मधेश प्रदेशको मुख्य न्यायाधिवक्ता पदमा सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका १४ निवासी डा. सुनिलरञ्जन सिंह नियुक्त हुनुभएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नयाँ जनादेशबाट मुलुकको समृद्धिको यात्रा अघि बढने बताउनुभएको छ । मङ्गलबार टीकापुर उद्योग वाणिज्य सङ्घको आयोजनामा सुरु भएको टीकापुर महोत्सव २०८२ को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले यस्तो बताउनुभएको हो ।
नेपाल सद्भावना पार्टी र आम जनता पार्टीबीच औपचारिकरूपमा पार्टी एकीकरण भएको छ । रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टी र प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बीच मङ्गलबार धनुषाको महेन्द्रनगरमा आयोजित एक समारोहका बीच एकीकरण घोषणा गरिएको हो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई पद नचाहिएको बताउनुभएको छ ।
नेपाली कांग्रेसका नेता श्यामकुमार घिमिरेले पार्टीमा पछिल्लो समय देखिएको विवाद समाधानका लागि नेताहरूबीच छलफल र वार्ता सकारात्मक रूपमा अघि बढेको बताउनुभएको छ।
अन्तरराष्ट्रिय क्रिकेट काउन्सिलको आयोजनामा भारत र श्रीलङ्कामा संयुक्त रुपमा सञ्चालन हुने आइसिसी टी–२० पुरुष विश्वकप क्रिकेट प्रतियोगिताको तयारीस्वरुप नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्का र भारतमा गएर अभ्यास गर्ने भएका छन् ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनको मिति घोषणा भइसकेपछि विधि र प्रविधि परिवर्तन गर्न नमिल्ने बताउनुभएको छ ।
गुल्मीको सदरमुकाम तम्घासमा रहेको करदाता सेवा कार्यालय खारेज गर्ने सरकारको निर्णयप्रति उद्योग वाणिज्य संघ गुल्मीले आपत्ति जनाउँदै ध्यानाकर्षण गराएको छ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने निर्वाचन प्रहरीमा युवा पुस्ताको आकर्षण देखिएको छ। ताप्लेजुङमा हाल भइरहेको निर्वाचन प्रहरी भर्नाअन्तर्गत आवेदन (दरखास्त) दिनेमा युवा पुस्ताको आकर्षण देखिएको हो।
सशस्त्र प्रहरी बल, नेपालका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाका अनुसार बालुवाले पुरिएको अवस्थामा उत्खनन् गर्दै जाँदा गणपति डिलक्स लेखिएको बस मङ्गलबार फेला परेको हो ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ निर्वाचन आयोगमा जाने बताउनुभएको छ। मंगलबार काठमाडौँमा विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
बेरोजगार युवायुवतीलाई वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं रकम ठगी गर्ने पाँच जना पक्राउ परेका छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मुगुमा निर्वाचन सुरक्षाका लागि छसय २६ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
युक्रेनको उत्तरपूर्वी सहर खार्किवमा भएको रूसी आक्रमणमा चार जनाको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएको क्षेत्रीय गभर्नर ओलेग सिनेगुबोभले मङ्गलबार बताउनु भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा राजनीतिक दलहरुको चुनावी घोषणापत्रमा आदिबासीको सवालबारेमा आधारपत्र निर्माणका लागि आदिबासी जनजाति अगुवाहरुले छलफल गरेका छन् ।