सिस्नोको ब्रान्डिङ गर्दै रोङ गाउँपालिका
स्थानीय खोलाखोल्सामा पाईने सिस्नो बजारमा पुर्याउँदा राम्रो मूल्य पाउने भएपछि गाउँपालिकाले सिस्नोको ब्राण्डिङ गर्न सुरु गरेको हो ।
राज्यबाट पाउने सुविधा नपाएको किसानकाे गुनासो
पश्चिम म्याग्दीको मङ्गला गाउँपालिकामा किसानहरुले राज्यबाट पाउनुपर्ने सुविधाहरु पाउन नसकेको गुनासो गरेका छन् ।
बाली जोगाउन बारीमै बास
गौमुखी गाउँपालिका–६ लिवाङका गिरबहादुर खड्काले दुम्सी, बाँदरले मकैबाली खाइदिने गरेको बताउनुभयो ।
रासायनिक मल पर्याप्त मौज्दात रहेको सरकारको भनाइ
सरकारसँग ५९ हजार चार सय ९२ टन रासायनिक मल मौज्दात छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार अहिलेसम्म सरकारसँग युरिया ४६ हजार ४५३ टन, डीएपी १२ हजार ९६८ टन र पोटास ७१ टन रासायनिक मल मौज्दात रहेको छ ।
सुनखानीमा उत्पादित कफी पुग्यो अन्तर्राष्ट्रिय बजारमा
दोलखाको कालिन्चोक गाउँपालिका–८ सुनखानी स्थितको नीलकमल कृषि सहकारीका सेयर सदस्यहरूबाट उत्पादित कफी अन्तर्राष्ट्रिय बजारमा पुगेको छ ।
‘लम्पी स्किन’ नियन्त्रण गर्ने सरकारी बजेट स्थानीय तहमा
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशुमा लाग्ने ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि साढे सात करोड रुपियाँ स्थानीय तहलाई पठाएको छ । देशैभर गाईबस्तुमा महामारीका रूपमा फल्दै गरेको रोग नियन्त्रणका लागि यस चालु आर्थिक वर्षका लागि सात करोड ६० लाख ८० हजार रुपियाँ स्थानीय तहलाई पठाएको जानकारी कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले दिनुभएको छ । उहाँले भन्नुभयो, “आवको अन्तिम अन्तिममा व्यवस्था गर्न सक्यौँ, बल्लबल्ल यति रकम पठाउन सक्यौँ । आगामी आवमा विशेष कार्यक्रमका साथ थप रकम पठाउने तयारी भइरहेको छ ।”
गुल्मीमा माटो परीक्षण प्रयोगशाला स्थापना
गुल्मीमा पहिलो पटक माटो परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीले कृषकहरूको मागलाई मध्यनजर गर्दै जिल्लामै पहिलो पटक माटो परीक्षणका लागि प्रयोगशालाको स्थापना गरिएको कृषि ज्ञान केन्द्र गुल्मीका कार्यालय प्रमुख नवराज भण्डारीले जानकारी दिनुभएको हो ।
धान खेती प्रवर्द्धनका लागि 'राइस मिल मोडल कार्यक्रम'
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यन्वयन एकाइ झापाले पहिलो पटक झापाको मेची नगरस्थित मेची कृषक बहुमुखी सहकारी संस्थामार्फत यो कार्यक्रम सुरु गरेको हो ।
सिन्धुलीमा ५७ प्रतिशत रोपाइँ
सिन्धुली जिल्लामा यो वर्ष हालसम्म ५७ प्रतिशत रोपाइँ सकिएको छ । सिन्धुली जिल्लामा यो वर्ष मनसुन ढिलो सुरु भएकाले बुधबारसम्म ५७ प्रतिशत अर्थात् नौ हजार एक सय ८१ हेक्टरमा सम्पन्न भएको कृषि ज्ञान केन्द्र सिन्धुलीले जनाएको छ ।
महिला मजदुरको भरमा रोपाइँ
असार १५ गतेदेखि सुरु भएको रोपाइँ कार्य महिला मजदुरहरूको भरमा भइरहेका छन् । विद्युत मोटरबाट सिँचाइ गरेर रोपाई कार्यमा लागेका कृषकहरू असार महिनाको अन्तिम हुन लागेकोले रोपाइँलाई तीव्रता दिएका छन् ।
व्यावसायिक बाख्रा पालनतर्फ किसानकाे आकर्षण
परम्परागत कृषि पद्धतिबाट मनग्गे आम्दानी नभएपछि कृषकहरु आधुनिक बाख्रा पालन व्यवसायतर्फ आकर्षित भएका हुन् ।
स्थानीयद्वारा सडकमै धान रोपाइँ
ठेकेदार कम्पनीले समयमा बाटो नबनाएको भन्दै झापा बिर्तामोडका स्थानीयले सडकमै रोपाइँ गरेर विरोध जनाएका छन् । ठेकेदारको लापरबाहीका कारण हिँडडुलमै सास्ती भोग्नुपरेका स्थानीयको आरोप छ । बिर्तामोड नगर अस्पताल जाने सडकमा स्थानीयले धान रोपेका हुन् ।
ठुला आलु फलाउने किसान सम्मानित
दोलखाको शैलुङ गाउँपालिकाका किसान तेजबहादुर कार्कीले ठुलो आलु फलाएर पुरस्कार पाउनुभएको छ । गाउँपालिका-८ भैँसेका किसान कार्कीले आलुखेती गर्न लागेको निक्कै समयपछि पहिलो पटक ठुलो आलु फलाएर पुरस्कार पाउनुभएको हो ।
