बाँकेको खजुरा गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवनको ८८ प्रतिशत निर्माण कार्य पूरा भएको छ ।
म्याग्दीको बेनीमा बुधबारदेखि सुरु हुने माघेसङ्क्रान्ति मेलाको तयारी पूरा भएको छ । म्याग्दी उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यम विकास समितिको नेतृत्वमा ११ औं माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि मेला प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएका छन् ।
सत्यती गाउँपालिका गुल्मीमा आज (बुधबार) शोक बिदा दिइएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालका अनुसार वडा नम्बर ४ लिम्घामा कार्यरत नायब प्राविधिक सहायक पदमा कार्यरत ३५ वर्षीय खुमप्रसाद ओलीको निधन भएकाले आज पालिकाभर शोक बिदा दिने निर्णय भएको हो ।
जिल्ला प्रशासन कार्यालय बाजुराले हातहतियार तथा खरखजाना बुझाउन निर्देशन दिएको छ । २०८२ साल माघ १५ गतेभित्र जिल्लाभित्र रहेका सबै किसिमका हातहतियार तथा खरखजना अनिवार्य रूपमा बुझाउन जिल्ला प्रशासन कार्यालय बाजुराले स्थानीयलाई निर्देशन दिएको हो ।
ताप्लेजुङस्थित पाथीभरा याङ्वरक गाउँपालिकाले आयोजना गरेको अन्तर विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा थेचम्बु माध्यमिक विद्यालय प्रथम भएको छ । पालिकाभित्रका अन्य विद्याललाई पछि पार्दै विभिन्न २५ पदक जित्दै थेम्चबु मावि प्रथम भएको हो ।
दशरथ रङ्गशालामा हुने उद्घाटन खेलमा काँक्रबिहार युवा क्लब र फ्रेन्ड्स क्लबबिच प्रतिस्पर्धा हुनेछ ।
सिन्धुलीको घ्याङलेक गाउँपालिकामा एसबीआई बैंकमा लुटपाट भएपछि प्रहरीले राजमार्गमा कडाइ गरेको छ । सोही क्रममा प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खुर्कोटमा चेकजाँच गर्दा अमेरिकी डलर ५७ हजार (नेपाली करिब ८० लाख रुपियाँ) सहित युवराज नेवारलाई पक्राउ गरेको हो ।
म्यानचेस्टर सिटीले लिग कप (काराबाओ कप) को सेमिफाइनलअन्तर्गत पहिलो लेगमा साविक विजेता न्युक्यासल युनाइटेडमाथि सहज जित निकालेको छ ।
पैसा सापटी नदिएको रिसमा फुपूमाथि पेट्रोल खन्याएर आगो लगाई हत्या गर्ने प्रयास गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।
सल्यानको कालीमाटी गाउँपालिकाले बाघ मार्ने आदेश मागेको छ । गाउँपालिकाभित्र बाघ मानव बस्तीमा प्रवेश गरी मानिसको ज्यान लिने, घरपालुवा पशु मार्ने तथा स्थानीयलाई असुरक्षित बनाएको भन्दै गाउँपालिकाले डिभिजन बन कार्यालय सल्यानलाई बाघ मार्ने आदेश जारी गर्न पत्राचार गरेको हो ।
साफ महिला फुटसल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ ।
हिमाली जिल्ला हुम्लामा यसवर्ष साढे चार करोडको मह उत्पदन भएर बिक्री भएको छ । बाईस हजार पाँच सय केजी मह उत्पादन भएर अधिकांस मह बिक्री समेत भइसकेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा पुष्पसदन हाईस्कुलका लियोन महर्जनले तेस्रो जित निकाल्नुभएको छ ।
धनकुटामा निर्वाचन प्रहरीमा आकर्षण निक्कै कम देखिएको छ । सरकारले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा खटिने निर्वाचन प्रहरीका लागि पुस २५ गतेबाटै दरखास्त आह्वान गरेको छ ।