प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुलमा मोटर साइकलमा आवत जावतको लागि रोक लगाइएको छ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने त्रिशूली नदी माथि यस यस पुलमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मोटरसाइकल सञ्चालनमा रोक लगाइएको हो ।
एक्काइसौँ शताब्दी सामाजिक लोकतन्त्रको समय हो । उदार लोकतन्त्रमा सामाजिक न्याय र साधन अभ्यासमा कार्यकुशलता मात्र भएर पुग्दैन, राज्यका क्रियाकलापले सर्वसाधारणको मन जित्नु पर्छ । नागरिक चेतना विकास भएको छ र आफ्ना लागि भएका कामको लाभग्राहीबाटै विवेचना हुने क्रम सुरु भएको छ । सार्वजनिक निकायबाट सम्पादित कामको लाभग्राही नागरिक आफैँले अनुगमन, विवेचना र मूल्याङ्कन गर्न थालेका छन् । लोकतन्त्र
नेपालमा ‘राइट टु रिकल’ अर्थात् जनताले आफूले निर्वाचित गरेको प्रतिनिधिलाई कार्यकालमै फिर्ता बोलाउने अधिकारको विषय पछिल्लो समयमा व्यापक बहसको केन्द्रमा छ । लोकतान्त्रिक अभ्यासको गुणस्तर उत्तरदायी नेतृत्व र राजनीतिक स्थायित्वबाट मापन गरिन्छ ।
जुम्लामा सञ्चालन गरिएको ४५ औँ निःशुल्क आँखा शिविरबाट १२२ जनाको दृष्टिमा सुधार आएको छ । नेपाल नेत्रज्योति संघअन्तर्गत चन्दननाथ आँखा अस्पतालको आयोजना, हिमालय आँखा अस्पतालको प्राविधिक सहयोग तथा रिड्ले आई फाउण्डेशनको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको हो ।
सर्लाहीको लालबन्दी नगरपालिका–७, लालबन्दी बजारस्थित डुमडुमे मन्दिरअगाडि रहेको व्यापारिक कम्प्लेक्स भवन पुनः प्रयोगविहीन बनेको छ।
उच्च अदालत जनकपुर, राजविराज इजलासले हनुमाननगर कंकालिनी नगरपालिकाको निर्णयमा अन्तरिम आदेश जारी गर्दै तत्काल कार्यान्वयनमा रोक लगाएको छ।
गुल्मीका निर्माण व्यवसायीहरूले जिल्लाबाट निर्वाचित संघीय सांसदहरूसँग आफ्ना व्यवसायिक गुनासा राखेका छन्। निर्माण व्यवसायी संघ गुल्मीले क्षेत्र नं. १ का सांसद सागर ढकाल र क्षेत्र नं. २ का सांसद गोविन्द पन्थीलाई सम्मान गर्दै ज्ञापनपत्रसमेत बुझाएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैँडाकोटमा सरकारी गाडीको ठक्करबाट गएराति एक जनाको मृत्यु भएको छ ।
अख्तियार दुरुपयोग अनुसनधान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा पुरातत्व विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथ प्रदर्शक देउकला अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको पन्ध्रौं बैठक बुधबार दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा विभिन्न विधेयक, प्रतिवेदन तथा समसामयिक विषयमा छलफल हुने कार्यसूची तय गरिएको छ ।
वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको नौ महिनामा छ खर्ब ९४ अर्ब पाँच करोड रुपैयाँका वस्तु तथा सामान आयात भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
१. जलवायु परिवर्तनको असर न्यूनीकरण तथा वन्यजन्तु संरक्षण गर्ने उद्देश्यका साथ ‘जैविक विविधता रेडपाण्डा–थार अन्तर्राष्ट्रिय सम्मेलन’ को आयोजना कहाँ गरियो ? दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, खोटाङ – आयोजना मिति : विसं २०८३ वैशाख ४–६ – आयोजक : दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका ।
पाल्पाका सरकारी अस्पतालहरूमा रेविजविरुद्धको खोप नहुँदा सेवाग्राही मर्कामा परेका छन् । जिल्लास्थित पाल्पा अस्पताल, रामपुर अस्पताल तथा विभिन्न स्वास्थ्य केन्द्रहरूमा रेविजविरुद्धको खोप नहुँदा सेवाग्राही फर्कन बाध्य भएका छन् ।
सहभागितामूलक व्यवस्थापन १. सहभागितामूलक व्यवस्थापन भनेको के हो ? यसले सङ्गठनमा पार्ने सकारात्मक प्रभावहरू उल्लेख गर्नुहोस् । कुनै सङ्गठन, संस्था वा समुदायको लक्ष्य हासिल गर्न सञ्चालन हुने विभिन्न व्यवस्थापकीय कार्यमा यसका सरोकारवालाहरूलाई सहभागी गराउने व्यवस्थापकीय पद्धतिलाई सहभागितामूलक व्यवस्थापन भनिन्छ । व्यवस्थापनका विभिन्न सिद्धान्तहरू प्रतिपादन र विकास हुने क्रममा सङ्गठनमा मानव सम्बन्धलाई जोड दिन थालिएसँगै सहभागितामूलक व्यवस्थापनको सिद्धान्त विकास भएको हो । सङ्गठनका महत्वपूर्ण निर्णय प्रक्रि