कृषि मन्त्रालयको खर्च एकासी प्रतिशत
कृषि तथा पशुपन्छी मन्त्रालय र त्यस मातहतका निकायले प्राप्त गरेको बजेटमध्ये चालु आर्थिक वर्षमा ८१.५४ प्रतिशत खर्च भएको छ । चालु आवका लागि कृषि मन्त्रालयले पाएको ५४ अर्ब ९९ करोड ८९ लाख १९ हजार ६२९ रुपियाँ बजेटमध्ये ४४ अर्ब ८४ करोड ८७ लाख २९ हजार रुपियाँ मात्र खर्च गर्न सकेको छ । चालु आवमा चालु खर्चका लागि ५० अर्ब ९५ करोड ९१ लाख ४५ हजार ३८५ रुपियाँ बजेट छुट्याइएको थियो, त्यसमध्ये ८४.२८ प्रतिशत खर्च भएको छ ।
कृषि यन्त्रले सहज बन्दै खेती
दाङको घोराही उपमहानगरपालिका-१७ निवासी रामप्रसाद चौधरीलाई एक बिघाह जमिनमा खेती गर्न केही वर्ष अघिसम्म करिब एक महिना लाग्थ्यो । तर अहिले एक बिघाह क्षेत्रफलमा धान खेती गर्न करिब ४-५ दिन मात्रै लाग्छ ।
पालुङटारका कृषकले बिक्री गरे १२ करोड रुपियाँको लिची
गोरखाको पालुङ्टार नगरपालिकाको तीन वटा वडाका कृषकको लिची खेतीबाट मनग्गे आम्दानी गर्दैआएका छन् । सो क्षेत्रबाट मात्र यस बर्ष करिव १२ करोड रुपियाँको लिची बिक्री भएको लिची उत्पादक कृषकले बताएका छन् ।
देशलाई आवश्यक कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित गर्नुस् : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयहरूले वैज्ञानिक अनुसन्धान र नवीनतम प्रविधिको प्रयोगलाई केन्द्रमा राखेर कृषि वैज्ञानिक उत्पादनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
नदी जोगाउन नरिवल खेती
मकवानपुरको मनहरी गाउँपालिका ४ स्थित ट्वाङ्ग्रामा मकवानपुर जिल्लामा नै पहिलो पटक नरिवल खेती सुरु गरिएको छ । पालिकाको वडा नं. ४ को कार्यालयको अगुवाइमा करिब चार बिघा क्षेत्रफल सार्वजनिक जग्गामा नरिवल खेती सुरु गरिएको हो ।
महँगियो तरकारी
“कमाइ तीन वर्षदेखि उस्तै छ, महँगी भने दिनदिनै बढिरहेको छ, सीमित आय भएकालाई त बाँच्नै सकस भयो । थोरै कमाइ हुनेले त तरकारी खान पनि सोच्नुपर्ने बेला आयो,” यसो भनिररहँदा असन चोकमा भेटिनुभएकी पवित्रा थापाको अनुहार मलिन देखिन्थ्यो । “एक सय रुपियाँको तरकारीले चार जनाको परिवारलाई एक छाक टार्न मुस्किल छ, त्यसलाई पकाउन चाहिने तेल, नुन मसला छँदै छ । दैनिक साढे पाँच सय रुपियाँ कमाउनेले एक छाकको एक सय रुपियाँको तरकारी किनेर कसरी खान सक्छ ?” उहाँले प्रश्न गर्नुभयो । थापाका श्रीमान् न्युरोडको बैङ्कमा सुरक्षा गार्डका रूपमा कार्यरत हुनुहुन्छ ।
कैलालीमा साढे पाँच हजार टन चैते धान उत्पादन
कैलालीमा यसवर्ष पाँच हजार ५०० टन चैते धान उत्पादन भएको छ । एक हजार १०० हेक्टर जमिनमा यस वर्ष चैते धान खेती गरिएको थियो ।
कृषकलाई हाते ट्याक्टर
प्युठानको सरुमारानी गाउँपालिकाले कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ । खेतीपाती लगाउने समय सुरु भएसँगै पालिकाभित्रका कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण गरेको हो ।
कृषिमा नीतिगत सुधारको आवश्यकता
कृषि क्षेत्रको सुधारका लागि नीतिगत तहबाट नै सुधार गर्नुपर्ने धारणा प्रतिनिधि सभाका सदस्यहरूले राखेका छन् । खाद्यका लागि कृषि अभियानले आइतबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरूसँग ‘नेपाली कृषिको भविष्य : सम्भावना तथा चुनौती’ विषयमा गरेको छलफलमा उहाँहरूले सो कुरा राख्नुभएको हो ।
लिफ्ट सिँचाइ आयोजना सञ्चालन अभावमा रोपाइँ हुन सकेन
यस वर्ष इतिहासलाई बिर्साउने लामो खडेरी चल्यो । असार करिब घर्किन थाल्यो । नारायणी नदीमा पानी बगिरहेको छ । किसानको आशाको त्यान्द्रो नारायणी लिफ्ट सिँचाइ आयोजनाको नहर सुख्खा हुँदा खेत बाँझै रह्यो ।
पर्यावरणका लागि ६ लाख बिरुवा रोपिने
पर्यावरण तथा मौसम परिवर्तनमा सराहनीय भूमिका देखाउन डिभिजन वन कार्यालय सिमरा बाराले यस वर्ष छ लाख बिरुवा रोप्ने लक्ष्य राखेका छन् ।