बेनी नगरपालिकामा जिल्लामै पहिलो पटक आजदेखि करदाता सेवा सुरु भएको छ ।
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्लीराज अर्यालले विपद् व्यवस्थापनमा सबै तहको हातेमालो आवश्यक रहेको बताउनुभएको छ ।
पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता आज सम्पन्न भएको छ।
पश्चिम नवलपरासीको प्रतापपुरमा आज दिउँसो आगलागी हुँदा १२ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् ।
विराटनगर महानगरपालिकाले बजार क्षेत्रको अव्यवस्थित फुटपाथ र सडक अतिक्रमण हटाउन आगामी वैशाख ११ गतेदेखि विशेष अभियान सुरु गर्ने भएको छ ।
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले रोल्पा कला साहित्य प्रतिष्ठान, काठमाडौँसँगको सहकार्यमा यही वैशाख १९ र २० गते रोल्पाको थवाङ गाउँपालिकामा ‘प्रगतिशील सङ्गीत उत्सव–२०८३’ आयोजना गर्ने भएको छ ।
मुस्ताङमा एक भारतीय नागरिकको शव मृत अवस्थामा फेला परेका छन् ।
विपन्न, असक्त, द्वन्द्वपीडित तथा अभिभावकविहीन विद्यार्थीहरूको शैक्षिक पहुँच अभिवृद्धि गर्ने उद्देश्यले पूर्वी मकवानपुरको बागमती गाउँपालिकास्थित सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
झापाको कन्काई नगरपालिका–३, नयाँ बस्तीमा मङ्गलवार बिहान अटो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
सुस्तमनस्थितिकी ३० वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा अछाम प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान)ले ओमानविरुद्ध हुने दुई एकदिवसीय खेलका लागि आज नेपाल ‘ए’ टोलीको घोषणा गरेको छ ।
सल्यानमा विद्युत् तार सर्ट भई बाख्रा खोरमा भएको आगलागीमा परेर एक वृद्धको ज्यान गएको छ ।
सभामुख डोलप्रसाद अर्यालसमक्ष प्रतिनिधिसभा नियमावली समिति मस्यौदा समितिको प्रतिवेदन २०८३ बुझाइएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीका ऋणीहरूलाई १५ दिनभित्र ऋण चुक्ता गर्न सूचना जारी गरेको छ ।
नेपाली कांग्रेसका नेता पूर्ण बहादुर खड्काले विद्यार्थी सङ्गठन राजनीतिक दलहरुसँग वैचारिक आस्थाले जोडिएका संस्था मात्र नभइ बेथिती र विसङ्गतीविरुद्ध खबरदारी गर्ने आधिकारिक संस्था रहेको बताउनुभएको छ।