श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारलाई ३३ बुँदे सुझाव दिनुभएको छ । मङ्गलबार आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले परराष्ट्र नीति, शिक्षा, कृषि, सुशासन र नागरिक अधिकारका विषयमा पार्टीको स्पष्ट धारणा सार्वजनिक गर्नुभएको हो ।
धान उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले सुनसरीको दुहबी नगरपालिकाले चैते धान प्रवर्धन कार्यक्रम सञ्चालन गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार प्रधानमन्त्री शाहले मङ्गलबार अपरान्ह ३ः३० बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो ।
बेनी नगरपालिकामा पहिलो पटक करदाता सेवा सुरु भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसहित राष्ट्रिय योजना आयोगका पदाधिकारीसँग छलफल गर्नुभएको छ ।
जबरजस्ती कसुरमा १४ वर्षदेखि फरार प्रतिवादी पक्राउ परेका छन् ।
मध्यपूर्वमा बढ्दो युद्धको प्रत्यक्ष असर देखिँदै भारतको मल उत्पादन मार्च महिनामा झन्डै एक चौथाइले घटेको छ । प्राकृतिक ग्यास आपूर्तिमा आएको अवरोधका कारण उत्पादनमा यस्तो तीव्र गिरावट आएको सरकारी तथ्याङ्कले देखाएको छ ।
जाजरकोटमा ग्यास सिलिन्डर लिक भई आगलागी भएकी माया जैसीको उपचारका क्रममा मृत्यु भएको छ ।
सरकारले बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली संशोधन गरेको छ ।
नेपाल र भारतका पत्रकारबिच भाषिक पत्रकारिता सम्बन्धि विचार गोष्ठी भारतको नानपारामा सम्पन्न भएको छ ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्नुभएको छ।
यही वैशाख ६ र ७ गते सञ्चालन गरिएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ती बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको मन्त्रालयका सूचना अधिकारी डा. भक्त केसीले जानकारी दिनुभयो ।
पूर्वी मकवानपुरको बकैया गाउँपालिकास्थित बकैया खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
बेँसीसहर नगरपालिका–९ निवासी गोमा अर्यालले भने आफ्नो विवाहमा यी दुबै वस्तुको बहिष्कार गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न नसकेका निर्वाचन क्षेत्रहरूका लागि समानुपातिक सांसदको सूचीबाट जिम्मेवारी तोकेको छ ।