भएको हो ।
तरकारी खेतीले फेरिएको गाउँ : दैनिक ५० क्विन्टल बिक्री
रोजगारी खोज्न भारत जाने गाउँमा तरकारी खेती हुन थालेपछि किसान मजदुरका अनुहार र गाउँको पहिचान नै फेरिएको छ ।
धानखेतीमा फड्के किराको प्रकाेप
माथागढी–२, मान्केका किसानले लगाएको धानखेतीमा फड्के किराको प्रकोप देखिएको गाउँपालिकाले जनाएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना किसानका लागि प्रभावकारी बन्दै
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको म्याद तीन वर्ष बाँकी रहँदा यसको प्रभाव भने बढ्दै गएको छ । सरकारले २०७३ सालमा लागु गरेको सो परियोजना किसानका लागि लोकप्रिय बन्दै गएको छ ।
आठ करोडको खसीबोका, च्याङ्ग्रा खरिद गरिँदै
सरकारले यस वर्ष पनि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनका लागि आठ करोड ३३ लाखको खसी, बोका तथा च्याङ्ग्रा खरिद गर्ने भएको छ ।
रौतहटका किसानले पाएनन् राहत रकम
सरकारले उपलब्ध गराएको राहत रकम रौतहटको स्थानीय तहले वितरण नगर्दा यहाँका किसान मर्कामा परेका छन् ।
कर्मचारी अभाव हुँदा अनुसन्धान सुस्त
लामो समयदेखि प्राविधिक कर्मचारीहरू रिक्त हुँदा धनकुटाको राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम प्रभावित भएको छ । अनुसन्धानका लागि आवश्यक कुल ३७ कर्मचारीको दरबन्दीमध्ये हाल ६ जना कर्मचारी मात्र छन् ।
धानमा फड्के किराको प्रकोपले किसान चिन्तामा
दाङमा धानमा फड्के किराको प्रकोप देखिएको छ । धानमा फड्के किराको प्रकोप देखिएपछि राप्ती गाउँपालिका–५, कालापानी निवासी मदन पोख्रेलको खेतमा पसाउने अवस्थामा पुगेको धान सुकेको छ ।
मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु
हिमालपारिकाे जिल्ला भनेर चिनिने मुस्ताङमा आजदेखि स्याउ टिप्न सुरु गरिएको छ । मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँका स्याउ बगैँचामा लटरम्मै स्याउ फलेका छन् । स्याउको राजधानीसमेत भनिने मार्फा र टुकुचेका बगैंचा स्याउले राताम्य भएका छन् ।
दुई हजार किलो अवैध माछा नष्ट
चितवनमा अवैधरूपमा ल्याइएको दुई हजार किलो माछा नष्ट गरिएको छ । मत्स्य व्यवसायी सङ्घ, पशु क्वारेन्टाइन चेकपोष्ट रामनगर र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले बरामद गरेको माछा आइतबार नष्ट गरिएको हो ।
बाजुराको स्याउ बारीमै थन्कियो
जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने हिमाली जगानाथ बूढीनन्दा र स्वामिकार्तिक स्थानीय निकायमा उत्पादन गरिएको स्याउ बारीमै थन्किएको छ । यहाँका किसानको स्याउ बिक्रीका लागि देशका विभिन्न ठाउँमा लिने योजना भएपनि मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा त्यो स्याउ बारीमै थन्किएको हो ।
एकीकृत कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्र स्थापना
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा एकीकृत कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्र स्थापना गरिएको छ । स्थानीय किसानलाई आधुनिक कृषि प्रणालीतर्फ उन्मुख गराउने उद्देश्यसहित गाउँपालिकाले अनुसन्धान केन्द्र स्थापना गरेको हो ।
व्यावसायिक खेतीतर्फ आकर्षित हुँदै किसान
प्युठान नगरपालिका-३ रातामाटाका लोकराज पोख्रेलले नयाँ प्रविधि अपनाएर कृषि खेतीलाई व्यावसायिक बनाउनुभएको छ । ४० वर्षदेखि कृषिबाटै गुजारा चलाउँदै आउनुभएका पोख्रेलले अहिले नयाँ प्रविधि प्रति चासो दिएर व्यावसायिक कृषि खेती गर्दै आउनुभएको हो ।
लोप हुँदै रैथाने बाली कागुनो
सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा लगाइने रैथाने कागुनो बाली लोप हुँदै गएको छ । अछाम खप्तड तथा बाजुराको हिमाली, स्वामिकार्तिक, जगनाथ, बुढीनन्दा, बडिमालिका, बुढीगङ्गा त्रिवेणी गौमुल, खप्तड छेडेदह लगायतका केही ठाउँमा पहिले देखि नै कागुनो लगाइन्थ्यो ।
धानबालीमा सेतो झिँगाको प्रकोप
नवलपुरमा धान बालीमा सेतो झिँगाको प्रकोप देखिएको छ । सेतो झिँगाको प्रकोपले धान खेती पहेँलो हुँदा बोट नसप्रने र पछि उत्पादनमा कमी आउने हो कि भन्ने चिन्ता किसानमा थपिएको छ ।
खाडी मुलुकमा नेपालबाट कृषि उत्पादनको माग बढ्दो
खाडी मुलुकमा रहेका नेपाली राजदूतहरूले खाडी देशहरूमा नेपालबाट कृषिजन्य उत्पादन लैजान सकिने प्रचुर सम्भावना रहेको भए पनि नेपाली व्यवसायीहरू शिक्षित हुन नसकेको बताएका छन् ।
कल्याणदह नदीको बाँध भत्किँदा किसानलाई समस्या
लहान नगरपालिकाको वडा नम्बर-२२ बेली जटयाही पूर्वबाट बग्ने कल्याणदह नदीको बाँध भत्किएपछि किसानहरू ठुलो समस्यामा परेका छन् ।
कृषि स्नातक स्थानीय तहमा
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रत्येक स्थानीय तहमा कृषि तथा पशु विज्ञानमा स्नातक गरेका एक/एक जना जनशक्ति उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको बुँदा नम्बर ९० मा प्राविधिक ज्ञान उपलब्ध गराउन प्रत्येक स्थानीय तहमा कृषि स्नातक उपलब्ध गराउने उल्लेख भएबमोजिम कृषि मन्त्रालयले जनशक्ति उपलब्ध गराउनका लागि स्थानीय तहमा कृषि स्नातक प्राविधिक परिचालन कार्यविधि २०८० कार्यान्वयनमा ल्याइएको छ ।
अकबरे खेतीप्रति किसान आकर्षित
ताप्लेजुङका किसान पछिल्लो समय अकबरे खुर्सानी खेतीमा आकर्षित हुन थालेका छन् । कम मेहनत र परिश्रमबाटै राम्रो उत्पादन गर्न सकिने भएपछि जिल्लाका किसान अकबरे खेतीमा आकर्षित हुँदैगएका हुन् ।