राष्ट्रिय दुग्ध विकास बोर्डको विषयमा थप छलफल हुने
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजका सम्बन्धमा आफू जानकार रहेको र त्यस सम्बन्धमा थप छलफल भइरहेको बताउनुभएको छ । आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्तुत गरिएको बजेटमार्फत नै बोर्ड खारेज भएको घोषणा गरिएको थियो । यसरी खारेज भएको घोषणा गरेपछि सरोकारवालाले प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण गराउन गएका बेला प्रधानमन्त्री प्रचण्डले कुरा बताउनुभएको हो ।
आज राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सव मनाइँदै
‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ मूल नाराका साथ आज देशैभर २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै छ ।
चक्लाबन्दीमा सुन्तला र कागती खेती
गुल्मीमा चक्लाबन्दीमा फलफूल खेती सुरु गरिएको छ । कृषि ज्ञान केन्द्रको ७५ प्रतिशत अनुदानमा रेसुङ्गा नगरपालिका –४ अर्खलेमा १५० रोपनी जग्गामा चक्लाबन्दी गरी अहिले ११३ रोपनी जग्गामा फलफूल खेती अन्तर्गत सुन्तला र कागती खेती सुरु गरिएको हो ।
रोपाइँ गर्न जनशक्ति अभाव
मानो रोपेर मुरी उब्जाउने महिनाको रूपमा चिनिने असारमा किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ।
मिक्वाखोलाका किसानलाई मिल वितरण
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले किसानलाई तोरी पेल्ने मिल (आयल एक्स्पेलर) वितरण गरेको छ । मिक्वाखोला गाउँपालिकाका पाँचमध्ये तीनवटा वडाका किसानलाई सो मिल वितरण गरिएको हो ।
कृषकलाई हाते ट्याक्टर वितरण
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले अगुवा कृषक र समूहलाई हाते ट्याक्टर वितरण गरेको छ । एक कार्यक्रमबीच गाउँपालिकाको केन्द्र पोखरेबगरमा व्यावसायिक रूपमा कृषिखेती गर्दैआएका कृषकलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर र कृषि औजार वितरण गरेको हो ।
फुरुम्बुका किसानलाई आधुनिक मौरीको घार वितरण
ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले फुरुम्बुका किसानलाई आधुनिक मौरीको घार वितरण गरेको छ।
हाते ट्याक्टरमा किसानको आकर्षण
ओखलढुङ्गामा किसानको आधुनिक कृषि यन्त्रमा आकर्षण बढ्दै गएको पाइएको छ । यहाँका किसानले पछिल्लो समय खेत जोत्न, धान चुट्न, गहुँ काट्न, मकै छर्ने लगायतका काममा आधुनिक कृषि यन्त्र (हाते ट्याक्टर, थ्रेसर)को प्रयोग गर्न थालेका छन् ।
किसानलाई मिनी टेलर मेसिन प्रदान
सिङ्गो गाउँका किसानहरूलाई स्मार्ट र किसान मिनी टेलर मेसिन (हलो) सहयोग प्राप्त भएपछि पहिलो पटक जोत्न सुरु गरिएको छ ।
मलका लागि विहानैदेखि लाममा किसान
बाँकेको खजुरा –४ ‘इ’गाउँस्थित मिलिजुली वहुउद्देश्यीय कृषि सहकारी संस्थाले रासायनिक मल वितरण गर्ने भएपछि विहानैदेखि किसानहरु लाइनमा बसेका छन् ।
‘कृषि क्षेत्रको विकास र समृद्धिका लागि सरकार गम्भीर’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कृषि क्षेत्रको विकास र समृद्धिका लागि सरकार गम्भीर रहेको तर त्यस अनुसारको काम सम्बन्धित पक्षले पनि गर्नुपर्ने धारणा राख्नुभएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयका तर्फबाट कृषिमन्त्री डा. वेदुराम भुसालको नेतृत्वमा कृषि सचिव डा. गोविन्द शर्मा, कृषि विभागका महानिर्देशक डा. हरिबहादुर केसी, पशु सेवा विभागका महानिर्देशक डा. सम्झना काफ्ले तथा त्यस मन्त्रालयका सरोकारवाला निकायका अधिकारीले कृषि बजेटका बारेमा ध्यानाकर्षण गराउन गएका बेला प्रधानमन्त्री प्रचण्डले सो धारणा राख्नुभएको हो । कृषिको विषयमा चाहिँदो/नचाहिँदो कुरा आइरहेका छन्, जसले जताततै प्रभाव पारिरहेको बताउँदै उहाँले कृषिमा सतही कुरा गरेर धेरै कुरा बिगारिरहेका छन् भन्नुभयो । उहाँले ठोस र यथार्थपरक कुरा आउनुपर्ने धारणा राख्नुभएको कृषि सचिव शर्माले बताउनुभयो ।
यस वर्ष रासायनिक मलको अभाव हुँदैन : मन्त्री भुसाल
