राजनीति सँगसँगै माहुरीपालन व्यवसाय
राजनीतिमा जति सक्रीय हुनुहुन्छ डाँसबहादुर डाँगी उत्तिकै कृषि कर्ममा पनि सक्रीय हुनुहुन्छ । दाङको बंगलाचुली गाउँपालिका –४ का वडा अध्यक्ष समेत रहनुभएका डाँगी जनताको सेवासँगै विगत दश बर्षदेखि माहुरीपालन व्यावसाय गर्दै आउनुभएको छ ।
विदेशको राम्रो कमाइ त्यागेर स्वदेशमा भैंसीपालन व्यवसाय
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका – १० का युवा हेमराज रेग्मी पाँच वर्ष मलेसिया बसेर फर्किनुभयो । त्यहाँ उहाँको आम्दानी राम्रै थियो । मासिक एक लाखभन्दा बढी कमाउनुहुन्थ्यो । तर उहाँ परदेशमा रमाउन सक्नु भएन । स्वदेश फर्किनुभयो ।
सल्यानमा अहिलेसम्मकै महँगाे गोलभेंडा
कपुरकोट हाटबजारमा गोलभेडा (टमाटर) ले अहिले सम्मकै धेरै मुल्य पाएको छ । किसानले अहिलेसम्मकै धेरै मूल्य १ ४० रुपियाँ प्रतिकिलोमा बिक्री गरेका छन् ।
नार्क सुधारका लागि ऐन, नियम संशोधन जरुरी
कृषि पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा देखिएका समस्या समाधान गर्ने गरी ऐन, नियमावली, विनियमावली संशोधन भइरहेको बताउनुभएको छ । नार्कको चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा कार्यक्रममा मन्त्री भुसालले कृषि तथा पशुपन्छी क्षेत्रको मुख्य अङ्ग अनुसन्धान हो र यसलाई बलियो बनाए मात्र समग्र कृषि क्षेत्रको विकास हुने भएकाले यसका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो । नार्कका अध्यक्षसमेत रहनुभएका मन्त्री भुसालले ऐन संशोधनलगायत नार्कको समग्र सुधारका लागि अध्ययन गर्न बनेको उच्चस्तरीय समितिले प्रतिवेदन दिनेबित्तिकै नार्कको सुधारका लागि मन्त्रालय अघि बढ्ने बताउनुभयो ।
कोदो दिवस मनाइयो
काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ स्थित कालिकास्थानमा कोदो रोपेर कोदो दिवस २०८० मनाइएको छ ।
उच्च हिमाली क्षेत्रको खर्कमा भेडा
समुद्र सतहदेखि चार हजार ४०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रको खर्कमा रहेका भेडा ।
मलेसिया नफापेका कृष्णप्रसादको गाउँमै दूध विक्री गरेर दुई लाख आम्दानी
बेनी नगरपालिका ७ टुनीखर्कका कृष्णप्रसाद शर्मा हिजोआज म्याग्दीकै धेरै दूध विक्री गर्ने मध्ये पर्नुहुन्छ । उहाँले घरमै व्यावसायिक रुपमा भैँसी पालन गर्नुभएको छ ।
साउन १५ मा दुधको खपत बढ्यो
बजारमा सोमबार दुधको खपत एकै दिनमा तेब्बरले बढेको छ । साउन १५ खिर खाने पर्व परेकाले अधिकांशले खरिद खाने हुँदा बजारमा दुधको माग उच्च भई खपत तेब्बरले बढेको हो । उपत्यकामा किसानबाट दुध सङ्कलन गरी दुग्ध विकास संस्थान (डिडिसी) र निजी डेरीले दुध वितरण गर्दै आएका छन् । डिडिसी र निजी डेरीले अन्य दिनको तुलनामा दुध तेब्बरले बढी बिक्री भएको बताएका छन् ।
बाढीपहिरो र लम्पी स्किनले रोपाइँमा असर
हिमाली जिल्ला ताप्लेजुङमा बाढीपहिरो र पशुचौपायामा लाग्ने लम्पी स्किन रोगका कारण धान रोपाइँमा असर पुगेको छ ।
रासायनिक मल अभाव छैन : कृषिमन्त्री भुसाल
कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसालले अहिले रासायनिक मल अभाव नरहेको बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको आजको बैठकमा उहाँले मल अभाव नरहेको जानकारी दिनुहुँदै वितरणमा केही समस्या देखिएको हुनसक्ने बताउनुभयो ।
बाँकेमा चार हजार मेट्रिक टन बढी मल वितरण
प्राय हरेक वर्ष मलको अभाव हुँदै आएको बाँके जिल्लामा यस वर्ष मल पर्याप्त मात्रामा मौज्दात रहेकोले अभाव नभएको कृषि सामग्री कम्पनी लिमिटेड नेपालगन्जले जनाएको छ ।
भोजपुरका किसानको मुख्य समस्या नै बाँदर
भोजपुरका किसानलाई बाँदरबाट अन्नबाली जोगाउन मुस्किल पर्न थालेको छ । बाँदरको उपद्रो बढेपछि तल्लो भेग तथा वन जङ्गल आसपासका बस्तीका किसान समस्या परेका हुन् ।
