सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ ।
मानव अधिकारको विश्वव्यापी अवस्था तीव्ररूपमा बिग्रँदै गएको चेतावनी दिँदै अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले विश्व शक्तिशाली नेताले नयाँ ‘शिकारी विश्व व्यवस्था’ लागु गर्ने प्रयास गरिरहेको आरोप लगाएको छ । संस्थाले यस्तो प्रवृत्तिको सामना गर्न अधिकांश देश कमजोर र कायर देखिएको टिप्पणीसमेत गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं पूर्वाञ्चल विश्वविद्यालयका सहकुलपति सुस्मित पोखरेलले विश्वविद्यालयलाई दलीय राजनीतिक प्रभावबाट मुक्त गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
पूर्वाञ्चल विश्वविद्यालयको १४ औँ दीक्षान्त समारोह मङ्गलबार सम्पन्न भएको छ । मोरङ जिल्लाको गोठगाउँस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा विभिन्न संकायअन्तर्गत स्नातक, स्नातकोत्तर र एमफिल तहका गरी कुल ६ हजार ७०६ विद्यार्थी दीक्षित भएका छन् ।
सामाजिक सञ्जालमा भाइरल बनेको विवादास्पद फोन संवाद प्रकरणमा सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतमकुमार केसीमाथि छानबिन अघि बढाइएको छ ।
प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरु भएको हो।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
कुरा यही वैशाख ३ गतेको हो । यहाँको तुर्माखाँद गाउँपालिका–३, भैरवस्थान बल्देका ३५ वर्षीय पहलसिंह बुढा घाँस काट्न आफ्ना दुई छोरा दिलीप र नरेशलाई लिएर कर्णाली नदीपारि सुर्खेतको पञ्चपुरी क्षेत्र पुग्नुभएको थियो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १८ दशमलव १० अङ्कले घटेर दुई हजार ८०७ दशमलव १२ विन्दुमा कायम भएको छ ।
लुम्बिनी प्रदेश सभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदनसहितको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानले रोल्पाको थवाङ गाउँपालिकामा आगामी वैशाख १९ र २० गते ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ आयोजना गर्ने भएको छ ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित घान्द्रुकको डाँडागाउँ । अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घान्द्रुक नेपालकै चर्चित पर्यटकीय गन्तव्य स्थल हो ।
कोशी प्रदेश सरकारले ‘प्रदेशको गौरव’ आयोजनाको रूपमा प्राथमिकतामा राखेको दुई ठुला आयोजना प्रतिफलविहीन बनेपछि प्रदेश सभाको अर्थ समितिले छानविन अगाडि बढाउने तयारी गरेको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले भारतको गोवामा मे २५ देखि जुन ७ तारिखसम्म आयोजना हुने साफ महिला च्याम्पियनसिप–२०२६ को तयारीका लागि ३५ सदस्यीस्य प्रारम्भिक खेलाडी टोली छनोट गरेको छ ।
राष्ट्रिय सभा अन्तर्गतको सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिकी सभापति जयन्तीदेवी राईले प्रसूति हिंसासम्बन्धी विषयमा सम्बन्धित मन्त्रालयका पदाधिकारीलाई बोलाएर छलफल गर्ने बताउनुभएको छ ।