कृषि तथा पशुपन्क्षी विकास मन्त्री डा. वेदुराम भुसालले यस वर्ष धानका लागि रासायनिक मलको अभाव नहुने बताउनुभएको छ ।
किसानलाई मल पाउन सास्ती
लामो खडेरीपछि वर्षा भएसँगै किसानहरू धान खेतीको तयारीमा जुटेका छन् । मानो रोपेर मुरी उब्जाउने तयारीमा जुटेका किसानलाई अहिले रासायनिक मल अभाव भएको हो।
तनहुँमा व्यावसायिक अङ्गुर खेती (फोटो फिचर)
तनहुँमा पहिलो पटक व्यावसायिक रूपमा अङ्गुर खेतीको परीक्षण सफल भएको छ । परीक्षणका लागि लगाएको अङ्गुरमा फल लागेको हो ।
आकाशे पानीको भरमा कृषकको रोपाइँ सुरु (फोटो फिचर)
आकाशे पानीको भरमा रोपाइँ गर्दैआएका कैलालीका किसानले रोपाइँ सुरु गरेका छन् । वर्षा सुरु भएपछि कृषकहरुले धमाधम रोपाइँ थालेका हुन् । आइतबार र सोमबार विहान किसानलाई रोपाइँ गर्न पुग्नेगरी वर्षा भएपछि कृषकहरु खेतमा व्यस्त भएका छन् ।
पानी नपरेपछि धान रोपाइँ सुरु भएन
पानी नपरेपछि पाल्पाको अधिकांश भूभागमा धान रोपाइँ हुन सकेको छैन । गत वर्ष यही समयमा पाल्पाका अधिकांश स्थानमा रोपाइँ सुरु भइसकेको थियो । यो वर्ष पर्याप्त वर्षात् हुन नसक्दा रोपाइँ सुरु हुन नसकेको किसानले बताएका छन् ।
‘सरकार दुग्ध क्षेत्रको विकासका लागि गम्भीर छ’
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले राष्ट्रिय दुग्ध विकास बोर्डको काममा सरकार असन्तुष्ट भएर होइन, खर्च कटौती पुनरवलोकन आयोगको सिफारिसका आधारमा त्यसलाई खारेजको सूचीमा राखेको बताउनुभयो । नेपाल डेरी एसोसिएसनले प्रकाशन गरेको ‘डेरी दर्पण’ आइतबार विमोचन गर्दै उहाँले बोर्डलाई खारेज होइन, पुनर्संरचना गर्न लागिएको बताउनुभयो । बोर्ड खारेज हुँदैमा आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउँदै मन्त्री भुसालले सरकार दुग्ध विकासको विरुद्ध रहेको भनेर गलत प्रचार भइरहेको बताउनुभयो ।
दूध र मासु उत्पादन गर्ने किसानलाई अनुदान
तुलसीपुर उपमहानगरपालिकाले मासु र दूध उत्पादन गर्ने किसानलाई नगद अनुदानको व्यवस्था गर्ने भएको छ ।
कुलो पुनर्निर्माणले सिँचाइमा सहज
चुम्लाह सिँचाइ कुलो पुनर्निर्माण भएसँगै सिँचाइमा सहज भएको छ । गत वर्ष असोजमा आएको अविरल वर्षाले पूर्ण रूपमा बगाएको सिँचाइ कुलो स्थानीयवासीको सक्रियतामा पुनर्निर्माण भएपछि सिँचाइ सहज हुने भएको हो ।
यो वर्ष रासायनिक मल अभाव हुँदैन : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न बिक्री डिपोमा ७१ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताउनुभएको छ ।
सिजन पूर्वनै खाद्यान्नको समर्थन मूल्य तोक्ने व्यवस्था गरिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि उपजमा उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्थाको अन्त्य गर्न समर्थन मूल्य तोक्ने व्यवस्था गरिएको बताउनुभएको छ ।
‘बोर्ड र समिति खारेजको प्रस्ताव कृषि मन्त्रालयको होइन’
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले राष्ट्रिय दुग्ध विकास बोर्ड र कपास समिति खारेजीको प्रस्ताव आफ्नो मन्त्रालयले नगरेको स्पष्ट पार्नुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बिहीबार बसेको बैठकमा उहाँले अर्थ मन्त्रालयले बोर्ड र समितिलाई खारेज गरेको प्रस्ताव कृषि मन्त्रालयले गरेको थिएन तर बजेट मन्तव्यमार्फत नै खारेज भएको बताउनुभयो ।
कृषि कार्यक्रममा बजेट अभावले अन्योल
अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका केही निकायका बजेट शून्य बनाएपछि मन्त्रालयका अधिकारीहरू चिन्तित बनेका छन् । कृषि मन्त्रालयका लागि बजेट विनियोजन भए पनि सो अन्तर्गत रहेका केही निकायका कार्यक्रममा अर्थ मन्त्रालयले रकम नहालेपछि थप कार्यक्रम अगाडि बढाउन कृषि मन्त्रालय अन्योलमा परेको छ । यस विषयमा कृषिमन्त्री डा. वेदुराम भुसालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरिरहनुभएको छ ।
मालिकामा कृषि खेतीलाई प्राथमिकता दिने नीति
म्याग्दीको मालिका गाउँपालिकाले कृषि खेतीलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको छ ।