‘कृषि विकासका लागि कृषि ऐन चाँडै’
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले कृषि ऐन तयार भएको र चाँडै संसद्मा लगेर छलफल गराउने बताउनुभयो । खाद्यका लागि कृषि अभियानको आयोजनामा आइतबार आयोजित ‘एकीकृत कृषि ऐनको आवश्यकताबारे प्रारम्भिक छलफल कार्यक्रम’ मा मन्त्री भुसालले सो कुरा बताउनुभएको हो । कृषि मन्त्रालयले कृषि ऐन, २०८० को मस्यौदा तयार गरिसकेको छ, त्यसमा सबै सरोकारवालासँग सुझाव लिएर चाँडै संसद्मा लैजाने बताउनुभयो ।
टिमुर खेतीबाट मनग्य आम्दानी
बारीको छेउ, ढिक, खोरिया तथा वनमा लगाएको टिमुर खेतीले पाल्पाका दुई हजार किसानलाई फाइदा पुगेको हो ।
भारतले चामल निर्यातमा प्रतिबन्ध लगाए पनि नेपालमा ठुलो असर पर्दैन
भारतले बासमती बाहेकका चामलले निर्यातलाई प्रतिबन्ध लगाएको छ । भारतले साउन ४ गतेदेखि लागु हुने गरी चामलको निर्यातलाई प्रतिबन्ध लगाएको हो ।
नवलपरासीपूर्वमा पन्चानब्बे र सर्लाहीमा पचास प्रतिशत रोपाइँ
यो वर्ष ढिलै गरी सुरु भएको धान रोपाइँ साउन दोस्रो हप्ता सकिँदा नवलपरासीपूर्वमा भने ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । लामो खडेरीका कारण यो वर्ष समयमै पानी पर्न नसकेका कारण किसानले १५ असारबाट सुरु गरेका धान रोपाइँ साउनको दोस्रो हप्ता सकिँदासम्म ९५ प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताउनुभयो ।
कतै खेत वाँझै कतै बाली बिरुवा सुक्दै
मनसुनी वर्षा नहुँदा महोत्तरीका अधिकांश खेतहरू बाँझै छन् । साउनको दोस्रो साता वित्न लाग्दा पनि यहाँ थोपो पानी नपरेपछि अकालको अवस्थाले किसानहरू चिन्तामा छन् ।
सेरी सिँचाइ कुलो निर्माणले उत्पादनमा दोब्बर वृद्धि
आरसिसी नहर भएको सिँचाइ कुलो निर्माणले किसानलाई खेती गर्न सजिलो मात्र होइन बाली उत्पादनमा पनि दोब्बर वृद्धि भएको छ ।
नस्ल सुधारले मासु, अन्डा र दुधमा आत्मनिर्भर
सरकारले पशुपन्छीमा नस्ल सुधार गर्न थालेपछि दुध, मासु र अन्डामा देश आत्मनिर्भरको अवस्थामा पुगेको छ । नेपालमा पशुपन्छीको उत्पादकत्व अपेक्षाकृत कम रहेको र पशुपन्छीजन्य पदार्थको राष्ट्रिय आवश्यकता बढ्दै गएपछि सरकारले नस्ल सुधारका कार्यक्रम सुरु गरेको थियो ।
रैथाने बाली खरिद गर्ने सम्झौता
सर्केगार्ड गाउँपालिका र खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको सिमकोट शाखाबीच रैथाने बाली खरिदका लागि सम्झौता भएको छ । सर्केगार्ड गाउँपालिकामा उत्पादन हुने रैथाने बालीको संरक्षण र उत्पादन बृद्धि गरी किसानको आम्दानीमा बृद्धि गर्न सो सम्झौता गरिएको हो ।
सकियो रोपाइँ, हरियो बन्यो माडीफाँट
पाल्पामा ९० प्रतिशतमा रोपाइँ सकिएको छ । असारको दोस्रो सातादेखि सुरु भएको रोपाइँ हालसम्म ९० प्रतिशत सकिएको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।
रामेछापमा अझै हुन सकेन धान रोपाइँ, खडेरीले बाली सुक्यो
देशका विभिन्न भागमा अत्यधिक वर्षाका कारण बाढी पहिरोका समाचार आइरहेका बेला रामेछापमा भने पर्याप्त पानी नपर्दा धान रोपाइँ हुन सकेको छैन । साथै खडेरीले बर्खे बालीका रूपमा लगाइएका बाली पनि सुक्न लागेका छन् ।
दाङमा ४७ प्रतिशत खेतमा मात्रै रोपाइँ
दाङमा साउनको आधा हुनै लाग्दा आधा पनि जमिनमा धान रोपाइँ हुन सकेको छैन । रोपाइका लागि ब्याड तयार भए पनि सिँचाइको अभावका कारण अधिकांश ठाउँमा खेत बाँझै रहेको हो ।
आयआर्जनको माध्यम तरकारी खेती
सल्यान कपुरकोट गाउँपालिका–३ का तुलसी केसीलाई अचेल तरकारी टिप्न र बेच्न भ्याईनभ्याई छ । कुनै बेला रोजगारीका लागि श्रीमानसँग भारतसम्म पुग्नुभएको केसीको तरकारी खेती नै आयस्रोतको प्रमुख माध्यम बनेको छ ।