• ९ वैशाख २०८३, बुधबार

सामुदायिक वनमा आगजनी गर्ने दुई जना पक्राउ

blog

सलिम मियाँ
बिजुवार, वैशाख ९ गते ।
प्युठान जिल्लाको ऐरावती गाउँपालिका–५ स्थित बदर खोला सामुदायिक वनमा आगजनी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार आइतबार साँझ करिब ९ बजे वनमा आगो लगाएको आरोपमा साधनचौरका २३ वर्षीय विनोद के.सी. र २९ वर्षीय रमेश के.एम.लाई मङ्गलबार पक्राउ गरिएको हो।

विशेष प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक हरि भट्टराईले बताउनुभयो। पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय प्युठानमा पठाइएको उहाँले जानकारी दिनुभयो।