• ९ वैशाख २०८३, बुधबार

सरकारी गाडीको ठक्करबाट नवलपुरमा एकको मृत्यु

blog

बोमलाल गिरी
नवलपुर, वैशाख ९ गते ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैँडाकोटमा सरकारी गाडीको ठक्करबाट गएराति एक जनाको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका–१० सिस्नेमा गैँडाकोटबाट कावासोती तर्फ जाँदै गरेको बा २ झ ३८५४ नम्बरको कावासोती कोलोनिकाको टाटासुमो गाडीले पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गाडीको ठक्करबाट घाइते हुनुभएका चितवनको भरतपुर नगरपालिका–१७ शुक्रनगरका ४७ वर्षीय श्यामबहादुर भुजेलको उपचारको क्रममा चितवनको नयाँ मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अलिन पण्डितले जानकारी दिनुभयो ।

प्रहरीले सवारी साधन र चालक कावासोती नगरपालिका–३ का रोसन सार्कीलाई नियन्त्रणमा लिएको जनाएको छ ।